श्रीमतिहरुको घेराबन्दीमा निर्माता छवि ओझा



 

पतिका कारण घरेलु हिंसाको चपेटामा परेको भन्दै पति निर्माता छवि ओझाका विरुद्ध सम्बन्धविच्छेदका लागि अभिनेत्री शिल्पा पोखरेलले दिएको जाहेरीमा बहस नचल्दै यी द्वयविरुद्ध बहुविवाहको अर्को जाहेरी परेको छ ।

आजको कान्तिपुर दैनिकमा यो समाचार प्रकाशित छ – छविकी पहिलो पत्नी हेमा ओझाले महानगरीय प्रहरी वृत्त, गौशालामा आइतबार जाहेरी दरखास्त दिएकी हुन् ।

गौशाला प्रहरीले उक्त जाहेरी बुझी मुद्दालाई कालिमाटीस्थित महिला सेलमा पठाइदिएको छ ।

निर्माता ओझाले हेमासँग २०४१ सालमा विवाह गरेका थिए ।

जाहेरीमा हेमाले पति छविको विभिन्न महिलासँग नाम जोडिएर आए पनि विवाह नै गरेको भन्ने प्रमाण आफूले नपाएको उल्लेख गर्दै शिल्पाको हकमा विवाह दर्ता नै फेला पारेपछि आफूसँग सम्बन्ध कायम रहँदारहँदै बहुविवाह गरेकाले पति छवि र शिल्पालाई विपक्षी बनाउँदै बहुविवाहको मुद्दामा कानुनबमोजिम हदैसम्मको सजाय माग गरेकी छन् ।

जाहेरीमा भनिएको छ, ‘घरमा श्रीमती म हुँदाहुँदै छोरी भन्न सुहाउने उमेरकी शिल्पा पोखरेलसँग बहुविवाह गरेको हुँदा म यो जाहेरी लिई उपस्थित भएकी छु ।’ ५३ वर्षका छविले २६ वर्षीया शिल्पासँग गतवर्षको पुस ११ मा अनमेल विवाह गरेका थिए ।

हेमाको मुद्दा हेरिरहेका अधिवक्ता स्वागत नेपालले अदालतले हेमाको पक्षमा फैसला गरी बहुविवाह प्रमाणित भएमा प्रचलित कानुनअनुसार शिल्पासँगको छविको विवाह स्वतः खारेज हुने बताए । ‘यस्तो अवस्थामा शिल्पाजीले सम्बन्धविच्छेदको जाहेरीसँगै दाबी गरेअनुरूपको अंश पाउनुहुन्न । उहाँसँगको विवाह नै बदर हुन्छ ।’

अधिवक्ता नेपालले हेमाले छविसँग अंश लिइसके पनि दुवै आपसी मञ्जुरीमा नै अलग बसेकोले छविले अर्को विवाह गर्न नपाउने र गरेको खण्डमा बहुविवाह स्वतः प्रमाणित हुने उल्लेख गरे । ‘अंश लिए पनि हेमाले छविलाई पति नै मानेर बस्छु र कामको सिलसिलामा अलग बस्दा आपत्ति नहुने बताएको अवस्थामा र छविले पनि यसलाई स्वीकार गरेको खण्डमा अर्को विवाहका लागि कानुनले रोक्छ,’ नेपालले भने ।

शिल्पाले भने यस विषयमा अहिल्यै केही नबोल्ने बताएकी छन् । उनी निकट स्रोतले भने हेमाको जाहेरी ग्रान्ड डिजाइनमा आएको आरोप लगाउँदै आफूहरू पछिल्लो घटनाक्रमप्रति सजग रहेको र त्यसैअनुरूप कदम चाल्ने बताएको छ । हेमा र छविबीच दुई सन्तान राजीव र महेश छन् । हेमा लामो समयदेखि धरानमा बस्दै आएकी छन् ।

अधिवक्ता नेपालका अनुसार, निवेदक हेमा गौशाला वृत्तले मुद्दा फरवार्ड गरिदिएको कालिमाटी प्रहरी पुगेपछि प्रक्रिया अघि बढ्ने बताए । ‘चलखेल भएन र हेमा जीले खुट्टा कमाउनुभएन भने उहाँको पक्षमा फैसला हुने प्रशस्त प्रमाण छन्,’ उनले कान्तिपुरसँग भने ।

हेमापछि पनि छविको गीताञ्जली सुनार र रेखा थापासँग विवाह भएको थियो । गीताञ्जलीको निधन भइसकेको छ भने उनीबाट जन्मिएका छोरा साकार अहिले बुबा छविसँगै छन् ।सम्बन्धविच्छेद गरिसकेकी रेखाले भने शिल्पा–छविको मुद्दामा आफूलाई केही बोल्न आवश्यक नरहेको जिकिर गरिन् । कान्तिपुरसँगको छोटो कुराकानीमा रेखाले भनिन्, ‘आठ वर्षअघि नै सकिएको सम्बन्धका बारेमा मलाई केही भन्नु नै छैन । मैले देखिरहेकी छु, यस विषयमा मलाई बित्थामा किन जोडिइरहेको होला ?’ छवि भने यति बेला नियमित फोन सम्पर्कबाट बाहिर बसेका छन् । सोमबार साँझसम्म उनको फोन अफ थियो ।

प्रतिक्रिया दिनुहोस
नेकपा एसका ५ सांसदसहित १३४ केन्द्रीय सदस्य पार्टी फुटाउने पक्षमा

    अध्यादेशबाट बनेको नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरू राजनीतिक दल विभाजन सहज

नेकपा एस एकढिक्का छ : माधव नेपाल

    नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी अरुमा विलीन हुन लागेको

पार्टीको परीक्षण निर्वाचनले गर्छ, सामाजिक सञ्जालले होइन : शंकर पोखरेल

     नेकपा एमालेका महासचिव शंकर पोखरेलले अन्य पार्टीका नेता-कार्यकर्तालाई एमालेको चिन्ता नलिन

हेटौँडा-कुलेखानी-सिस्नेरी-काठमाडौँ सडक खुल्यो

    हेटौँडा–काठमाडौँलाई जोड्ने हेटौँडा–कुलेखानी–फाखेल–सिस्नेरी–काठमाडौँ सडकमा दुईतर्फी नै यातायात सञ्चालनमा आएको छ ।