मौद्रिक नीतिसँगै सेयर लगानीकर्तामा बढ्यो आत्मविश्वास, चम्किने तयारी गर्दै नेप्से



हाम्रो इकोनोमि

 

मौद्रिक नीति सार्वजनिक हुनै लाग्दा पुँजी बजारमा पनि उत्साह थपिएको छ । यसअघि बजेट आएको लामो समयसम्म पनि मौद्रिक नीति नआउँदा लगानीकर्ता अन्योलमा परेका थिए । मौद्रिक नीति पुँजी बजारमैत्री हुने अपेक्षमा लगानीकर्ता छन् । केन्द्रीय बैंकले विशेष गरी ब्याजदर घटाउन तथा तरलता सहज पार्न सक्ने गरी मौद्रिक उपकरणको परिचालन गर्ने विश्वासमा लगानीकर्ता बसेका छन् । यसैको आशामा बजार क्रमशः माथि लागेको हो ।

 

 

पुँजीगत लाभकर गणना विधिमा उत्पन्न समस्या समाधान गर्ने सरकारी आश्वासन प्राप्त भएकाले पनि लगानीकर्ताको आत्मबल बढेको विश्लेषण भइरहेको छ । त्यसो त बजेट सार्वजनिक भएपछि सेयर बजार माथि जान सकेको छैन । निरन्तरजसो नेप्से घट्दा बजारमा सूचीकृत कम्पनीहरुको भाउ निकै सस्तो भइसकेको छ । भाउ सस्तो भएकाले पनि लगानीकर्ता आकर्षित हुने क्रम बढेको हो ।

 

साउन लागेसँगै वित्तीय प्रणालीमा तरलता सहज भएको छ । लगानीकर्ताले सजिलै सेयर कर्जा पाउन सक्ने अवस्था भएकाले पनि बजारमा सकारात्मक प्रभाव पर्ने अवस्था छ । पुँजी बजार सुधारका कामले गति लिइरहेको छ । लगानीकर्ताका माग बमोजिम केन्द्रीय बैंक, धितोपत्र बोर्ड, नेप्से लगायतले सुधारका कदम चालेका छन् । ब्रोकर सेवा विस्तार हुँदैछ । मार्जिन लेन्डिङ पनि कार्यान्वयन हुने तरखरमा छ । यसर्थ, क्रमशः बजारले गति लिने अपेक्षा गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटघाट

   प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । भण्डारी...

पोखरा विमानस्थल भ्रष्टाचारमा पाँच पूर्वमन्त्रीलाई मुद्दा

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारसम्बन्धी मुद्दा...

महाधिवेशनको उद्घाटनमा सहभागी हुन पार्टीका सदस्यको घरघरमा पत्र

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) को यही मङ्सिर २७ गतेदेखि सुरू हुने...

प्रतिनिधिसभाको उम्मेदवारका लागि रास्वपाले २५ हजार लिने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा...