यी हुन् राजधानीका सस्ता अपार्टमेन्ट, ३५ लाख रुपैयाँमा पाइन्छ



 

घर जग्गाको मूल्य आकाशिँदो छ । सीमित आम्दानी हुनेका लागि घर खर्च कटाएर बचेको पैसाले राजधानीमा घर ठड्याउने रहर पूरा गर्न कठीन छ । २७ किलोमिटर लामो रिङरोडभित्रका जग्गाको मूल्य यति आकाशिएको छ कि आना कै ४० लाख हाराहारीमै पर्छ । ४ आनाको जग्गा चाहियो ।

 

४० लाख आना कै दरले पनि घर बनाउन मिल्ने जग्गाका लागि १ करोड २० लाख परिहाल्यो । त्यसमाथि घर ठड्याउनका लागि अर्को ५० लाख कम्तीमा चाहियो । त्यसैले राजधानीमा घर बनाउनका लागि निकै आर्थिक दृष्टिले अत्यधिक खर्चिलो छ ।

 

त्यसैले राजधानी र यसका आसपासमा अपार्टमेन्टको चलन बढेको छ । कैयन अपार्टमेन्टहरु बनिरहेका छन् र मानिसहरु घरको साटो अपार्टमेन्टमा रुचि देखाउन थालेका छन् । जग्गा किनेर घर बनाउनुभन्दा बनिबनाउन अपार्टमेन्टको सुविधा हातहातै आएपछि एकातिर सस्तो भयो भने अर्कोतर्फ सजिलो पनि भयो । आज हामी राजधानी र यसका आसपासमा भएका सस्ता केही अपार्टमेन्टका बारेमा जानकारी पस्कँदैछौं ।

 

१) मेरो सिटी हात्तिवन, मूल्य ३५ लाख रुपैयाँ

३५ लाख रुपैयाँमा राजधानीका राम्रा ठाउँमा एक आना पनि जग्गा आउँदैन् । घर बनाउने कुरा त अलिक परको भैगयो । तर यो ३५ लाखमा सानो परिवारका लागि मात्रै उपयुक्त छ । जसमा एउटा बेडरुमा मात्रै छ । एउटा बाथरुम छ भने एउटा किचन र एउटा मात्रै बाथरुम छ । हात्तिवनस्थित मेरो सिटी अपार्टमेन्टमा रहेको अपार्टमेन्ट १२ औं तलामा छ । लिटिल एञ्जल्स स्कुल नजिकै रहेको यो अपार्टमेन्टले ४०८.५२ स्वायर फिट क्षेत्रफल ओगटेको छ ।

 

२) बबरमहल ५५ लाख रुपैयाँ

राजधानीको बबरमहलमा ५५ लाख रुपैयाँमा मात्रै अपार्टमेन्ट बिक्रीमा राखिएको छ । फर्निस नगरिएको अपार्टमेन्ट भवनको चौथो तलामा छ । जसमा ३ वठा कोठा र सानो किचन छ भने एउटा बाथरुम छ । दक्षिणी मोहडा भएको अपार्टमेन्ट बस्नका लागि उपयुक्त भएको विज्ञापनमा उल्लेख गरिएको छ ।

 

३) कुलेश्वर अपार्टमेन्ट, मूल्य ७० लाख रुपैयाँ

राजधानीको रिङरोडभित्र तुलनात्मक रुपमा राम्रो ठाउँमा कुलेश्वरस्थित अपार्टमेन्ट पहिले प्रयोग भइसकेको छ । जसका लागि ७० लाख रुपैयाँ तोकिएको छ । यो ७२० स्वायर फिट क्षेत्रफलमा फैलिएको छ भने २ वडा बेडरुम छ । आधा जति फर्निसिङ गरिएको अपार्टमेन्ट बिक्रीका लागि तयारी अवस्थामा छ ।

 

४) सिभिल होम्स, ७३ लाख ५० हजार रुपैयाँ

धापाखेलस्थित सिभिल होम्समा २ बेडरुमको अपार्टमेन्टको मूल्य ७३ लाख ५० हजार तोकिएको छ । ५८० स्वायर फिट क्षेत्रफलमा फैलिएको अपार्टमेन्ट जेम्स स्कुल नजिकै पर्छ । सातदोबाटोदेखि १.५ किलोमिटर दूरीमा रहेको अपार्टमेन्टमा २ वटा बाल्कोनी पनि छ । भने भवनको तेस्रो तलामा अपार्टमेन्ट छ ।

