सरकारको प्रसंसनीय निर्णय अब सबै पूर्वगृहमन्त्रीका सुरक्षाकर्मी फिर्ता



हाम्रो इकोनोमि

 

 

सरकारले पूर्वगृहमन्त्रीको निजी सुरक्षाका लागि खटाइएका सुरक्षाकर्मी फर्काउने निर्णय लिएको छ । सुरक्षा थ्रेट नभएको अवस्थामा पनि पूर्वगृहमन्त्रीहरुले अघिपछि सुरक्षाकर्मी लगाएर हिँड्ने क्रमलाई गृहले रोक्ने भएको हो । गृहमन्त्रालयमा आयोजित सञ्चाकर्मीहरुसँगको अन्तरक्रियाका क्रममा गृहसचिव प्रेमकुमार राई सबै पूर्वगृहमन्त्रीहरुको सुरक्षामा खटाइएका सशस्त्र र नेपाल प्रहरीका टोली फिर्ता गर्न लागिएको बताएका हुन्।

विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटाएका सुरक्षाकर्मी अहिले फर्किएका छन्। केहीलाई सुरक्षा थ्रेटका आधारमा खटाइएको छ, राईले भने, केही नखटाउनुपर्ने ठाउँमा फिर्ता गर्न मन्त्रिपरिषदमा प्रस्ताव लगिएको छ। सबै पूर्वगृहमन्त्रीका सुरक्षाकर्मी फिर्ता हुन लागेका छन्। गृहसचिव राईले कञ्चनपुरकी निर्मला पन्त ह त्याका ण्डको अहिले पनि छानबिन भइरहेको बताएका छन्।

उनले यो केश निरन्तर छानबिनका क्रममा रहेको स्पष्टीकरण दिए। त्रिभुवन विमानस्थलबाट भइरहेको सुन त स्करीको छानबिन प्रतिवेदन कार्यान्वयनमा गइरहेको उनले बताए। राईले सुन त स्करीमा मुछिएका व्यक्तिमाथिको सुनुवाइमा बदमासी गरेका अदालतका कर्मचारीमाथि पनि कारबाही भइरहेको जानकारी दिए।

सार्वजनिक यातायातमा रहेको सिन्डिकेट हटाउँदै समितिबाट कम्पनीमा ल्याएको उनले बताए। ट्रकहरूलाई पनि कम्पनीमा ल्याउने काम भइरहेको उनले बताएका छन्।

प्रतिक्रिया दिनुहोस
६ दलले पाए राष्ट्रिय दलको मान्यता

    २१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन्...

समानुपातिकतर्फको मतगणना सकियो

    यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको...

निर्वाचनको परिणामपछि एमालेले चाल्नुपर्ने कदम

    डा. केशव देवकोटा     नेपालमा गत २१ गते प्रतिनिधिसभाको निर्वाचन...

ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...