ओली सरकारको अर्को सफलता : आजै साँझदेखि पाईपलाईनबाट तेल आउँन थाल्यो



हाम्रो इकोनोमि

 

 

नेपालमा पाईपलाईनबाट पेट्रोलियम पदार्थ आउँन सुरु भएको छ । नेपाल भारत क्रस बोर्डर पेट्रोलियम पाईपलाईन तयार भएपछि डिजेल आउँने सुरु भएको हो । भारतीय आयल कर्पोरेसन (आइओसी) को मातिहारी डिपोबाट दिउँसो २ बजेबाट छाडिएपछि डिजेल आज साँझ ६ बजेदेखि नै नेपाल आयल निगमको बारास्थित अमलेखगन्ज डिपोमा आईपुगेको निगमको अमलेखगन्जस्थित डिपो प्रमुख प्रदीप यादवले बताए । नेकपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार आएपछि यो काम तिब्र गतिमा अघि बढेको हो ।

पाईपलाईनको सबै परीक्षण सकिएपछि डिजेल पठाएको बताए । आइओसीको अनुदानको सहयोगमा बनेको पाईपलाईनबाट आउँने डिजेल तत्काल अमलेखगन्ज डिपोमा भने खन्याईने छैन ।

डिजेल पाईपमै राखिनेछ । उनले उद्घाटनको दिनमात्र भल्ब खोलेर डिजेल पाईपबाट भण्डारगृहमा पठाईने उनको भनाई छ । अगस्ट १५ भित्र उद्घाटन गर्ने तयारी पनि रहेको छ। पाईपलाईनबाट आएको तेल भण्डारन गर्नका लागि अमलेखगन्जको डिपोमा ४ वटा ट्यांकी समेत बनिसकेका छन् । उनका अनुसार २ वटा ट्यांकी ३९ किलोलिटर र २ वटा ट्यांकी ४१ किलोलिटर क्षमताका छन् ।

उनले नेपालतर्फ ३६.२ किमि पाइपलाइन र भारततर्फ ३२.८ किलोमिटर पाइपलाइन बिछ्याइएको छ । पाइप बिछ्याउने काम सकिएपछि पानी हालेर ‘हाइड्रोलिक टेस्ट’ सुरु गरिएको थियो । उक्त परीक्षण सफल भएपछि तेल ल्याउँन थालिएको हो । पाईपलाईनबाट तेल आउँने भएपछि नेपालको बार्षिक २ बर्ष जोगिनेछ । यसले गर्दा सिमामा बिवादका कारण ट्यांकर रोकिने ,ट्राफिक जाम र पेट्रोलियम पदार्थको चुहावट जस्ता समस्या समाधान हुनेछ ।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...