अस्पतालको बेवास्ताका कारण बिरामीको ज्यान गएको भन्दै आफन्तको प्रदर्शन



हाम्रो इकोनोमि

 

अस्पतालका कारण बिरामीको मृत्यु भएको भन्दै प्रदर्शन थालिएको छ । त्रिशुली अस्पतालको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै नुवाकोट बेल्कोट्गढी ७ महादेव फाँटका स्थानीयले गल्छी–त्रिशुली सडक बन्द गरेका हुन् । शुक्रबार बिहानै देखि स्थानीयले मृतक महिलाको घर नजिकैको सडकमा टायर बालेर सडकअवरुद्ध गरेका हुन । बिहीबार ३५ वर्षीया गोमा वस्ती अस्पतालमा सुत्केरी भएकी थिइन् ।

अस्पतालले शिशुलाई थप उपचारका लागि काठमाडौं पठाए पनि आमा सामान्य भएको भन्दै काठमाडौं पठाएको थिएन् । तर, अत्यधिक रक्तस्रावले थलिएकी सुत्केरीलाई लापरबाहीपूर्ण तरिकाले अस्पतालमा राखेपछि उनको मृत्यु भएको आफन्तको आरोप छ । बुधबार अस्पताल भर्ना भएकी नुवाकोटको तारकेश्वर गाउँपालिका–५ की ३५ वर्षीया वस्तीले बिहीबार बिहान सामान्य अवस्थामा छोरा जन्माएकी थिइन् । सुत्केरीपछि अत्यधिक रक्तश्रावका कारण बिहीबार नै उनको मृत्यु भएको थियो ।

 

अत्यधिक रक्तश्रावले जोखिममा परेपछि उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँको शिक्षण अस्पताल पुर्याउदा मृत्यु भइसकेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । नवजात शिशुको पनि श्वासप्रश्वास सन्तुलन नभएकाले शिशुलाई पनि थप उपचारका लागि काठमाडौँ ल्याएको अस्पतालले बताएको छ । बच्चा जन्माउँदा खुलेको पाठेघर बन्द नभई त्रिशूली अस्पतालस्थित

सुत्केरीकक्षभित्र अत्यधिक रक्तश्राव र अर्धचेत हुँदासमेत चिकित्सकले ध्यान नदिँदा उनको मृत्यु भएको गोमाका दाजु भोजप्रसाद न्यौपानेले आरोप लगाएका छन् । सुत्केरी भएपछि चिकित्सकले उनको उपचारमा चासो नदिँदा घटना भएको भन्दै शव जिम्मा नलिने र दोषीमाथि कारवाही हुनपर्ने भन्दै विरोध सुरु भएको हो । अहिले त्यस क्षेत्रमा तनाब थप बढ्दै गइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
असोज महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

     वाणिज्य बैंकहरुले नयाँ महिनाका लागि मुद्दती र बचत खाताको नयाँ ब्याजदर...

नबिल एसएसई फेलोसिप तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान

    नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) फेलोसिप...

प्रभु बैंककाे देशव्यापी रक्तदान कार्यक्रम

    देशमा आएकाे प्राकृतिक प्रकोप तथा बाढीका कारण प्रभावित भएका घाइतेहरुलाई सहयोग...

पति रेशमविरुद्ध कानुनी बाटो रोज्ने रञ्जिताको घोषणा

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)की नेतृ रञ्जिता श्रेष्ठले पति रेशम चौधरीविरुद्ध कानुनी...