गर्मी भयो भन्दै यात्रुले उडिरहेको विमानको आकस्मिक ढोका खोलेपछि भयो हँगामा



हाम्रो इकोनोमि

 

‘सरनेम’ चेन भएका ती व्यक्तिले विमानभित्र निकै गर्मी लागेपछि झ्याल खुलै रहेको ठानेर आकस्मिक द्वार खोलेको बताएका छन् ।एउटा रोचक तथा नाैलो घटना सार्वजनिक भएको छ । चिनियाँ एक यात्रुले विमान अवतरण गर्नुपूर्व नै विमानको आकस्मिक ढोका खोलेका छन। उनले विमानभित्र गर्मी भएका कारण ताजा हावा खान विमानको ढोका खोलेको बताएको समाचारमा उल्लेख छ ।

केही दिन अघि चीनको सिचुआन प्रान्तको मियानयाङ एअरपोर्टमा घेटेको यो अनौठो घटना हो । ‘सरनेम’ चेन भएका ती व्यक्तिले विमानभित्र निकै गर्मी लागेपछि झ्याल खुलै रहेको ठानेर आकस्मिक द्वार खोलेको बताएका छन् ।लकी एअरको विमान संख्या ८ एल ९७२० ले हनिया प्रान्तको सान्यादेखि उडान भरेको थियो भने २ घण्टा ४० मिनेटपछि मियांमा विमान अवतरण भएको थियो ।

घटनाबारे अनुसन्धानका गर्न चेनलाई १५ दिनका लागि हिरासतमा लिइएको थियो । चीनमा सस्तो हवाइ सेवा दिने ‘लकी एअर’ले आफ्नो एक बयानमा भनेको छ– यो जुन घटना भयो, त्यसका लागि यात्रु स्वयं जिम्मेबार छन्।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...