नेपाल भ्रमणमा आएका पाकिस्तानी पुर्व प्रधानमन्त्री पक्राउ ! लाग्यो यस्तो गम्भीर आरोप ?



हाम्रो इकोनोमि

 

 

इमरान खान सरकारमा आएपछि पाकिस्तान भ्रष्ट्राचार र आतंकवादविरुद्ध कडा रुपमा प्रस्तुत हुँदै आएको छ । अहिले पनि भ्रष्ट्राचार गरेको आरोपमा पूर्व प्रधानमन्त्री नवाज शरीफ जेलमा बन्द छन् । यस्तै अहिले अर्का पुर्व प्रधानमन्त्री शाहिद खकान अब्बासीलाई नेशनल एकाउन्टिबिलिटी ब्यूरो (एनएबी) द्धारा गिरफ्तार गरिएको छ । अब्बासीलाई लिक्विफाइड नेचुरल ग्यास (एलएनजी) आयातमा अनुबन्धन दिँदा अर्बौ रुपैयाँ हिनामिना गरेको आरोप लगाइएको छ ।

पाकिस्तानी सञ्चारमाध्यमहरुले दिएको जानकारी अनुसार उनलाई पत्रकार सम्मेलन गर्न गैरहेको अवस्थामा गिरफ्तार गरिएको हो । अब्बासीसँगै पाकिस्तान मुस्लिम लिग (पीएमएम–नवाज) का नेता अहसान इकबाल पनि थिए । सुरुमा अब्बासीले गिरफ्तारीको विरोध गरे पनि अन्ततः उनले एनएबीसमक्ष आत्मसमर्पण गरेका थिए । गिरफ्तारीमा परेका अब्बासीलाई शुक्रबार एकाउन्टिबिलिटी अदालतमा पेस गराइनेछ ।

एनएबीले एलएनजीको विषयमा उनलाई पत्राचार गरे पनि उनी हाजिर हुन इन्कार गर्न थालेपछि बाध्य भएर पक्राउ गरिएको हो । त्यस्तै पाकिस्तानी पूर्व राष्ट्रपति आसिफ अली जरदारी र पूर्व प्रधानमन्त्री नवाज शरीफ पनि भ्रष्टाचारको मुद्दामा जेलमा छन् । अब्बासी सन् २०१८ मार्च महिनामा दुई दिनको औपचारिक भ्रमणमा नेपाल आएका थिए ।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...