हुवासिङ सिमेन्ट खारेज हुने, नेपाली बैकको डुब्ने भयो १६ अर्ब



हाम्रो इकोनोमि

 

हुवासिङ सिमेन्ट खारेज हुने भएपछि नेपाली बैकको १६ अर्ब डुब्ने भएको छ । ठुला २ वटा बैकले लगानी गरेको रकम पनि नउठने पक्का भएको हो ।  सार्वजनिक लेखा समितिको उपसमितिले चिनियाँ लगानीको हुवासिङ सिमेन्टका लागि जग्गा भाडामा दिनका लागि भएको सम्झौता रद्द गर्न सिफारिस गरेको छ । नेकपा सांसद लेखराज भट्टको संयोजकत्वमा गठित उपसमितिले आइतबार लेखा समितिमा बुझाएको प्रतिवेदनमा उक्त उद्योगका लागि धादिङमा ५० वर्षका लागि लिएको जग्गा भाडा सम्झौता रद्द गर्न र त्यसमा संलग्न अधिकारीलाई कारबाही गर्न सिफारिस गरेको हो ।

 

लगानी बोर्ड ऐन २०६८ को दफा १० को उपदफा ९ तथा लगानी बोर्ड नियमावलीको नियम १९ को उपनियम ४ बमोजिम सिमेन्ट उद्योगमा लगानी गर्न अनुमति प्राप्त गर्दा र उद्योग विभागबाट उद्योग दर्ता प्रमाणपत्र प्राप्त गर्दा राखिएका सर्तहरु पालना नगरेको पाइएकाले रद्द गर्न सिफारिस गरेको उपसमितिले उल्लेख गरेको छ ।

 

कम्पनीले प्रारम्भिक वातावरणीय परीक्षणसमेत नगरेको उपसमितिको ठहर छ । उपसमितिले उक्त उद्योगको विषयमा लेखा समितिमा १५ बुँदे सिफारिस गरेको छ । आइतबार समितिको बैठकमा उक्त सिफारिसकै विषयमा छलफल भएको छ । केही दिनअघि आएको वर्षापछिको बाढीले हुवासिङ सिमेन्ट उद्योगले भाडामा लिएको जग्गा डुवानमा परेको थियो ।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...