डिभोर्स गरेका पति मनोजसँग गायिका अञ्जु पन्तको अचम्मको नयाँ ‘सहयात्रा’



हाम्रो इकोनोमि

 

दाम्पत्य जीवन सुखद नभएपछि पति मनोज राजसँग सम्बन्ध बिच्छेद गरेकी गायिका अञ्जु पन्तले हालै अचम्मको ‘सहकार्य’ गरेकी छन् । व्यक्तिगत सम्बन्धमा आएका विवादलाई छताछुल्ल पारेर सम्बन्ध बिच्छेद गरेको यो जोडीले भत्किएको जीवनलाई उठाउने पारिवारिक सहकार्यचाहीँ गरेका होइनन् । उनीहरूको यात्रा गायनका लागि भएको हो । जसको गीत र म्युजिक भिडियो बजारमा आइसकेको छ ।

 

युगल स्वरमा ‘सम्झे पनि तिम्रो याद’ बोलको गजलको म्युजिक भिडियो नै बाहिरिएको छ । मनोज राजको संगित रहेको गजलमा अञ्जु पन्त गाउन राजी भएपछि गीत आएको हो । गजल सुरेश वाग्लेले लेखेका हुन् ।

 

निकेश खड्काले निर्देशन गरेको गजलको म्यूजिक भिडियोमा अभिनेत्री प्रियंका कार्की, अनिल थापा र गजलकार वाग्लेको अभिनय छ । सचिन सिंहले संगीत संयोजन गरेका छन् ।

 

उनीहरुले सँगै स्टुडियोमा गएर गाएको भने यो नै पहिलो पट हो । उनीहरू सँगै गाउन राजी नभए पनि गजलकार वाग्लेको पहललले काम गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस
एमालेको अध्यक्षमा ओली र पोखरेलले दिए उम्मेदवारी

     नेकपा एमालेको आगामी अध्यक्षका लागि दुईजनाको उम्मेदवारी परेको छ । अध्यक्ष...

ओलीको प्यानलबाट पदाधिकारीमा को–को छन्?

  नेकपा एमालेको ११औँ महाधिवेशनमा विभिन्न पदमा उम्मेदवार खडा गर्ने प्रक्रिया सुरु भएको...

ओली पक्षबाट उपमहासचिवमा लेखराज भट्टको दाबी

    नेकपा एमालेका सचिव लेखराज भट्टले सचिवमा उम्मेदार नबन्ने बताएका छन् ।...

ओली पक्षबाट शंकर पोखरेल नै महासचिव उम्मेदवार, अन्य पदमा को-को उठ्दै ?

    नेकपा एमालेको ११औँ महाधिवेशनमा नेतृत्व चयनको प्रक्रिया अघि बढेका बेला अध्यक्ष...