पुर्वराजा ज्ञानेन्द्र शाहले दिए यस्तो चेतावनी, भयो खैलाबैला



हाम्रो इकोनोमि

 

केही दिन पहिले नेपाल भ्रमणमा आएका भारतीय गुप्तचर निकाय ‘रअ’का प्रमुखसँग पूर्व राजा ज्ञानेन्द्र शाहबीच भेटवार्ता भएको भन्ने समाचार प्रति शाहको सचिवालयले खण्डन गरेको छ । शाहका स्वकीय सचिव डा. फणिराज पाठकद्वारा जारी विज्ञप्तीमा यो समाचार गलत्त भएको भनिएको छ ।

 

विज्ञप्तिमा भनिएको छ, ‘पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट मध्यरातमा भारतिय गुप्तचर संस्था रअका प्रमुखलाई भेटेको भन्ने केही अनलाईन पत्रिकाहरूमा छापिएका खबर पूर्णतया झूठो भएको जानकारी गराउन चाहान्छु ।’ अगाडी थप्दै भनिएको छ, ‘यस्ता कपोलकल्पित, मनगढन्ते र राष्ट्रको गरिमा घटाउने समाचारहरूले नेपाल र नेपालीको गर्व र सम्मानमा ठेस लाग्ने भएकोले यस्ता समाचार संप्रेषण गरेर पत्रकारिताको धर्म र समाज प्रतिको दायित्व नबिर्सन अनुरोध गर्दछु ।’

 

नेपाल भ्रमणमा आएका ‘रअ’ प्रमुख गोयल्ससँग पूर्वराजाले शाहले पनि भेट गरेको समाचार विभिन्न सञ्चार माध्यमहरुले सार्वजनिक भएपछि शाहको आधिकारीक प्रतिकृया आएको छ । रअ प्रमुखले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको भन्ने कुरा गलत्त भएको सरकारका प्रवत्ता गोकुल बास्कोटाले स्पष्ट पार्नुभएको छ । यस्तै नेकपा अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दलका नेता एवं नेपाली कांग्रेस सभापति शेर बहादुर देउवाले भने आधिकारीक जानकारी दिनुभएको छैन ।

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...