मनसुन पुनः सक्रिय, देशभर भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह



हाम्रो इकोनोमि

 

केही दिनदेखि कमजोर रहेको मनसुन आजबाट पुन सक्रिय भएको छ ।

मनसुनी न्यूनचापीय रेखा तराईमा अवस्थित रहेकाले बुधबार पुन: देशभर भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

नचापीय रेखा नेपाल प्रवेश गरेको र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय हावाको प्रभावले आज देशको धेरैजसो स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको मौसमविद् विभुतै पोखरेलले बताए ।

“मनसुनी ट्रफ घरी तल घरी माथि भइरहने हुन्छ । उक्त प्रणाली तल रहेमा नेपालमा मनसुन सक्रिय हुन्छ र वर्षा हुन्छ”, मौसमविद् पोखरेलले भने, सम्भाबित वर्षका कारण तराई तथा चुरे क्षेत्रमा मनसुनी वर्षाको प्रभाव बढी पर्ने देखिएकाले आज चितवन, पर्सा, बारा, मकवानपुर, नवलपुर, परासी, पाल्पा, अर्घाखाँची, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्नपुर, झापा, मोरङ, सुनसरीलगायत प्रदेश १, २, ३, र ५ गण्डकी चुरे र पहाडबाट बहने साना नदीमा उच्च बहावको सम्भावना रहेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

हाल देशका मध्य तथा पूर्वी भू–भागमा सामान्यदेखि पूर्ण बदली भई केही स्थानमा वर्षा भइरहेको छ र पश्चिमी भू–भागमा आंशिकदेखि सामान्य बदली रही एक–दुई स्थानमा वर्षा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...