डिभोर्स गरेका पति मनोजसँग गायिका अञ्जु पन्तको अचम्मको नयाँ ‘सहयात्रा’



हाम्रो इकोनोमि

 

दाम्पत्य जीवन सुखद नभएपछि पति मनोज राजसँग सम्बन्ध बिच्छेद गरेकी गायिका अञ्जु पन्तले हालै अचम्मको ‘सहकार्य’ गरेकी छन् । व्यक्तिगत सम्बन्धमा आएका विवादलाई छताछुल्ल पारेर सम्बन्ध बिच्छेद गरेको यो जोडीले भत्किएको जीवनलाई उठाउने पारिवारिक सहकार्यचाहीँ गरेका होइनन् । उनीहरूको यात्रा गायनका लागि भएको हो । जसको गीत र म्युजिक भिडियो बजारमा आइसकेको छ ।

 

युगल स्वरमा ‘सम्झे पनि तिम्रो याद’ बोलको गजलको म्युजिक भिडियो नै बाहिरिएको छ । मनोज राजको संगित रहेको गजलमा अञ्जु पन्त गाउन राजी भएपछि गीत आएको हो । गजल सुरेश वाग्लेले लेखेका हुन् ।

 

निकेश खड्काले निर्देशन गरेको गजलको म्यूजिक भिडियोमा अभिनेत्री प्रियंका कार्की, अनिल थापा र गजलकार वाग्लेको अभिनय छ । सचिन सिंहले संगीत संयोजन गरेका छन् ।

 

उनीहरुले सँगै स्टुडियोमा गएर गाएको भने यो नै पहिलो पट हो । उनीहरू सँगै गाउन राजी नभए पनि गजलकार वाग्लेको पहललले काम गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस
संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...