निर्देशक पाण्डेको शब्दमा सुनिता अधिकारीको गीत ‘चुरा’ सार्वजनिक (हेर्नुहोस् भिडियो)



हाम्रो इकोनोमि

 

डकुमेन्ट्री फिल्महरूको निर्देशन गर्दै आएका सञ्चारकर्मी गणेश पाण्डेले तीज गीत ‘चुरा’ रिलिज गरेका छन् । पाण्डेको शब्द रहेको तीज गीत ‘चुरा’मा सुनिता अधिकारीले स्वर दिएकी छिन् । गीतमा लय शिव हामलको रहेको छ ।

 

पाण्डेले ‘चुरा’ तीज गीत यूट्युवमा सार्वजनिक भएको बताउँदै खुसी जनाएका छन् । ‘मेरो शब्दमा चर्चित सर्जक शिव हमालले मीठो संगीत भरिदिनुभयो, गायिका सुनिता अधिकारीले आफ्नो स्वरको जादु देखाउनुभयो’, गीत बनाउने बेलाका कुरा स्मरण गर्दै उनले भनेका छन्, ‘निर्देशक प्रकाश भट्ट र प्रयोजकहरूसंग झनै आभारी छु ।’

 

‘भनिन्छ नि, जोसंग जे छैन, त्यसको महत्व झनै बढी हुन्छ रे’, पाण्डेले भनेका छन्, ‘मेरो आमाको कोखबाट दिदीबहिनी नभए पनि मलाई अगाध माया गर्ने थुप्रै दिदीबहिनी पाएको छु । त्यसैले पनि तीज र तिहार मेरो लागि सँधै विशेष छन् ।’

 

‘यसपालि तीजमा तपाईंहरूसामु समसामयिक विषयवस्तु समेटिएको नयाँ गीत लिएर आएका छौं’, उनले भनेका छन्, ‘रेकर्ड भएको हिसाबले यो मेरो पहिलो सिर्जना हो । जस्तो लाग्छ, त्यस्तै कमेन्ट गरिदिनुस् है। अनि मन परे शेयर पनि गरिदिनु होला ।’

 

गीतका एरेञ्जर कृष्ण बिक ‘भाञ्जा’ हुन् । कुमार रानाको मिक्सिङ रहेको यो गीत मारुनी रेकर्डिङमा रेकर्ड गरिएको हो । म्युजिक भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका छन् । ‘चुरा’ तीज गीतलाई साइन मिडिया प्रालिले बजारमा ल्याएको हो ।

 

गायिका अधिकारीले निर्देशक पाण्डेसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताएकी छन् । माैलिक प्रकारको गीत दर्शक/स्रोताले मन पराउने र माया गर्ने अधिकारीले विश्वास व्यक्त गरेकी छन् । mअधिकारीले अघिल्लो वर्ष क्यारम मायालाई बोलको तीज  ल्याएकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस
एमालेको अध्यक्षमा ओली र पोखरेलले दिए उम्मेदवारी

     नेकपा एमालेको आगामी अध्यक्षका लागि दुईजनाको उम्मेदवारी परेको छ । अध्यक्ष...

ओलीको प्यानलबाट पदाधिकारीमा को–को छन्?

  नेकपा एमालेको ११औँ महाधिवेशनमा विभिन्न पदमा उम्मेदवार खडा गर्ने प्रक्रिया सुरु भएको...

ओली पक्षबाट उपमहासचिवमा लेखराज भट्टको दाबी

    नेकपा एमालेका सचिव लेखराज भट्टले सचिवमा उम्मेदार नबन्ने बताएका छन् ।...

ओली पक्षबाट शंकर पोखरेल नै महासचिव उम्मेदवार, अन्य पदमा को-को उठ्दै ?

    नेकपा एमालेको ११औँ महाधिवेशनमा नेतृत्व चयनको प्रक्रिया अघि बढेका बेला अध्यक्ष...