दिउँसो सुत्ने बानी राम्रो कि नराम्रो ? होस् गर्नुहोला दिउसो सुत्दा यस्तो घातक समस्या हुन सक्छ …



 

अचेल मानिसहरुको व्यस्त जीवनशैलीले सुत्ने सम्मको फुर्सद हुँदैन । दामका पछि दौडिँदा सुत्ने काम बिर्सिन्छन् मान्छेहरु । यसले तत्काल समस्या नदेखिए पनि कालान्तरमा ठूलो समस्या निम्तिन्छ । चिकित्सकहरु समयमै र राति नै सुत्न सुझाउँछन् ।राति निद्रा नपरेपछि मानिसहरु फुर्सद मिल्यो कि के रात के दिन भन्दै सुतिहाल्छन् । तर दिउँसो सुत्ने बानी निकै नराम्रो हो । यसले स्वास्थ्यमा ठूलो समस्या निम्त्याउँछ । दिउँसो सुत्ने बानीले बिएमआई (बडी मास इन्डेक्स) ३७ भन्दा धेरै हुँदा लिभर क्यान्सरको खतरा २५ प्रतिशतभन्दा बढी हुन जान्छ । दिउँसोको समयमा एक घन्टाभन्दा बढी सुत्दा टाइप टु डायबिटिजको खतरा ८५ प्रतिशतभन्दा बढी हुन सक्छ ।

 

युनिभर्सिटी अफ टोक्योका अनुसन्धानकर्ताले हालसालै ३ लाख व्यक्तिमा गरेको अध्ययनले दिउँसो एक घन्टाभन्दा बढी सुत्दा धेरै नोक्सान हुने चेतावनी दिएको छ । त्यस्तै मुटुसम्बन्धी रोग, ब्रेन स्ट्रोक र डायबिटिजको खतरा बढ्छ । दिनभरि सुत्दा रातमा निद्रा लाग्दैन ।रातमा निद्रा पूरा नहुँदा भोक धेरै लाग्छ र यसले ब्लडसुगरको स्तर असामान्य गराइदिन्छ । डायबिटिज वा मोटोपनका कारण लिभर क्यान्सरको खतरा रहन्छ । डायबिटिज टाइप टु रोगीको अत्यधिक तौल लिभर क्यान्सरका कारण बन्न सक्छ ।

 

दिउँसो सुत्ने बानीले रक्तचाप नियन्त्रण :

कामको थकाईले दिउँसो निन्द्रा लाग्नु स्वभाविक ने हो। दिउँसोको १ देखि ३ बजेको बिचमा निन्द्रा लागेर सुत्ने बानी धेरैमा हुन्छ। यस्तो बानी हुनेहरुलाई कसैले बढि मेहनती भनेर प्रशंसा गर्छन् भने कसैले अल्छि भनेर हेला पनि गर्छन्। तर त्यो मानिस मेहनती वा अल्छि, जेजस्तो भएपनि स्वास्थ्यमा भने यो बानीले फाईदा गर्ने भेटिएको छ।

विश्वको कतिपय देशहरुमा दिउँसो निदाउने बानीलाई सामान्य मानिन्छ। कुनै देशहरुमा यो प्राचिन समयदेखि चलिआएको परम्पराको रुपमा पनि लिईन्छ। यस्तो चलनलाई ‘सिएस्ता’ भनिन्छ। यस शब्दको अर्थ दिउँसोको खाजा पछि थकान मेटाउनको लागि केहि समय निदाउनु हो। विशेषगरी उच्च तापमान अथवा मरभूमि भएको देशहरुमा यस्तो देखिन्छ। यी देशहरुमा दिउँसोको बेला, जब तापमान सबैभन्दा बढि हुन्छ, तब घामबाट बच्नको लागि मानिस छहारीमा सुत्ने गर्दछन्।

 

ग्रिसमा भएको एक नयाँ अनुसन्धानको अनुसार दिउँसो सुत्ने बानीले उच्च रक्तचाप भएको मानिसहरुलाई फाईदा देखिएको छ। हृदय रोग विशेषज्ञ ‘मानोलिस कालिस्ट्राटोस’ले गरेको यस अनुसन्धानमा करिब ३८६ मानिस( २ सय पुरुष र १८६ महिला)ले भाग लिएका थिए। यिनीहरुको उमेर औसत ६१ वर्षको थियो। यस अनुसन्धानबाट दिउँसो निदाउने बानी हुनेको रक्तचाप, ननिदाउने भन्दा तुलनात्मक रुपमा, नियन्त्रणमा रहेको देखिएको थियो। अझ छोटो भन्दा लामो समयसम्म निदाउनेहरुको रक्तचापमा बढि नियन्त्रण भएको पनि देखिएको छ।

 

रक्तचापको एकाई एमएमएचजि हो र चापको एकाई पास्कल हो। एचजि भन्नाले पारो वा मर्क्युरी बुझिन्छ। १ मि.मी मर्क्युरी बढ्नु को मतलब १३३.३२२ पास्कल चाप बढ्नु हो। स्वस्थ मानिसको शरीरमा न्युन रक्तचाप ६०-८० एमएमएचजि र उच्च रक्तचाप ९०-१२० एमएमएचजि हुन्छ। बृद्ध उमेरमा अत्याधिक मानिसको रक्तचाप बढ्ने गर्दछ र यसलाई नियन्त्रणमा राख्न औषधी र व्यायामको आवश्यक्ता पर्दछ। दिउँसो निदाउनेहरुको रक्तचापमा नियन्त्रण हुनको साथै यस बानीले मानसिक तनावबाट मुक्त हुन पनि मद्दत गर्दछ।

 

वयस्क उमेर पुगेपछि मानिस धेरैजसो काममा व्यस्त हुन्छ। अधिकांश कम्पनीहरुको कार्य अवधी बिहान ९ देखि बेलुका ५ सम्म हुन्छ जसले गर्दा कर्मचारीले दिउँसो निदाउन फुर्सद पाउदैनन्। तर खाजाको समयमा एकछिन निदाउन सकिन्छ। अनुसन्धानको निश्कर्ष अनुसार यदि कसैलाई उच्च रक्तचाप छ भने आफ्नो खाजाको समयमा १०-१५ मिनेट छोटो समयको लागि निदाउँदा स्वास्थ्यको लागि राम्रो अनि उपयुक्त हुनेछ।

 

कसरी सुत्दा शरिरलाई सहज हुन्छ ?

मानिसको शारीरिक तथा मानसिक स्वास्थ्यमा निन्द्राको ठूलो भूमीका रहेको हुन्छ। साथै, सुत्ने समय र सुत्ने तरिकाले पनि तपाईँको स्वास्थ्यमा उत्तिकै भूमीका खेलिरहेको हुन्छ। सुत्ने तरिकाले तपाईँकै स्वास्थ्यमा प्रभाव पारिरहेको हुन्छ, साथसाथै तपाईँको छालालाई स्वस्थ बनाउन र पाचन प्रक्रियालाई सहज बनाउनको लागि आफ्नो सुत्ने तरिकालाई सुधार्नु जरुरी हुन्छ।

 

कुन साइड फर्केर सुत्ने भन्ने कुराले धेरै प्रभाव पर्दछ

सुत्ने धेरै तरिकाहरू छन्- ढाड तर्फबाट, छाती तर्फबाट, दायाँ फर्केर र बायाँ फर्केर- र यो सबैले तपाईँको स्वास्थ्यमा असर गर्दछ। माथि फर्केर अथवा ढाड तल पारेर सुत्नु विशेष गरी दम भएकाहरूको लागि खतरनाक हुन्छ, किनकी यसरी सुत्दा तपाईँको स्वासप्रश्वासमा बाधा पुर्याउँदछ। तथापि उत्तानो परेर सुत्नु सबैभन्दा उत्तम मानिन्छ।दाहिने फर्केर सुत्नाले तपाईँको पाचन प्रक्रियालाई बिगार्दछ, ग्यास्ट्रिक बढ्छ भने देब्रे फर्केर सुत्नाले भित्रीअंग कलेजो, पेट, फोक्सोमा दबाब पुग्छ तर पाचन प्रक्रिया भने सुधर्छ। गर्भवति महिलालाई रक्तस्राव कम होस भनि देब्रे फर्केर सुत्न सल्लाह दिने गरिन्छ।

 

देब्रे फर्केर सुत्नुका फाइदा

देब्रे फर्केर सुत्दा स्वास्थ्य स्थितीमा सुधार हुने र मानिसको जीवन पनि बच्न सक्ने चिकित्सकहरूको धारणा रहेको छ। हलिस्टिक चिकित्साविधीमा, शरीरको देब्रे भागलाई लसीकाको प्रवल पक्ष मानिन्छ, र देब्रे तर्फ फर्केर सुतेको बेला तपाईँको शरीरले विषादी, लसीका तरल पदार्थ र फोहोरहरूलाई फिल्टर गर्न बढी समय पाउँदछ। थोरासिक डक्ट र लसीका नोडको सहायताले यो फिल्टर कार्य भैरहेको हुन्छ।

तर, दाहिने फर्केर सुत्नाले तपाईँको लसीका प्रणालीले ढिलो काम गर्दछ, र यस्तो हुनु खतरनाक मानिन्छ। किनभने, यसरी ढिलो काम गर्ने लसीका प्रणालीले तपाईँको शरीरमा भएका विषादीहरूलाई फिल्टर गर्न सक्दैन र लसीका तरल पदार्थलाई शरीरभरी फैलाउन असमर्थ हुन्छ। यसरी शरीरमा विषादी जम्मा हुँदै गएपछि खतरनाक समस्याहरू आउन सक्छन्।

विहान उठ्दा आलस्य हुने, पेट दुखेजस्तो हुने, नराम्रो डकार आउने र बेलुका खाएका कुराहरू नपचेको जस्तो हुने समस्याहरू निम्त्याउने कारण नै दाहिने फर्केर सुत्नु हो। दिनदिनै यस्ता समस्याहरू आउन थाल्यो भने तपाईँको मानसिक तथा शारीरिक स्वास्थ्यमा प्रतिकूल असर पर्दछ।

लसीका प्रणाली भनेको के हो?

लसीका प्रणाली भनेको शरीरको सञ्चार प्रणालीको एक महत्वपूर्ण अङ्ग हो साथै प्रतिरक्षा प्रणालीको अत्यावश्यक भाग हो। यो लसीका प्रणाली विभिन्न लसीका वाहिका हरूको समग्र नेटवर्कले बनेको हुन्छ जसले लसीका तरल पदार्थलाई (‘लिम्फ’- ल्याटिन भाषामा ‘पानी’) मुटुको दिशातर्फ पुर्याउने काम गर्दछ।

 

देब्रेतर्फ फर्केर सुत्ने बानी सिक्नुहोस्-

यदि तपाईँलाई देब्रेतर्फ फर्केर सुत्ने बानी छैन र यो बानी कसरी बसाल्ने भन्ने बारे सोच्नुभएको छ भने ढुक्क हुनुहोस्। केही समय लाग्न सक्छ तर यसको अभ्यास गर्नुभयो भने तपाईँको शरीरले यो बानी सजिलै सिक्न सक्छ। केही टिप्सहरू यसप्रकार रहेका छन्ः

– देब्रेतर्फ फर्केर पल्टिनुहोस् र पछाडि पट्टी पुरै ढाडलाई पुग्ने गरी सिरानी अथवा सिरक राख्नुहोस्। यसो गर्दा राती अर्को तर्फ फर्किने सम्भावना कम रहन्छ।

– तपाईँको खाटको दिशा पनि परिवर्तन गर्न सक्नुहुन्छ, यसो गर्दा पनि देब्रेतर्फ फर्केर सुत्न मद्दत पुग्दछ।

– अर्को चलाख उपाय भनेको तपाईँको दाहिने तर्फ मधुरो बत्ती बालेर राख्नु हो। साधारणतयाः सुतेको बेला तपाईँको शरीर उज्यालो तर्फ फर्किन चाहँदैन र देब्रेतर्फ फर्किएर सुत्न सहज हुने गर्दछ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

अन्य समाचार, गर्भ रहे नरहेको थाहा पाउने पाँचओटा लक्षण हुनत आजभोलि गर्भवती भए नभएको कुरा पत्ता लगाउने अनेक उपाय छन् । प्रेग्नेन्सी टेस्ट किट प्रयोग गरेर गर्भ यकिन गर्न सकिन्छ । तर कतिपय अवस्थामा यस्ता परीक्षण गर्ने विधीहरु सर्वसुलभ हुँदैनन् । यस्तो बेला कसरी थाहा पाउने आफू गर्भवती भएको कुरा ? आउनुस् जानौं पाच ओटा तरिका ।

१. तपाईं अन्तिम पटक महिनावारी भएको कुरा याद गर्नुहोस् । यदि नियमित महिनावारी हुने गर्नु भएको छ भने तपाईंको महीनावारी हुने दिन नाघिसक्दा पनि महिनावारी हुनु भएन भने तपाईं गर्भवती हुनु भएको छ । २. स्तनको आकारमा परिवर्तन देखिन सक्छ । तपाई)लाई लाग्नसक्छ कि तपाईंको स्तनको मुन्टो केही रसिलो भएको हुनसक्छ । र, स्तनको आकारमा पनि वृद्धि भएको हुनसक्छ । यस्तो भयो भने तपार्इं गर्भवती हुनुभएको अनुमान लगाउन सकिन्छ ।

३. केही नखाँदा पनि गनाएको जस्तो हुने, हरेक कुरामा गनाएको आभास हुने, वाकवाकी तथा वान्ता नै आयो भने पनि तपाईं गर्भवती हुनुभएको थाहा पाउन सकिन्छ । ४. दिक्क लाग्ने, दिशापिसाव लागेजस्तो हुने तर नलाग्ने, मुड परिवर्तन भइरहने अर्थात घरी रिस उठ्ने घरी शान्त रहन मन लाग्छ ।

५. घरी घरी पिसाव लागिरहने भयो भनेपनि तपाईं गर्भवती हुनुभएको हुनसक्छ । यस्ता लक्षणहरु देखिनासाथ गर्भको परीक्षण गराइहाल्नु पर्छ । श्रीमानले गरे ६ वटी श्रीमतीसँग एकैपटक यौन सम्पर्क, त्यसपछि घट्यो यस्तो डरलाग्दो घटना !लिवर अर्थात् कलेजोको सम्पूर्ण फोहोर वा खराबीलाई एकपटकमै हटाउने यो गोप्य घरेलु औषधी !

लिवर यानिकी कलेजोले हाम्रो शरीरमा एक केमिकल फ्याक्ट्रीले जस्तै काम गर्छ। अर्थात् तपाइँ जत्ति पनि बाहिरको जंक फुड, तेलमा तारेको भोजन, जाँड रक्सी र अनेकौं केमिकलयुक्त औषधी लगायतका पदार्थ खाएपनि यी चिजहरु बाट हुने नकारात्मक प्रभावलाई कलेजोले शरीरबाट बाहिर निकाल्ने काम गर्छ। भोजन खाएपछी कलेजोले उक्त भोजनबाट आवश्यक पोषण तत्व ग्रहण गरेर शरीरको दोस्रो भागमा पुर्याउँछ ।

