नर्सलाई सबैभन्दा बढी तलब दिने १० देशहरु कुन कुन हुन् हर्नुहोस् ।



हाम्रो इकोनोमि

 

 

स्वास्थ्य क्षेत्रका अन्य पेशाहरु जस्तै नर्सिङ पेशालाई निकै सम्मानित पेशा मानिन्छ । नेपालमा नर्सहरुको कमाइ राम्रो मानिदैंन् । तर, विश्वका धेरै देशहरुले नर्सहरुको कामको मुल्यांकन गर्दै निकै आकर्षक तलब दिइरहेको हुन्छन् । केही देशहरुमा अन्य सबै पे

  • लक्जमवर्ग : विश्वमा कामदारको निकै राम्रो पारिश्रमिक हुने देशहरुमध्ये पहिलो नम्बरमा लक्जमवर्ग रहेको छ । यो देशमा अन्य पेशासँगै नर्सहरुको वार्षिक औसत कमाइ पनि निकै आकर्षक रहेको छ । उनीहरुको तलब वार्षिक १ लाख ५ हजार ७ सय ४९ अमेरिकी डलर रहेको छ । जुनियर नर्सहरुले समेत सुरुवातमा नै वार्षिक औषत ६० हजार डलर कमाउँछन् ।
  • आइसल्याण्ड : नर्सको राम्रो कमाइ हुने देशहरुमध्ये आइसल्याण्ड दोस्रो स्थानमा रहेको छ । यहाँको सरकारले स्वास्थ्य क्षेत्रको विकासमा लागि निकै जोड दिएको छ । यहाँ नर्सहरुले वार्षिक औसत ८७ हजार ६ सय ३५ अमेरिकी डलर कमाउँछन् ।
  • अमेरिका : विश्वका उत्कृष्ट व्यक्तिहरुलाई आकर्षित गरिरहेको अमेरिकाले डाक्टर र नर्सहरुलाई निकै राम्रो सेवा सुविधा र पारिश्रमिक दिइरहेको छ । अमेरिकामा नर्सले वार्षिक ७४ हजार २ सय ५० अमेरिकी डलर कमाउँछन् ।
  • अष्ट्रेलिया : नर्सहरुका लागि अर्को आकर्षक गन्तव्य अष्ट्रेलिया पनि हो । अष्ट्रेलियामा नर्सहरुको वार्षिक औसत ७२ हजार २ सय ७१ अमेरिकी डलर पारिश्रमिक पाउँछन् ।
  • नर्वे : गुणस्तरीय सेवा दिन सफल नर्वेमा प्रायः सबै कामदारले आकर्षक पारिश्रमिक पाउँछन् । यहाँ नर्सको औसत वार्षिक तलब ६६ हजार ६ सय ४७ अमेरिकी डलर रहेको छ । उनीहरुले विशेष सीपका आधारमा यो भन्दा धेरै पनि कमाउन गर्छन् ।
  • इजरायल : इजरायलमा कामदारको पारिश्रमिक त्यति राम्रो नमानिए पनि स्वास्थ्य क्षेत्रमा कार्यरत व्यक्तिलाई भने यहाँ निकै आकर्षक पारिश्रमिक प्रदान गरिन्छ । यहाँ नर्सहरुले वार्षिक औसत कमाइ ६३ हजार ५ सय ४१ अमेरिकी डलर रहेको छ ।
  • नेदरल्याण्ड्स : युरोपेली देशहरुमध्ये नेदरल्याण्ड्स एक हो । जहाँ स्वास्थ्यकर्मीले निकै आकर्षक पारिश्रमिक पाउँछन् । यहाँ नर्सहरुले वार्षिक औसत ६० हजार २ सय ५३ अमेरिकी डलर कमाउँछन् । यहाँ अस्पताल अनुसार नर्सहरुलाई अंग्रेजी, डच र स्थानीय भाषाको ज्ञान हुनु थप राम्रो मानिन्छ ।
  • स्वीटरजरल्याण्ड : दर्तावाला नर्सहरुको यहाँ वार्षिक पारिश्रमिक औषत ५८ हजार ४१ अमेरिकी डलर पाउँछन् । नर्सहरुमा पेशागत सीपसँगै अस्पताल अनुसार जर्मन, फ्रेन्च वा इटालियन भाषाको समेत ज्ञान हुन आवश्यक छ ।
  • रिपब्लिक अफ आयरल्याण्ड : आयरल्याण्डमा सरकारी स्रोतमा सञ्चालित अस्पतालमा कार्यरत नर्सहरुको वार्षिक पारिश्रमिक औसत ५७ हजार ६ सय ६३ अमेरिकी डलर रहेको छ । केहि प्राइभेट सेक्टरमा योभन्दा बढी समेत रहेको छ ।
  • न्युजिल्याण्ड : नर्स र डाक्टरहरुका लागि न्युजिल्याण्ड पनि निकै राम्रो गन्तव्य मानिन्छ । यहाँ नर्सले वार्षिक औसत ५६ हजार ३ सय १८ अमेरिकी डलर कमाउँछन् ।

शाभन्दा नर्सहरुलाई निकै बढी सुविधा र तलब दिने गरेको पनि पाइन्छ ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...