साम्राज्ञीपछि मिस नेपाल श्रृङ्खला खतिवडाका टर्कीबाट आए यस्ता तस्वीर, बने दुनियाँ चकित



हाम्रो इकोनोमि

 

श्रृङ्खला खतिवडा पछिल्लो समय खुबै चर्चाको नाम हो । उनी आफ्नो र परिवारका कारणले समयसमयमा चर्चामा रहने गर्छिन । अहिले खतिवडाको चर्चाको कारण भने केही फरक छ । इन्डोनेसिया पुगेर साम्राज्ञीले प्रेमीसँग खिचाएका हट फोटाको चर्चा सेलाउन नपाउँदै पूर्व मिस नेपाल शृङ्खला खतिवडाको पनि जोडी सामाजिक सञ्जालमा छाउन थालेको हो ।

सन् २०१८ की मिस नेपाल बनेकी शृङ्खला खतिवडाले टर्कीको इस्तानबुलमा घुमफिर गरिरहेको तस्बिर इन्स्टाग्रामबाट सार्वजनिक गरेपछि सामाजिक सञ्जालमा अनेक चर्चा सुरु भएको छ । टर्कीमा उनले भ्लगर शिसन बाँनियासँग खिचेको एक तस्बिरले नै उनीहरु प्रेममा रहेको चर्चा सुरु हुन थालेको हो । तर, यो विषयमा दुवैले मुख भने खोलेका छैनन् ।

शिसनको काँधमा श्रृङ्खलाले टाउको राखेर फोटो खिचाएसँगै उनीहरूको प्रेमसम्बन्ध रहेको विषय चर्चामा आएको हो । शिसनले शृङ्खलाका लागि मिस नेपालको प्रतिस्पर्धामा बनाएको भिडियोका कारण उनी चर्चामा थिए । श्रृङ्खलाले पनि शिसनको नाम आफ्नो सफलतामा लिएकी थिइन । शृङ्खला खतिवडा नेकपाबाट प्रतिनिधि सभा सदस्य विरोध खतिवडा र नेकपा मकवानपुर अध्यक्ष मुनु सिग्देलकी छोरी हुन ।

 

प्रतिक्रिया दिनुहोस
संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...