समग्रमा हेर्दा शरीरमा हुने हरेक कामको सफलता पुर्वक काम सम्पन्न गर्नको लागि कलेजोको महत्वपूर्ण योगदान रहेको छ। तर यदि यसमा केहि गढबढ भएमा हाम्रो शरीरको सम्पूर्ण प्रणाली नै खराब हुन्छ। कलेजोमा खराबी आउँदा हेपाटाइटिस, फ्याटी लिवर, लिवर सिरोसिस, अल्कोहोलिक लिवर डिजिज, गिल्बर्ट्स सिन्ड्रोम र लिवर क्यान्सर जस्ता गम्भीर वा प्राणघातक रोगहरु लाग्ने सम्भावना धेरै बढ्छ।

त्यसकारण प्रारम्भिक चरणमै लिवरमा आउने खराबी बारे सचेत हुनु एकदम जरुरि छ। किनकि ८० % लिवरको खराबीको बिमारीलाई औषधीले काम गर्दैन। प्राकृतिक चीज वा आयुर्वेदिक चीजहरुले मात्र यस समस्याको समाधान गर्छ। त्यसकारण आज हामी लिभरको खराबीलाई जरै देखि हटाउने अर्थात् निर्मुल पार्ने घरेलु उपचार विधिको बारेमा चर्चा गर्न गइरहेका छौँ। लिवरको घरेलु उपचार विधि एउटा प्रक्रिया पुरा गरेर गर्नु पर्छ।

यसको लागि सुरुमा बाहिरको जंक फुड, तारेको खाना वा मसलेदार खाना कम्तिमा पनि ६ दिन सम्म सेवन नगर्नुहोस्। केवल घरमा बनाएको सादा खाना मात्र सेवन गर्नु होस् । खानामा आधा भन्दा बढी सलाद नै समावेश गर्नु पर्छ। ५/६ दिनसम्म यस्ता खाना हरुको कन्ट्रोल गरेमा लिवरलाई सफा गर्ने घरेलु औषधीले पूर्ण रुपमा काम गर्छ। यो प्रक्रियाको बीचमा १/२ दिन फलफुल मात्र सेवन गर्नु पर्छ।

यसो गर्नले लिवरले आराम पाउनुका साथै यसको थकान र कमजोरी कम हुँदै जान्छ। फलफुलमा स्याउ, मेवा, खर्बुजा, तर्बुजा, भुँईकटर, चुकंदर र सुन्तला लगायत सेवन गर्दा एकदम फाइदाजनक हुन्छ। लिभरको सफा गर्नको लागि ५/६ दिनसम्म यसरी एकदम हलुका र सादा खाना सेवन गर्नु पर्ने हुन्छ । ५/६ दिन पछी आफ्नो नियमित खाना खान सक्नुहुनेछ।

अब यो प्रक्रिया ५/६ दिन पुरा गरेपछि लिवरको फोहोर, खराबी वा बिमारीलाई पूर्ण रुपमा हटाउनको लागि अपनाउनु पर्ने घरेलु उपचार विधि: १. यसको लागि चाहिने सामग्रीहरु: लौका, बेसार, कागती, धनियाँ, कालो नुन, गुर्जोको रस। गुर्जोको रस अर्थात् गिलोयको रस जुनसुकै आयुर्वेदिक सप वा सुपरस्टोरमा किन्न सकिन्छ।

बनाउने विधि: लौकालाई सानो सानो टुक्रामा काटेर थोरै धनियाँ पातको साथ ब्लेंन्डरमा राखेर जुस बनाउने । लगभग एक गिलास जुस बनाउने। अब यो जुसमा एक चम्चा बेसार, एक चम्चा कालो नुन, एक चम्चा कागतीको रस र करिब ३० एमएल गुर्जो अर्थात् गिलोयको जुस मिलाएर मिसाउने। यो ड्रिंकलाई हरेक बिहान खाली पेटमा सेवन गर्ने। यस ड्रिंकलाई लगातार ६/७ दिन सेवन गर्नले लिवरमा हुने सम्पूर्ण खराबी वा फोहोर बाहिर निस्केर जान्छ।

