दोर्दी खाेलाले बगाएर भेटिएका चार शवमध्ये ३ जनाको पहिचान, ७ अझै बेपत्ता



हाम्रो इकोनोमि

 

लमजुङकाे दोर्दीखोलामा बुधबार दिउँसो एक्कासी आएको बाढीले बगाउँदा मृत्यु भएका ४ जनामध्ये ३ जनाको सनाखत भएको प्रहरीले बताएको छ । पूरै ठेगाना भने खुल्न बाँकी छ ।

दोर्दी गाउँपालिका ४, नौथर शेरामा भेटिएका २ जनाको शवमध्ये १ जना पर्सा जिल्लाका अन्दाजी २८/३० वर्षीय शिवधन चौधरी रहेका छन् ।

यस्तै, शेराभन्दा अलि माथि भेटिएका एकजना सप्तरी जिल्ला सप्तकोशी नगरपालिका ८ का अन्दाजी ५० वर्षीय भुवनेश्वर चौधरी रहेका छन् ।

कीर्तिपुर बेंसीमा भेटिएका १ जना डडेल्धुराको आलेताल गाउँपालिका ६ का अन्दाजी ३४/३५ बर्षीय रमेश बुढा रहेको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर बसन्त पाण्डेले बताए ।

दोर्दीखोलामा निर्माणाधिन २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाको डिसेन्डर बनाउँदै गरेका कामदारलाई दोर्दीको बाढीले बगाएको प्रहरीले बताएको छ ।

बगाएर ल्याएको शवलाई निर्माणस्थलबाट करिब ८ किलोमिटर तल नौथर शेरामा २ शव, ७ किलोमिटर तल शेरा नजिकै एउटा र ४ किलोमिटर तल कीर्तिपुर बेंसीमा एउटा शव भेटिएको थियो ।

एकजनाको शव चिनिन सक्ने अवस्थाको नरहेको प्रहरीले बताएको छ । शवलाई पोष्टमार्टमको लागि बेंसीसहरस्थित लमजुङ जिल्ला सामुदायिक अस्पतालमा राखिएको छ ।

प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईका अनुसार ७ जना बेपत्ता छन् । उद्धार गरिएका ८ घाइतेको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...