सरकारी गाडी लिएर फिल्म हेर्न जादा यस्तो सम्म भयो



हाम्रो इकोनोमि

 

 

बुधबार साँझ सवा ६ बजे सरकारी नम्बरप्लेटको एउटा स्करपियो गाडी कुमारी सिनेमा घरभित्र प्रवेश गर्यो ।

बा २ झ १३७१ नम्बरको सरकारी जिप कुमारी हलको पार्किङमा प्रवेश गरेलगत्तै त्यस जिपबाट करिब १० जना यात्रुहरु ओर्लिए । जीपबाट ८ जना युवती तथा महिला र २ जना पुरुष ओर्लिए । अनि सरासर उनीहरु फिल्म हलतर्फ प्रवेश गरे । तर उनीहरु सरकारी कर्मचारी जस्ता भने देखिएनन् ।

उनीहरु ओर्लिएलगत्तै यस गाडीका चालकले गाडी फर्काए र फर्किन लागे । त्यहीबेला हामीले सोध्यौँ ‘यो कसको गाडी हो ? जवाफमा चालकले ‘किन चाहियो’ भन्दै तर्किए ।  पछि मिडिया भएको थाहा पाएपछि उनले यो गाडी काशीराज दाहालको भएको बताए ।

चालकले गाडीमा सवार भएकाहरु दाहालकै परिवारका सदस्यहरु रहेको समेत जानकारी दिए ।  त्यसपछि उनी हतारिएर गाडी लिएर गए ।

प्रशासकीय अदालतका अध्यक्ष हुन् काशीराज दाहाल । सरकारी गाडीको दुरुपयोग भएकोबारे बिहीबार दाहालसँग प्रतिक्रिया लिँदा सुरुमा उनले त्यो गाडीबारे आफूलाई थाहा नभएको दाबी गरे ।  आफू चढ्ने गरेको गाडी ८०८५ नम्बरको भएको भन्दै उनले फोन काटे ।

त्यसको १० मिनेटमा फेरि दाहाल आफैले फोन गरेर बुधबार आफ्नो गाडी बिग्रिएकाले बा २ झ १३७१ नम्बरको गाडी प्रयोग गरेको स्वीकारे । आफू गौशालामा बस्ने गरेको र आफूलाई छाडेर फर्कँदा छोरा, छोरीहरु उक्त गाडीमै बसेर ज्ञानेश्वर गएको उनको भनाई छ ।

तर जीपमा १० जना व्यक्तिहरु थिए र उनीहरु कुमारी सिनेमा घरमा फिल्म हेर्न गएका थिए नि भन्ने प्रश्नमा उनले आफ्नो बचाउ गर्ने कोशिश गरे ।

प्रतिक्रिया दिनुहोस
एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...

५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

    निजी स्वास्थ्य क्षेत्रमा जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको...