पाल्पा फोक्सिङ्गकोटको महिला सहकारीको ठुलो उपलब्धि, बेच्यो ४३ लाखको खसी बोका ।



हाम्रो इकोनोमि

 

पाल्पा – उपहार सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड रम्भा गाउँपालिका २ फोक्सिङ्गकोटले गएको साउन यता करिब ४३ लाख रुपिया बराबरको खसी तथा बोका बिक्री गरेको छ ।

सहकारी संस्थामा आबद्घ ३६ वटा समूहका सदस्यहरुले सहकारी मार्फत साउन यता ९ महिनामा ५५० वटा खसी तथा बोका बिक्री वितरण गरेका हुन् ।

बिक्री वितरणबाट सहकारीलाई करिब ६३ हजार रुपिाया समेत आम्दानी भएको छ । २०७२ सालमा स्थापित उपहार सामाजिक उद्यमी महिला सहकारी संस्थाले समूहका सदस्यहरुलाई बाख्रा पालनमा प्राथमिकता दिई खसी पाल्न पे्ररित गरिरहेको छ ।

हेफरईन्टर नेशनल नेपाल, स्काई समाज नेपाल तथा तत्कालिन फोक्सिङ्गकोट गाविस बिच भएको त्रिपक्षीय समझदारी अनुसार फोक्सिङ्गकोटमा साना किसान सबलीकरण परियोजना संचालन भएको थियो ।

परियोजनाको अन्त्यमा उपहार सामाजिक उद्यमी महिला सहकारी स्थापना गरिएको हो । फोक्सिङ्गकोटका विभिन्न समूहमा आबद्घ ६०० जना शेयर सदस्य रहेको सहकारी संस्था कृषक महिलाहरुको लागि आय आर्जन गर्ने माध्यम बनेको छ ।

मासिक रुपमा बचत गर्ने, परेको बेला ऋण लिने, आम्दानीका श्रोत बढाउने, मितव्ययी बन्ने र अनावश्यक खर्च कम गर्न सहकारीले सबै बचतकर्तालाई पे्ररित गरिरहेको सहकारीका व्यवस्थापक कृष्णमाया पाडेमगरले बताइन् ।

धेरै महिलाका श्रीमान विदेश रहेकोले अब चाँडै विदेशबाट पठाएको पैसा झिक्न मिल्ने रेमिट सेवा संचालन गर्ने योजना रहेको पाडेमगरले बताइन् । कृषक महिला दिदीबहिनीहरुले अनिवार्य बचत, ऐच्छिक बचत, बाल बचत, नारी बचतका साथै अन्य विभिन्न शीर्षकमा बचत गर्ने गर्दछन् । महिलाहरुको अगुवाईमा सहकारी संचालन तथा व्यवस्थापन गर्न महिलाहरु नै लागि परेका छन् । सहकारीको हाल सम्मको कुल पूंजी १ करोड २९ लाख रुपिया रहेको छ ।

सहकारी स्थापना गर्न तथा महिलाहरुलाई सचेतनामूलक तालिम संचालन गर्न हेफरईन्टर नेशनल नेपालको मूख्य भूमिका रहेको छ । गाउँघरका सोझा महिलाहरुलाई आवश्यक तालिम र सीप प्रदान गर्ने हो भने महिलाले आय आर्जनमा ठूलो टेवा पु¥याउन सक्छन् भन्ने मान्यतालाई आधार मानेर फोक्सिङ्गकोटमा कार्यक्रम लागू गरिएको हेफर ईन्टरनेशनल नेपालका कार्यक्रम प्रबन्धक अनन्त सिलवालले बताए ।

व्यवसाय उन्मुख बाख्रा पालनसंगै अब यहाँका कृषक महिलाहरुलाई लोकल कुखुरा पालन, स्थानीय रुपमा उत्पादन हुने गेडागुडी तथा फलफुल उत्पादनमा प्राथमिकता दिई कार्यक्रम संचालन गरिए महिलाहरुको आय आर्जनमा थप टेवा पुग्ने सिलवालले बताए । खसी संकलन गर्न रानीबास, झोकेदी, भञ्ज्याङ्गथोक, सुरुमडाँडा, बेलौजा र झोकेदीमा संकलन केन्द्र स्थापना गरिएको छ ।

वडा कार्यालय र अन्य सहयोगी संस्थाको सहयोगमा सहकारी भवन तथा संकलन केन्द्र स्थापना गरिएको छ । स्थानीय विष्णुकुमार सिंजापतीले निशुल्क रुपमा सहकारी भवन निर्माणको लागि जग्गा प्रदान गरेपछि भवन निर्माण गरिएको हो । समूहको मासिक बैठकमा सहकारीका कर्मचारी टोलबस्ती पुगेर सहजीकरण गर्ने गर्दछन् ।

उत्पादित खसी बिक्री गर्न तानसेन बजारका व्यापारीसंग सम्झौता अनुसारको दरभाउमा खसीबोका बिक्री निकासी गरिएको छ । जिउँदो खसी तौलेर बिक्री गर्दा बेच्ने र किन्ने दुवैलाई ढुक्क हुनेहुँदा जिउँदो खसी बेच्ने गरिएको सहकारीका अध्यक्ष गंगीसरा सिंजालीले बताइन् । बाख्रा पालन र खसी उत्पादनलाई केन्द्रित गरेर वडा कार्यालयले बाख्रा पालन, खोर सुधार, रोग विरुद्घको भ्याक्सीन, जुकाको औषधी वितरण, खनिज ढिक्का बनाउने कार्यक्रम तथा तालिमहरु किसानहरुको लागि संचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सुकुमवासी बस्तीको जबरजस्ती विस्थापन अन्तिम विकल्प होइन : एमाले

    नेकपा एमालेले सुकुमवासी बस्ती हटाउने सरकारको तयारीप्रति आपत्ति जनाउँदै मौलिक अधिकार,...

सुकुमवासी बस्तीमा सरकारविरुद्ध प्रदर्शन

    सरकारले सुकुमवासी बस्ती खाली गराउने निर्णयको विरोधमा थापाथलीमा प्रदर्शन भइरहेको छ...

इजरायल र लेबनानबीच तीन साताको लागि युद्धविराम

     अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र लेबनानबीचको युद्धविराम तीन साताका लागि...

काठमाडौं उपत्यकाका सुकुमबासी बस्ती खाली गर्ने सरकारको तयारी

    सरकारले काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुमबासी बस्ती खाली गर्ने तयारी...