 

५) सनराइज अपार्टमेन्ट मूल्य ७५ लाख रुपैयाँ

ललितपुरस्थित मेडासिटी अस्पतालबाट ५ मिनेटको पैदल दूरीमा रहेको यस अपार्टमेन्टको मूल्य ७५ लाख रुपैयाँ राखिएको छ । जसमा २ वटा बेडरुम छ भने पावर ब्याकअप जेनेरेटर, इलेभेटर, पार्किङ र जिमखाना समेत छ ।

 

६) कुलेश्वर अपार्टमेन्ट मूल्य ७५ लाख रुपैयाँ

कुलेश्वर अपार्टमेन्टमा २ वटा बेडरुम छन् । जसमा एउटा बाथरुम पनि छ । पूरै फर्निस गरिएको यो अपार्टमेन्ट ६६३ स्वायर फिट क्षेत्रफलमा फैलिएको छ । दक्षिण मोहोडा भएको अपार्टमेन्टमा पानीको सुविधा २४ घण्टा नै उपलब्ध गराइएको छ । बिक्रेतालाई यसको मूल्य ७५ लाख रुपैयाँ तोकेका छन् ।

 

७) सिभिल होम्स, मूल्य ८० लाख रुपैयाँ

धापाखेलस्थित सिभिल होम्सको अर्को अपार्टमेन्ट ८० लाख रुपैयाँमा उपलब्ध छ । बिक्रेताका अनुसार १०५१ स्वायर फिट क्षेत्रफलमा फैलिएको अपार्टमेन्टमा ३ वडा बेडरुम छ । भवनको तेस्रो तलामा रहेको यस अपार्टमेन्टमा फर्निसिङ भने गरिएको छैन् ।

 

८) सिनामंगल मूल्य ८७ लाख रुपैयाँ

राजधानीको सिनामंगलस्थित यस अपार्टमेन्टमा २ वटा बेडरुम र २ वटा बाथरुम छन् । प्रयोग भइसकेको यस अपार्टमेन्टलाई बिक्रेताले अहिले बिक्रीमा राखेका छन् । अट्याच बाथरुपमसहितको यस अपार्टमेन्टको मोल ८७ लाख रुपैयाँ राखिएको छ ।

 

९) सिनामंगल मूल्य ८७ लाख रुपैयाँ

सिनामंगलको अपार्टमेन्टमै भएको अर्को फ्ल्याट ८०० स्वायर फिटमा फैलिएको छ । जसमा भीआईपी फ्ल्याट भनिएको छ । जसमा फर्निचरहरु राखिसकिएको छ भने थप फर्निसिङ गर्नुनपर्ने भनिएको छ । यसमा ३ वटा बेडरुप २ वटा बाथरुम छ ।

 

१०) पेप्सीकोला मूल्य ९० लाख रुपैयाँ

पेप्सीकोलास्थित सन सिटी अपार्टमेन्टको १०औं तलामा रहेको ३ बीएचके अपार्टटमेन्ट पनि बिक्रीमा राखिएको छ । जसको मूल्य ९० लाख रुपैयाँ तोकिएको छ । ८५९ स्वायर फिट क्षेत्रफलमा फैलिएको अपार्टमेन्टमा ३ वटा बेडरुम र वटा बाथरुम छन् । अपार्टमेन्ट सेमी फर्निसिङ गरिएको छ । यो समाचार हाम्रो बजार डट कम अनलाइनमा प्रकाशित विज्ञापनका आधारमा तयार पारिएको हो ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाइयो

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाउने

रवि लामिछानेको बयान सकियो

    काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीसम्बन्धी मुद्दाका अभियुक्त रास्वपा सभापत रवि लामिछानेको बयान

रवि लामिछानेको पक्षमा २० जना वकिलले बहस गर्ने

    रवि लामिछानेको पक्षमा २० जना वकिलले बहस गर्ने भएका छन । 

माओवादीका केन्द्रीय सल्लाहकार शर्मा एमालेमा प्रवेश

    विराटनगरका पुराना वाम बुद्धिजीवी तथा प्राध्यापक डाक्टर मेदिनीप्रसाद शर्मा नेकपा माओवादी