आफ्नै दाईकी छोरी करणी गर्ने काका पक्राउ



हाम्रो इकोनोमि

 

पछिल्लो समय नेपालमा ह*त्या हिं*सा लगायतका अप*राधिक क्रियाकलापहरु भइरहेका छन् । यो बीचमा सोलुखुम्बुको लुक्लामा १४ वर्षीया भतिजीलाई बर्षौदेखि पटक–पटक ब*लात्कार गरेको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । ६ कक्षामा पढ्दै गरेकी ती बालिका ८ महिनाको गर्भवती रहेको अस्पतालले जनाएको छ ।

खुम्बु पासाङल्हामु गाउँपालिका–२, लुक्लामा बस्दै आएका बालिकालाई आफ्नै काकाले पटक–पटक बला*त्कार गरी गर्भवती बनाएको थाहा भएपछि प्रहरीले २२ वर्षीय काकालाई नियन्त्रणमा लिएको छ । युवकले आफ्नै दाजुको छोरीमाथि क*रणी गरेका हुन् । पीडित बालिकाको पेट बढ्दै गएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए ।

घटनाबारे जानकारी पाएलगत्तै पीडित बालिकाको मौखिक बयानका आधारमा प्रहरीले अभियुक्तलाई नियन्त्रणमा लिएको थियो । प्रहरीका अनुसार अभियुक्तले अ*पराध स्वीकार गरेका छन् । पीडित बालिकाको स्वास्थ्य परीक्षण गर्ने क्रममा चिकित्सकले उनको पेटमा ८ महिनाको शिशु हुर्किरहेको जनाएका छन् । थप अनुसन्धान र कारबाहीका लागि अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय पठाइएको प्रहरी चौकी लुक्लाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...