नरबहादुर कर्माचार्यकै घरमा बसेर जनयुद्धको योजना बन्यो : प्रचण्ड



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काअध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको घरमा बसेर जनयुद्धको योजना बनाएको बताएका छन् ।

 

कर्माचार्यको स्मृति दिवसमा पार्टीद्वारा पार्टी मुख्यालय धुम्बाराहीमा बिहीबार आयोजित कार्यक्रममा अध्यक्ष दाहालले कम्युनिष्ट आन्दोलनमा कर्माचार्यको उल्लेखनीय भूमिका रहेको बताए । ‘हामीले नरबहादुजीकै घरमा बसेर जनयुद्धको तयारी गर्यौ’ उनले भने, ‘उहाँसँग हाम्रो अत्यन्तै गहिरो र भावनात्मक सम्बन्ध भएको थियो । कम्युनिष्टहरु एकवद्ध हुनुमा उहाँको पनि योगदान छ ।’

 

अध्यक्ष दाहालले नरबहादुर कर्माचार्य कम्युनिष्टहरुको लागि प्रेरक रहेको उल्लेख गरे । प्रचण्डले कम्युनिष्ट नेता तथा कार्यकर्ता वैचारिक, निष्ठावान र सरल हुनुपर्ने समेत बताए ।

 

उनले पार्टी एकता र जनविश्वास अझ उचाइमा पुर्याउने बताए । समाजवादको नयाँ प्रणाली दुनियाँलाई दिन सक्नुपर्ने बताउँदै प्रचण्डले मानवजातिको भविष्य समाजवादमा मात्रै भएकोमा जोड दिए । प्रचण्डले साउन महिनाभित्रै स्थायी समिति र केन्द्रिय समितिको बैठक बोलाएर भदौमा देशव्यापी अभियानमा जाने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...