हराएकी हाम्री छोरी फेला पार्न आफ्नै छोरी सम्झिएर सेयर गरिदिनुहोला : रक्षा पौडेल परिवार



हाम्रो इकोनोमि

 

नाम : रक्षा पौडेल, उमेर : १९ बर्ष, ठेगाना : स्याङ्जा (हाल चितवन भरतपुर-४ बुध्धचोक) उनी चाहिँ मेरो मामाको छोरी….आज घरबाट निस्केको एक हप्ता भयो…आईतबारका दिन दिउँसो १२ बजेतिर घरमा कोहि नभएको मौका पारेर घरबाट निस्केर हिडेकी हुन् …

साथमा नागरिकता स्कुटरको लाईसेन्स झोलामा अलिकती कपडा राखेर गएकी आज एक हप्ता हुदासम्म पनि केही अत्तोपत्तो छैन ..साथिहरु सबैजनालाई सोधपुछ गरियो कसैले केही थाहा पाएका छैनन् …पुलिस रिपोर्टबाट नि केही पत्ता लाग्न सकेनमोबाइल अन गरेर फेसबुक खोलेरै छाडेर सिम भाचेर हिडेकी हुन् …

घरनजिकको ठाउँको सिसि क्यामारा चेक पनि गरियो कहि कतै केही अत्तोपत्तो पाईएको छैन…अस्ति उसको Google account बिर्तामोड झापामा खोलेको पाईयो त्यतातिरको पुलिसलाई पनि खबर गरिएको हो तर केही खबर पाईएन

घरमा नराम्रो केही पनि छैन मामामाइजू कि ठुली छोरी कहिल्यै केही कुराको कमि हुन दिनुभएन आज आएर उहाहरुलाई पनि नभनी कता गैन गैन….सबैजनालाई टेन्सन भैसक्यो मरे जिउँदोको केही खबर छैन  Boyfriend पनि छैन उसङ्ग गएको भन्न पनि मिलेन के सोचेर हिड्या हो कता कोसङ्ग छिन् केहि थाहाछैन

Social Media मा कतै कसैलाई नभन्ने कुरा भएको थियो घरपरिवार बाहिर अरु कसैलाई यो कुरा थाहा छैन…कति जान्नी जान्नी ज्योतिषकोमा गएर हेराईचराई गरियो एकदिनमा आउछे दुईदिनमा आउछे शनिबार आउछे भने कसैले भनेको केही मिलेनमैले त अस्तिनै पोस्ट गर्छु भन्या थिए तर दिनुभएन आज बल्ल बल्ल मनाएर मामामाईजुलाई छोरी भेटाईदिने आशाले हजुरहरुलाई यो कुरा भन्दै छु….

यो ग्रुपबाट कति मान्छेको भलो भएको छ कति मान्छे भेटिएका छन्….हामीहरुले चाहेउ भने उसलाई अवश्य भेटिनेछ !! उसलाई कहि कतै देख्नुभयो भने यो नम्बरमा फोन गर्नुहोला !!

  • मामा : 9846015777
  • माईजु :9846251105
  • म : 9869012547 —
  • Post by Krishna Sharma

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...