आमाकैं संलग्नतामा १५ दिनसम्म छाेरी बलात्कृत



हाम्रो इकोनोमि

 

धनुषाकी एउटी महिलाले आफ्नै छोरीमाथि बलात्कार गर्न स्थानीय एक पुरुषलाई साथ दिएको खुलसा भएको छ ।

भंगह नगरपालिकाकी एक आमाले आफैंले जन्म दिएकी १२ वर्षीया छोरी बलात्कार गर्न स्थानीय ४० वर्षीया सीताराम महतोलाई साथ दिएको घटना बाहिरिएको हो ।

रोजगारीको प्रलोभन देखाई आफ्नै आमाले जनकपुर लागे भनी भारतको दिल्ली पुर्याएर आफूले समेत अनैतिक सम्बन्ध राख्दै आएका सीतारामसँग यौन सम्पर्क गर्न लगाएको पीडित बालिकाले बताएकी छन् ।

दलित समूदायकी ती बालिकालाई आमाकै मिलेमतोमा सीतारामले दिल्ली पु¥याएर १५ दिन बलात्कार गरेको पीडित बालिकाको भनाई छ ।

दिल्लीमा आमाकै अगाडि दिनदिनै बलात्कार गथ्र्यो,’पीडित बालिकाले भनिन्, ‘आमा केही भन्दिनथिन् । उल्टै मलाई नै गाली गर्थिन ।

प्रतिकार गर्न खोज्दा ज्यान मार्ने, काटिदिनेलगायतका अनेककाले धम्की दिने गरेको खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...