२. मुलाको पात: मुलाको पातमा भिटामिन A, B र C पाइन्छ। यसमा अधिक मात्रामा फाइबर हुने भएकोले यसले हाम्रो पाचनलाई राम्रो बनाउँछ र लिवरको कार्य क्षमतालाई पनि बढाउँछ। यसको लागि मुलाको पातलाई राम्ररी पखालेर जुस बनाउने। यो जुसलाई हरेक दिन खाना खाए पछी पिउने। यो जुस लगातार ६/७ दिन सम्म पिउनले लिवरसम्बन्धी सम्पूर्ण समस्याहरुलाई हटाउँछ।

३. किसमिसको पानी: करिब ५०० एम एल पानीमा एक कचौरा किसमिस रातभरी भिजाएर राख्ने। बिहान पानीलाई छान्ने र यस पानीलाई बिहान खाली पेटमा थोरै पिउने । साथै पुरै दिन एक एक घण्टाको अन्तरालमा यस किसमिसको पानी थोरै थोरै गर्दै पिउने। त्यस्तै भिजेको किसमिस लाई बिहान खाजाको साथ वा बेलुका सेवन गर्न सकिन्छ। लगातार ३ दिन सम्म किसमिसको पानी खानाले लिवर सम्बन्धी सम्पूर्ण समस्या बिस्तारै हट्छ र लिवर स्वस्थ हुन्छ।

४. गहुँको जुस: गहुँमा क्लोरोफिलको मात्रा अधिक हुन्छ। साथै यो एक शक्तिवर्द्वक एन्टीअक्सिडेन्ट हो। गहुँको जुसको सेवनले लिवर सम्बन्धी सम्पूर्ण बिमारीलाई दुर गराउँछ। गहुँको जुस जुनसुकै आयुर्वेदिक पसलहरुमा किन्न पाइन्छ। यी साधारण घरेलु चीज वा उपचार विधिले लिवर सम्बन्धी सम्पूर्ण खराबी वा बिमारीलाई संधैको लागि हटाई लिवरलाई स्वास्थ्य र स्वच्छ बनाउँछ। एजेन्सी

 

 

 

 

अब यो प्रक्रिया ५/६ दिन पुरा गरेपछि लिवरको फोहोर, खराबी वा बिमारीलाई पूर्ण रुपमा हटाउनको लागि अपनाउनु पर्ने घरेलु उपचार विधि:

१. यसको लागि चाहिने सामग्रीहरु: लौका, बेसार, कागती, धनियाँ, कालो नुन, गुर्जोको रस। गुर्जोको रस अर्थात् गिलोयको रस जुनसुकै आयुर्वेदिक सप वा सुपरस्टोरमा किन्न सकिन्छ।

बनाउने विधि: लौकालाई सानो सानो टुक्रामा काटेर थोरै धनियाँ पातको साथ ब्लेंन्डरमा राखेर जुस बनाउने । लगभग एक गिलास जुस बनाउने। अब यो जुसमा एक चम्चा बेसार, एक चम्चा कालो नुन, एक चम्चा कागतीको रस र करिब ३० एमएल गुर्जो अर्थात् गिलोयको जुस मिलाएर मिसाउने। यो ड्रिंकलाई हरेक बिहान खाली पेटमा सेवन गर्ने। यस ड्रिंकलाई लगातार ६/७ दिन सेवन गर्नले लिवरमा हुने सम्पूर्ण खराबी वा फोहोर बाहिर निस्केर जान्छ।

२. मुलाको पात: मुलाको पातमा भिटामिन A, B र C पाइन्छ। यसमा अधिक मात्रामा फाइबर हुने भएकोले यसले हाम्रो पाचनलाई राम्रो बनाउँछ र लिवरको कार्य क्षमतालाई पनि बढाउँछ। यसको लागि मुलाको पातलाई राम्ररी पखालेर जुस बनाउने। यो जुसलाई हरेक दिन खाना खाए पछी पिउने। यो जुस लगातार ६/७ दिन सम्म पिउनले लिवरसम्बन्धी सम्पूर्ण समस्याहरुलाई हटाउँछ।

