गुल्मीको पहिरोमा परेकालाई सहयोग गर्न राहत सङ्कनल



हाम्रो इकोनोमि

 

गुल्मीको सत्यवति गाउपािलका–४ लुम्पेक र लिम्धामा मंगलबार गएको पहिरोमा परेकालाई सहयोग गर्नका लागि काठमाडौमा रहेका गुम्मेली राहत सङ्कलनमा जुटेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट गुल्मी–काठमाडौँ सम्पर्क मञ्चको आज यहाँ भेला गरी राहत सङ्कलनमा जुट्न आग्रह गरेको हो ।

भेलाले श्रीप्रसाद पाण्डे र शंकर भण्डारीको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरिएको छ । भेला मा सरकारलाई राहत उपलब्ध गराउन, दिर्घकालिन व्यवस्था गर्न र काठमाडौमा रहेका गुल्मेलीलाई राहत संकलनमा गर्न नेकपाका गुल्मी इन्चार्ज एवम् प्रदेश सांसद दिनेश पन्थीले आग्रह गर्नु भयो ।

भेलामा सात लाख रुपियाँ सङ्कलन गरिएको नेपाल प्रेस चौतारीका पूर्व अध्यक्ष राजेन्द्र अर्यालले जानकारी दिनुभयो । भेलामा पूर्व सांसद पटिक थापाले विपद्को घडीमा सवैले सहयोग गर्नुपर्ने बताउनुभयो । मंगलवार गएको पहिरोमा परि १२ जनाको ज्यान जानुको साथै छ सय घरपरिवार विस्थापित भएका छन् ।

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...