काठमाडौँको बीच सडक मै युवती माथि गोरु चढे पछि भयो यस्तो…..भिडियो



 

एक अनौठो घटना राजधानीमै छाडा चौपायाका कारण घटेको छ। हुदा हुदा जनायर र मानिस पनि छुट्याउन सकेन् गोरुले काठमाडौँको बेस्तसडक चाबेलमा छाडा चौपायले युवतिमाथि चढेपछि अहिले त्यो क्लिक टोल बन्दै भाइरल भैरहेको छ। सडकमा छोडेका छाडा चौपायाका कारण दुघटना त सामान्य जस्तै लाग्न थालिसकेको छ , तर यो घटना नयाँ देखिएको छ।

आज दिनभरीमा यति काम सक्छु भनेर योजना बनाएर सफाचट भएर आफ्नो सावारी साधन ‘स्टार्ट’ गर्यो। साँघुरो सडकमा अटाई नअटाई सवारी साधन । धुलो, धुँवा, सडकभरी लत्रेका तार ।

सवारीका अनावश्यक टाटा र टुटु गर्ने हर्न । त्यसमाथि छ्याप्ल्याङ छुप्लुङ गर्दै हिँड्दा पैदल यात्रुलाई छिटा परेको निहुँमा पर्ने झगडा । उताबाट जान खोज्यो ट्राफिक ले सिठ्ठी बजाएर ‘रोक’ भन्ने संकेत दिन्छ । यताबाट जान खोज्यो छाडा छोडिएका पशु चौपायाले बाटो छेकेर हैरान ! पछिल्लो समय सार्वजनिक सडकमा छाडा चौपाया निकै बाक्लो रुपमा देखिन्छ ।

उपत्यकाका अधिकांश सडकमा छाडा रुपमा छोडिएका गाईवस्तुले सार्वजनिक सडकलाई गोठ बनाएका छन् ।एकचोटी थोरै बल लगाएर उफ्रिँदा वारपार गर्न मिल्ने साँघुरा सडकले बढ्दो सवारी चाप थेग्न सकेको छैन । र त १५ मिनेटमा पुिगने गन्तव्यको लागि पूरा ६० मिनेट खर्चिनुपर्छ । छाडा पशु चौपायका कारण सडकमा दिनहुँ दुर्घटना पनि बढिरहेको छ । साँघुरा सडकमा हतारमा दगुर्ने सवारी साधनले छाडा चौपाय जोगाउन ‘झ्याप्प ब्रेक’ लगाउँछन् । यसकारण पनि सवारीसाधन भित्र रहेका यात्रुहरु पनि घाईते हुने गरेका उदाहरणहरु धेरै छन् ।

६० प्रतिशत दुर्घटनाको कारण छाडा चौपाया

काठमाडौँ उपत्यका र छेउछाउका स्थानहरुमा गाईपालक संख्या बढेसँगै थारा गाई तथा साँढे र बाच्छाबाच्छीलाई सडकमा छाडा छोड्ने क्रम बढ्दो छ । खासगरी दुध दिँदासम्म पाल्ने त्यसपछि सडकमा छोडिदिने परिपाटिका कारण पनि सार्वजनिक सडकमा पशु चौपाया दिनानुदिन बढिरहेका हुन् । छाडा चौपायकै कारण ६० प्रतिशत सडक दुर्घटना हुने गरेको तथ्याङ्क छ ।

करिब दुई हजारभन्दा अधिक बेवारिसे र अलपत्र अवस्थामा गाई साँढे तथा साना बहर सडकमा रहेका छन् । खाने र बस्ने अभावमा रहेका रोगी, घाइते, भोका तथा पानी खान समेत नपाएका दिनहुँ दुर्घटनामा पर्ने गरेका छाडा चौपायलाई पाल्ने व्यवस्था मिलाउन राजधानीमा पर्याप्त गौशाला छैन । छाडा पशु चौपायको कारण पैदल हिँडडुल गर्नेलाई समेत समस्या भएको छ ।

कालीमाटी तरकारी बजार आसपास र बल्खु तरकारी बजार आसपास यस्ता चौपायहरु खाने कुराको खोजीमा भौतारिरहेका देखिन्छन् । टेकुका व्यापारी विमल गौतमका अनुसार छाडा पशु चौपायले पसल वरपर फोहोर गर्ने, बिक्रीका लागि राखेका सागसब्जी खाईदिने तथा पसलका सिसा फुटाईदिने गरेका छन् । त्यसो त छाडा चौपाया लाई ‘कान्जीहाउस’ खोलेर थुन्ने देखि नियन्त्रण गर्ने काम भनेको महानगरपालिकाको हो तर छाडा पशु चौपायाको कारण सवारी आवगमन रोकिदा समेत सरकारी निकाय रमिता हेरेर बस्ने गरेको छ ।

एकातर्फ छाडा पशु चौपायाको कारण सडक असुरक्षित बन्दै गईरहेको छ । अर्कोतर्फ स्थानीय, व्यापारी, पैदलयात्रुले निकै सास्ती खेप्नुपरेको छ । यो सँगै महानगर ‘कुरुप’ बन्दै गईरहेको छ । ‘हुन्छ’ ‘गर्छौ’, ‘अब तत्काल हुन्छ’ भनेका काम नगर्ने सरकारबाट नागरिकले त्यति धेरै अपेक्षा पनि राखेका छैनन् । तर सडक भनेको साझा सम्पत्ति हो । यसको प्रयोग सबैले गर्न पाउनुपर्छ । सँगै सार्वजनिक सडकमा सुरक्षित तवरले यात्रा गर्न पाउनु आम नागरिकको अधिकार पनि हो ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस
‘छक्कापञ्जा ५’ लाई पछ्याउँदै ‘१२ गाउँ’, ५ दिनमा कति कमाए ?

    दसैंमा रिलिज भएका चलचित्रहरुमध्ये सबैभन्दा बढी शो छक्कापञ्जा ५ ले पाएको

टिकटक फुकुवा गर्ने सरकारको तयारी

    लोकप्रियत सामाजिक सञ्जाल एप टिकटकमाथि १० महिनाअगाडि लागेको प्रतिबन्ध फुकुवा गर्ने

बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

  वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् । उनलाई हेलिकप्टरमार्फत् काठमाडौं

५ करोडको घर दिएर राजेशपायलले पत्नीसँग गरे डिभोर्स

    आफ्नो वैवाहिक जीवन सधैँ गोप्य राखिरहेका  राजेशपायल राईले श्रीमती साङबुङ राईसँग