भाग्य पनि कस्तो–कस्तो ? भएका तीन सन्तान नदीले बगाएपछि शोकमा दम्पती !



हाम्रो इकोनोमि

 

 

कुनै पनि आमाबाबुका लागि सन्तान धेरै प्यारो हुन्छ । हरेक आमाबाबुले आफ्ना सन्तानका लागि धेरै कुराहरु त्याग गर्न सक्छन् । यो बीचमा एउटा दुःखद खबर आएको छ । धनकुटा नगरपालिका–८ का शंखबहादुर राई तीन जना छोराछोरी तमोर नदीले बगाएपछि सन्तानविहीन बन्नुभएको छ । गएको आइतबार पौडी खेल्ने क्रममा शंखबहादुरको ९ वर्षका छोरा सन्दीप राई, ७ वर्षकी छोरी सलिना राई र ४ वर्षीया छोरी संजिला राईलाई तमोर नदीले बगाएको थियो ।

घटना गएको आइतबार को भए पनि प्रहरीले साउन ७ गते साँझ मात्र खबर पाएको थियो । घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी निरीक्षक डम्बरबहादुर थापाको नेतृत्वमा बुधबार बिहान प्रहरीको टोली घटनास्थल गएको थियो । घटनास्थल पुगेर स्थानीयबासीन्दाको सहयोगमा दिनभर नदीले बगाएका बालबालिकाहरुको खोजी गरे पनि फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक सुदर्शनप्रसाद कोइरालाले जानकारी दिनुभयो ।

याक्चना घाट नजिकै रहेको साहुको खेत अधियाँमा कमाउँदै आउनुभएका शंखबहादुरले विद्यालय बिदा भएका कारण छोराछोरीलाई पनि सँगै खेतमा लिएर जानुभएको थियो । बुबाआमा खेतमा काम गर्न थालेपछि बालबालिकाहरु गोरु चराउँदै नदीमा खेल्न गएको बेला उनीहरु तीनै जनालाई बगाएको हो । सबैभन्दा पहिला कान्छी छोरीलाई नदीले बगाएको थियो । उनलाई बचाउन खोज्दा जेठी छोरीलाई पनि खोलाले बगायो । दुबै जना बहिनीलाई खोलाले बगाएपछि उद्धार गर्न गएका दाजु सन्दीप पनि खोलाले बगाएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
कार्यदलको प्रतिवेदन पुनर्लेखन गराउँदै ओली

    नेकपा एमालेको ‘निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल’ को प्रतिवेदन आफू...

लोक कल्याणकारी विज्ञापन सम्बन्धी कार्यविधि सच्याउन सरकारलाई नेपाली कांग्रेसको आग्रह

    नेपाली कांग्रेसले निजी क्षेत्रका सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने प्रकृतिका...

राष्ट्रपति पौडेल बाढी प्रभावित क्षेत्रमा पुगे

    राष्ट्रपति रामचन्द्र पौडेल बाढी प्रभावित क्षेत्रमा पुगेका छन् । नुवाकोट पुगेर...

त्रिशूली ३ बी मा हराएका आफन्त खोजीको माग गर्दै माइतीघरमा धर्ना

     रसुवा बाढीका क्रममा त्रिशूली ३ बी मा हराएका आफन्तहरुको खोजीको माग...