पार्टी एकता असाधारण पहलकदमी, यही उत्कर्ष नहोस् : प्रचण्ड



हाम्रो इकोनोमि

 

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकतालाई सफल पार्ने चरणमा आइपुगेको बताएका छन् ।

‘पार्टी एकता र हामीले प्राप्त गरेको जनविश्वासको यही उत्कर्ष नहोस् भन्ने हाम्रो चाहना छ ।

योभन्दा ठूलो उचाइमा हामी जानु छ’, नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको स्मृति दिवसमा आयोेजित कार्यक्रममा उनले भने, ‘पार्टी एकता गरेर असाधारण पहलकदमी लिएका छौं ।

सफल पार्ने चरणमा आइपुगेका छौं ।’ सचिवालय र केन्द्रीय बैठक बसी भदौदेखि देशव्यापी अभियानमा जाने योजना उनले सुनाए ।

उनले समाजवादको नयाँ मोडेल देश र दुनियाँलाई दिन सक्नुपर्ने धारणा व्यक्त गरे । ‘हामीले नेपालबाट नयाँ मोडेल विश्वलाई दिन सकिन्छ, दिन सक्नुपर्दछ ।

सगरमाथाको उचाइ भएको यो देशबाट २१औं शताब्दीमा समाजवादको नयाँ धारा हामीले दुनियाँ दिन सक्नुपर्छ । संसारमा धनी र गरिबबीचको खाडल झन् फराकिलो भएको छ ।

अर्बौं मानिस गरिबीको दुष्चक्रमा पिल्सिएकै छन्’, उनले भने, ‘यो परिस्थितिमा मानव जातिको भविष्य समाजवादमा मात्रै छ ।

सामाजिक न्यायसहितको समृद्धिको मोडेल दिन सक्नुपर्छ । हामीलाई यो अवसर प्राप्त छ ।’

यो अवसरलाई पार्टी एकताको कामलाई सुदृढ र सरकारको कामलाई प्रभावकारी बनाएर गुणात्मक ढंगले जनताको मन जितेर मात्र पूरा गर्न सकिने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...