भारतीय अवरोधले नेपालको जडिबुटी निकासी ६ महिनादेखि ठप्प



 

विषादी परीक्षणको विवादले भारतीय तरकारी-फलफूलको नेपालतर्फ आयात केही दिन रोकिँदा ठूलै हंगामा भयो । भारतीय दूतावासले नेपालको सरकारलाई लिखित दवाव नै दियो ।

तर, भारतले नेपाली जडिबुटीको निर्यातमा ६ महिनादेखि पुर्‍याएको अवरोधको विषय भने अहिलेसम्म ओझेलमा छ ।

भारतीय प्लान्ट क्वारेन्टाइनको अवरोधका कारण नेपालगञ्ज नाका भएर भारततर्फ जडिबुटीको निकासी ६ महिनादेखि ठप्प छ ।

भारतको संशोधित प्लान्ट क्वारेन्टाईन सूचीमा नपरेको भन्दै नेपाली जडिबुटी भारतीय भन्सारले जाँचपास रोकिदिएको हो ।

निकासी रोकिएका कारण नेपालगन्ज लगायत पश्चिम नेपालका पहाडी जिल्लाहरुमा करिब १५ हजार टन जडीबुटी थन्किएका छन् ।

भारतको प्लान्ट क्वारेन्टाइनको अवरोधका कारण पखानवेद, सताबर, अमला, पदमचाल, चिराइतो, कमलवेद, अतिस, कालादाना र सिकाकाई रिठ्ठा, टिमुर, कुट्कीलगायतका करिव ६० किसिमका जडिबुटीको निकासी रोकिएको छ ।

जडिबुटीको निकासी रोकिँदा जडिबुटी संकलन र विक्री वितरणमा संलग्न करिब २५ लाख नेपालीहरु प्रत्यक्ष रुपमा प्रभावित भएको जडीबुटी व्यवसायी संघ नेपालगञ्जका अध्यक्ष याकुव अन्सारी बताउँछन् ।

निकासीमा समस्या आएपछि गत वैशाख ३ गते जडिबुटी व्यवसायीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर ज्ञापनपत्र बुझाएका थिए ।

प्रधानमन्त्री ओलीले व्यवसायीहरुको समस्या सुनेपछि छिट्टै समाधान गर्ने आश्वासन दिएको तर व्यवहारमा केही नगरेको जडिबुटी व्यवसायी संघ नेपालगन्जका पूर्वअध्यक्ष राजेश जैन बताउँछन् ।

नेपालको व्यापार घाटा घटाउन तथा स्थानीयको अर्थोपार्जन बलियो बनाउन जडिबुटी उत्पादन महत्वपूर्ण हुने भन्दै अबरोध खोल्ने आश्वासन वनमन्त्री शक्तिबहादुर बस्नेतले बाँडेको तर कार्यान्वयन नभएको उनको भनाइ छ ।

‘नेपालगञ्ज आएर कृषि मन्त्रीले वन मन्त्रालयसंग समन्वय गरेर अबरोध खुलाउने भाषण दिनुभयो, तर काम गर्नुभएन,’ उनले भने ।

मन्त्रालयहरु पन्छिदै

जडिबुटी रोकिएको विषय समाधान गर्न सरकारी निकायहरुबीच समन्वय अभाव देखिएको छ । वन मन्त्रालय, कृषि मन्त्रालय र उद्योग-वाणिज्य मन्त्रालय यसमा जिम्मेवारी उठाउन तयार छैनन् ।

वन मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा. सिन्धुप्रसाद ढुंगानाले मन्त्रालयबाट अवश्यकपर्ने सिफारिस पत्र कृषि मन्त्रालयलाई पठाइएको बताए ।

तर, कृषि मन्त्तालयका सचिव डा. युवकध्वज जिसीले भने उक्त विषय आफ्नो मन्त्रालयको क्षेत्राधिकारभित्र नपर्ने दावी गरे ।

‘जडिबुटी रोकिएको हो भने खोल्ने काम वनले गर्ने हो, कृषिसंग यो विषय सम्बन्धित नै छैन,’ सचिव जिसिले भने । यता उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले भने नेपालगञ्जमा रोकिएका जडिबुटी सम्बन्धमा कुनै जानकारी नै नभएको बताएको छ ।

नेपालबाट वर्षेनी करिब १ अर्ब रुपैयाँ बराबरको जडिबुटी भारत निकाशी हुँदै आए पनि पछिल्लो वर्षहरुमा निकासी घट्दै गएको छ ।

आर्थिक वर्ष ७४०/०७५ मा नेपालबाट २७ लाख ५४ हजार दुई सय किलो जडीबुटी भारततर्फ निकासी भएको थियो । आर्थिक वर्ष ०७०/०७१ मा नेपालले ४७ लाख ३५ हजार ०६४ किलो जडिबुटी भारत निर्यात गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
निर्वाचनमा जसले बढी मत ल्याउँछ त्यसले ५ वर्ष सरकार चलाउँछ : गगन थापा

    नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले राजनीतिक स्थायित्वका लागि संविधान संशोधन

भीम रावललाई स्वागत गर्न नेकपा एस र दुर्गा प्रसाईँका कार्यकर्ता

    नेकपा एमालेको साधारण सदस्य समेत नरहने गरी कारवाहीमा परेका भीम रावललाई

१० विमानस्थलमा रात्रिकालीन उडान हुने

    नेपालमा रात्रिकालीन उडान हुने विमानस्थल संख्या १० पुगेको छ । नेपाल

राजनीतिमा नफर्कन पूर्वराष्ट्रपतिलाई विश्वप्रकाशको सुझाव

    नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा नफर्कन सुझाव