आफ्नै दाईकी छोरी करणी गर्ने काका पक्राउ



हाम्रो इकोनोमि

 

पछिल्लो समय नेपालमा ह*त्या हिं*सा लगायतका अप*राधिक क्रियाकलापहरु भइरहेका छन् । यो बीचमा सोलुखुम्बुको लुक्लामा १४ वर्षीया भतिजीलाई बर्षौदेखि पटक–पटक ब*लात्कार गरेको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । ६ कक्षामा पढ्दै गरेकी ती बालिका ८ महिनाको गर्भवती रहेको अस्पतालले जनाएको छ ।

खुम्बु पासाङल्हामु गाउँपालिका–२, लुक्लामा बस्दै आएका बालिकालाई आफ्नै काकाले पटक–पटक बला*त्कार गरी गर्भवती बनाएको थाहा भएपछि प्रहरीले २२ वर्षीय काकालाई नियन्त्रणमा लिएको छ । युवकले आफ्नै दाजुको छोरीमाथि क*रणी गरेका हुन् । पीडित बालिकाको पेट बढ्दै गएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए ।

घटनाबारे जानकारी पाएलगत्तै पीडित बालिकाको मौखिक बयानका आधारमा प्रहरीले अभियुक्तलाई नियन्त्रणमा लिएको थियो । प्रहरीका अनुसार अभियुक्तले अ*पराध स्वीकार गरेका छन् । पीडित बालिकाको स्वास्थ्य परीक्षण गर्ने क्रममा चिकित्सकले उनको पेटमा ८ महिनाको शिशु हुर्किरहेको जनाएका छन् । थप अनुसन्धान र कारबाहीका लागि अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय पठाइएको प्रहरी चौकी लुक्लाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...