मौद्रिक नीतिसँगै सेयर लगानीकर्तामा बढ्यो आत्मविश्वास, चम्किने तयारी गर्दै नेप्से



हाम्रो इकोनोमि

 

मौद्रिक नीति सार्वजनिक हुनै लाग्दा पुँजी बजारमा पनि उत्साह थपिएको छ । यसअघि बजेट आएको लामो समयसम्म पनि मौद्रिक नीति नआउँदा लगानीकर्ता अन्योलमा परेका थिए । मौद्रिक नीति पुँजी बजारमैत्री हुने अपेक्षमा लगानीकर्ता छन् । केन्द्रीय बैंकले विशेष गरी ब्याजदर घटाउन तथा तरलता सहज पार्न सक्ने गरी मौद्रिक उपकरणको परिचालन गर्ने विश्वासमा लगानीकर्ता बसेका छन् । यसैको आशामा बजार क्रमशः माथि लागेको हो ।

 

 

पुँजीगत लाभकर गणना विधिमा उत्पन्न समस्या समाधान गर्ने सरकारी आश्वासन प्राप्त भएकाले पनि लगानीकर्ताको आत्मबल बढेको विश्लेषण भइरहेको छ । त्यसो त बजेट सार्वजनिक भएपछि सेयर बजार माथि जान सकेको छैन । निरन्तरजसो नेप्से घट्दा बजारमा सूचीकृत कम्पनीहरुको भाउ निकै सस्तो भइसकेको छ । भाउ सस्तो भएकाले पनि लगानीकर्ता आकर्षित हुने क्रम बढेको हो ।

 

साउन लागेसँगै वित्तीय प्रणालीमा तरलता सहज भएको छ । लगानीकर्ताले सजिलै सेयर कर्जा पाउन सक्ने अवस्था भएकाले पनि बजारमा सकारात्मक प्रभाव पर्ने अवस्था छ । पुँजी बजार सुधारका कामले गति लिइरहेको छ । लगानीकर्ताका माग बमोजिम केन्द्रीय बैंक, धितोपत्र बोर्ड, नेप्से लगायतले सुधारका कदम चालेका छन् । ब्रोकर सेवा विस्तार हुँदैछ । मार्जिन लेन्डिङ पनि कार्यान्वयन हुने तरखरमा छ । यसर्थ, क्रमशः बजारले गति लिने अपेक्षा गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...