इन्जिनियर बन्न अस्ट्रेलिया गएका स्वदेश सेढाईको सपना अधुरो ..रातो बाकसमा फर्किदै !



हाम्रो इकोनोमि

 

गत जुलाई १२ तारिखका दिन मृत अवस्थामा फेला परेका नेपाली विद्यार्थी स्वदेश सेढाईको शव जुलाई २३ तारिख सोमबार साँझ मलेसियन एयरलायन्सको विमानमार्फत् काठमाडौँ पठाउने तयारी पूरा भएको छ ।सेढाईको शव नेपाल पठाउन अग्रणी भूमिका खेलिरहेको संस्था झापाली समाज अस्ट्रेलियाका अध्यक्ष दीपक चुडालले सो जानकारी दिए ।

उनले भने, “उनको शव नेपाल पठाउनका लागि हामीले अर्थ संकलन अभियान अघि बढाएका थियौं । यस अभियानमा छोटो समयमैँ हामीलाई आवश्यक रहेकोभन्दा बढी पैसा संकलन गर्न सफल भयौं ।

यस अभियानअन्तर्गत जम्मा ११ हजार ७ सय ९३ अस्ट्रेलियन डलर संकलन भएको छ । यस कार्यका लागि सहयोग गर्ने सम्पूर्ण मनकारी मनहरूलाई संस्थाका तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छौं ।”उनले अगाडि भने, “उनको शव यहाँबाट पठाएलगत्तै ५० प्रतिशत रकम उनको परिवारलाई पठाइनेछ भने बाँकी रहेको रकमलाई उनको परिवारको चाहनाबमोजिम परोपकारी ट्रष्ट स्थापना गर्नका लागि प्रयोग गरिनेछ ।

”एक नेपाली परिवारसँग अपार्टमेन्ट शेयर गरेर बस्दै आएका २१ वर्षीय सेढाई आफ्नै कोठाको लुगा राख्ने वाडरोबभित्र मृत अवस्थामा फेला परेका थिए ।उनी सिड्नीको गिलफोर्डमा बस्दै आइरहेका थिए भने सिड्नीस्थित युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नीमा ब्याचलर अफ कम्युटर इन्जिनियरिङ अध्ययन गरिरहेका थिए ।

पो*ष्टमार्टमपश्चात् उनले आ*त्महत्या गरेको पुष्टि भएको थियो ।गलत परामर्श, काम र पढाइलाई व्यवस्थापन गर्न नसक्नु, सांस्कृतिक अन्तरलाई व्यवस्थापन गर्न नसक्नु, गलत संगत वा आचरणमा पर्नु तथा नेपाली दूतावास तथा सामाजिक संघसंस्थाले नेपाली विद्यार्थीको मानसिक स्वास्थ्य तथा सामाजिक सचेतनाका प्रभावकारी कार्यक्रमहरू ल्याउन नसक्नुलाई विद्यार्थीहरूले यस्ता गलत बाटो रोज्नुको पछाडिको कारक मानिन्छ ।

यदि कोही कसैमा मानसिक विचलन तथा मनमा आत्महत्या सम्बन्धी सोच आएको खण्डमा अस्ट्रेलियाभर २४ सै घण्टा टोल फ्रि नम्बर १३ ११ १४ मा कल गरेर सहयोग लिन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस
एमालेमा उपाध्यक्षलाई विभाग र सचिवलाई प्रदेश इन्चार्जको जिम्मेवारी तोक्ने तयारी

    नेकपा एमालेको भोलि बस्ने सचिवालय बैठकले नेताहरुको कार्यविभाजन प्रस्ताव पारित गर्ने...

प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो : एमाले

  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहले संसद्लाई छल्ने, अपमान गर्ने...

हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा

  श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सदनमा आज पनि प्रधानमन्त्री बालेन शाहको...

प्रधानमन्त्री, मन्त्रीहरू सदनबाट भागे : हर्क साम्पाङ

    श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद्प्रति सरकार जवाफदेही नभएको भन्दै...