हुवासिङ सिमेन्ट खारेज हुने, नेपाली बैकको डुब्ने भयो १६ अर्ब



हाम्रो इकोनोमि

 

हुवासिङ सिमेन्ट खारेज हुने भएपछि नेपाली बैकको १६ अर्ब डुब्ने भएको छ । ठुला २ वटा बैकले लगानी गरेको रकम पनि नउठने पक्का भएको हो ।  सार्वजनिक लेखा समितिको उपसमितिले चिनियाँ लगानीको हुवासिङ सिमेन्टका लागि जग्गा भाडामा दिनका लागि भएको सम्झौता रद्द गर्न सिफारिस गरेको छ । नेकपा सांसद लेखराज भट्टको संयोजकत्वमा गठित उपसमितिले आइतबार लेखा समितिमा बुझाएको प्रतिवेदनमा उक्त उद्योगका लागि धादिङमा ५० वर्षका लागि लिएको जग्गा भाडा सम्झौता रद्द गर्न र त्यसमा संलग्न अधिकारीलाई कारबाही गर्न सिफारिस गरेको हो ।

 

लगानी बोर्ड ऐन २०६८ को दफा १० को उपदफा ९ तथा लगानी बोर्ड नियमावलीको नियम १९ को उपनियम ४ बमोजिम सिमेन्ट उद्योगमा लगानी गर्न अनुमति प्राप्त गर्दा र उद्योग विभागबाट उद्योग दर्ता प्रमाणपत्र प्राप्त गर्दा राखिएका सर्तहरु पालना नगरेको पाइएकाले रद्द गर्न सिफारिस गरेको उपसमितिले उल्लेख गरेको छ ।

 

कम्पनीले प्रारम्भिक वातावरणीय परीक्षणसमेत नगरेको उपसमितिको ठहर छ । उपसमितिले उक्त उद्योगको विषयमा लेखा समितिमा १५ बुँदे सिफारिस गरेको छ । आइतबार समितिको बैठकमा उक्त सिफारिसकै विषयमा छलफल भएको छ । केही दिनअघि आएको वर्षापछिको बाढीले हुवासिङ सिमेन्ट उद्योगले भाडामा लिएको जग्गा डुवानमा परेको थियो ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटघाट

   प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । भण्डारी...

पोखरा विमानस्थल भ्रष्टाचारमा पाँच पूर्वमन्त्रीलाई मुद्दा

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारसम्बन्धी मुद्दा...

महाधिवेशनको उद्घाटनमा सहभागी हुन पार्टीका सदस्यको घरघरमा पत्र

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) को यही मङ्सिर २७ गतेदेखि सुरू हुने...

प्रतिनिधिसभाको उम्मेदवारका लागि रास्वपाले २५ हजार लिने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा...