पक्राउ पूर्जी जारीपछि छवि र शिल्पा फरार, ‘प्रहरी खोजीमा’



हाम्रो इकोनोमि

 

चलचित्र निर्माता छविराज ओझा र उनकी कान्छी श्रीमती तथा अभिनेत्री शिल्पा पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । छविकी जेठी श्रीमती हेमा ओझाले प्रहरी कार्यालयमा बहुविवाहको मुद्दा दर्ता गराएपछि उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । मुद्दा दर्ता भएसँगै पक्राउ आदेश लिन प्रहरी काठमाडौं जिल्ला अदालत पुगेको थियो । अदालतले बुधबार नै पक्राउ गरी आवश्यक अनुसन्धान गर्न अनुमति दिएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले छवि र सिल्पालाई प्रहरीले खोजी गरिरहेको बताए । उनले भने, ‘उनीहरूविरुद्ध बहुविवाहको मुद्दा दर्ता भयो । मुद्दा दर्ता हुनु भनेको अनुसन्धानको बाटो खुल्नु हो । यस क्रममा दुवैलाई पक्राउ गर्नुपर्ने हुन्छ । अदालतले पक्राउका लागि अनुमति दिइसकेको छ । हामीले दुवैलाई खोजी गरिरहेका छौँ । तर, पक्राउ गर्न भने सकिएको छैन ।’

प्रहरीका अनुसार ५६ वर्षीय छवि र २६ वर्षीया शिल्पाबीच ०७३ को असारमा विवाह भएको थियो । तर, कानुनी रूपमा विवाह दर्ता भने ६ महिनाअघि मात्रै भएको थियो । सोही आधारमा छविकी जेठी श्रीमती हेमाले दुईविरुद्ध बहुविवाहको मुद्दा हालेकी थिइन् ।

प्रहरी परिसर काठमाडौंअन्तर्गतको कालिमाटीस्थित महिला सेलबाट उनीहरूविरुद्धको मुद्दामा अनुसन्धान भइरहेको छ । प्रहरीका अनुसार छवि र हेमाबीच ०४१ मा विवाह भएको थियो ।

नेपाली चलचित्रकी तत्कालीन नायिका गिताञ्जली सुनुवारसँग सम्बन्ध झाँगिएपछि हेमा छविबाट टढिएकी थिइन् । सुनसरी धरान–१ मा एक्लै बस्दै आएकी ५३ वर्षीया हेमाले वैवाहिक जीवनको ३५ वर्षपछि मात्रै छविविरुद्ध बहुविवाहको मुद्दा हालेकी हुन् । गीताञ्जलीले आत्महत्या गरेपछि छवि रेखा थापासँग नजिकिए । १२ वर्षसम्म लिभिङ इन रिलेसनसिपमा रहेका छवि र रेखाको सम्बन्ध टुंगिसकेको छ ।

के छ कानुनी व्यवस्था ?
मुलुकी अपराध संहिता–०७४ को विवाहसम्बन्धी महलको धारा १७५ ले बहुविवाहलाई बन्देज लगाएको छ । धारा १७५ को उपधार १ र २ मा वैवाहिक सम्बन्ध कायम भएको अवस्थामा कुनै पनि पुरुषले अर्को विवाह गर्न पाउँदैन ।

विवाहित भएको जान्दा जान्दै महिलाले पनि पुरुषसँग विवाह गर्न पाउँदिनन् । कसैले उपधार १ र २ उलंघन गरेको प्रमाणित भए विवाह गर्ने र गराउने दुवैलाई एक वर्षदेखि पाँच वर्षसम्मकौ कैद सजाय र दश हजार रुपैयाँ जरिवाना हुनेछ । अनिता श्रेष्ठ

प्रतिक्रिया दिनुहोस
संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...