निर्देशक पाण्डेको शब्दमा सुनिता अधिकारीको गीत ‘चुरा’ सार्वजनिक (हेर्नुहोस् भिडियो)



हाम्रो इकोनोमि

 

डकुमेन्ट्री फिल्महरूको निर्देशन गर्दै आएका सञ्चारकर्मी गणेश पाण्डेले तीज गीत ‘चुरा’ रिलिज गरेका छन् । पाण्डेको शब्द रहेको तीज गीत ‘चुरा’मा सुनिता अधिकारीले स्वर दिएकी छिन् । गीतमा लय शिव हामलको रहेको छ ।

 

पाण्डेले ‘चुरा’ तीज गीत यूट्युवमा सार्वजनिक भएको बताउँदै खुसी जनाएका छन् । ‘मेरो शब्दमा चर्चित सर्जक शिव हमालले मीठो संगीत भरिदिनुभयो, गायिका सुनिता अधिकारीले आफ्नो स्वरको जादु देखाउनुभयो’, गीत बनाउने बेलाका कुरा स्मरण गर्दै उनले भनेका छन्, ‘निर्देशक प्रकाश भट्ट र प्रयोजकहरूसंग झनै आभारी छु ।’

 

‘भनिन्छ नि, जोसंग जे छैन, त्यसको महत्व झनै बढी हुन्छ रे’, पाण्डेले भनेका छन्, ‘मेरो आमाको कोखबाट दिदीबहिनी नभए पनि मलाई अगाध माया गर्ने थुप्रै दिदीबहिनी पाएको छु । त्यसैले पनि तीज र तिहार मेरो लागि सँधै विशेष छन् ।’

 

‘यसपालि तीजमा तपाईंहरूसामु समसामयिक विषयवस्तु समेटिएको नयाँ गीत लिएर आएका छौं’, उनले भनेका छन्, ‘रेकर्ड भएको हिसाबले यो मेरो पहिलो सिर्जना हो । जस्तो लाग्छ, त्यस्तै कमेन्ट गरिदिनुस् है। अनि मन परे शेयर पनि गरिदिनु होला ।’

 

गीतका एरेञ्जर कृष्ण बिक ‘भाञ्जा’ हुन् । कुमार रानाको मिक्सिङ रहेको यो गीत मारुनी रेकर्डिङमा रेकर्ड गरिएको हो । म्युजिक भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका छन् । ‘चुरा’ तीज गीतलाई साइन मिडिया प्रालिले बजारमा ल्याएको हो ।

 

गायिका अधिकारीले निर्देशक पाण्डेसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताएकी छन् । माैलिक प्रकारको गीत दर्शक/स्रोताले मन पराउने र माया गर्ने अधिकारीले विश्वास व्यक्त गरेकी छन् । mअधिकारीले अघिल्लो वर्ष क्यारम मायालाई बोलको तीज  ल्याएकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस
कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...

टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...