३. किसमिसको पानी: करिब ५०० एम एल पानीमा एक कचौरा किसमिस रातभरी भिजाएर राख्ने। बिहान पानीलाई छान्ने र यस पानीलाई बिहान खाली पेटमा थोरै पिउने । साथै पुरै दिन एक एक घण्टाको अन्तरालमा यस किसमिसको पानी थोरै थोरै गर्दै पिउने। त्यस्तै भिजेको किसमिस लाई बिहान खाजाको साथ वा बेलुका सेवन गर्न सकिन्छ। लगातार ३ दिन सम्म किसमिसको पानी खानाले लिवर सम्बन्धी सम्पूर्ण समस्या बिस्तारै हट्छ र लिवर स्वस्थ हुन्छ।

४. गहुँको जुस: गहुँमा क्लोरोफिलको मात्रा अधिक हुन्छ। साथै यो एक शक्तिवर्द्वक एन्टीअक्सिडेन्ट हो। गहुँको जुसको सेवनले लिवर सम्बन्धी सम्पूर्ण बिमारीलाई दुर गराउँछ। गहुँको जुस जुनसुकै आयुर्वेदिक पसलहरुमा किन्न पाइन्छ। यी साधारण घरेलु चीज वा उपचार विधिले लिवर सम्बन्धी सम्पूर्ण खराबी वा बिमारीलाई संधैको लागि हटाई लिवरलाई स्वास्थ्य र स्वच्छ बनाउँछ। एजेन्सी

 

गर्भ रहे नरहेको थाहा पाउने पाँचओटा लक्षण

हुनत आजभोलि गर्भवती भए नभएको कुरा पत्ता लगाउने अनेक उपाय छन् । प्रेग्नेन्सी टेस्ट किट प्रयोग गरेर गर्भ यकिन गर्न सकिन्छ । तर कतिपय अवस्थामा यस्ता परीक्षण गर्ने विधीहरु सर्वसुलभ हुँदैनन् । यस्तो बेला कसरी थाहा पाउने आफू गर्भवती भएको कुरा ? आउनुस् जानौं पाच ओटा तरिका ।

१. तपाईं अन्तिम पटक महिनावारी भएको कुरा याद गर्नुहोस् । यदि नियमित महिनावारी हुने गर्नु भएको छ भने तपाईंको महीनावारी हुने दिन नाघिसक्दा पनि महिनावारी हुनु भएन भने तपाईं गर्भवती हुनु भएको छ । २. स्तनको आकारमा परिवर्तन देखिन सक्छ । तपाई)लाई लाग्नसक्छ कि तपाईंको स्तनको मुन्टो केही रसिलो भएको हुनसक्छ । र, स्तनको आकारमा पनि वृद्धि भएको हुनसक्छ । यस्तो भयो भने तपार्इं गर्भवती हुनुभएको अनुमान लगाउन सकिन्छ ।

३. केही नखाँदा पनि गनाएको जस्तो हुने, हरेक कुरामा गनाएको आभास हुने, वाकवाकी तथा वान्ता नै आयो भने पनि तपाईं गर्भवती हुनुभएको थाहा पाउन सकिन्छ । ४. दिक्क लाग्ने, दिशापिसाव लागेजस्तो हुने तर नलाग्ने, मुड परिवर्तन भइरहने अर्थात घरी रिस उठ्ने घरी शान्त रहन मन लाग्छ ।

 

५. घरी घरी पिसाव लागिरहने भयो भनेपनि तपाईं गर्भवती हुनुभएको हुनसक्छ । यस्ता लक्षणहरु देखिनासाथ गर्भको परीक्षण गराइहाल्नु पर्छ ।

 

प्रतिक्रिया दिनुहोस
सर्वोच्च अदालतको बोर्डमा कालो छ्याप्ने विनु यादव पक्राउ

    श्रीमानबाट घरेलु हिंसामा परेको दाबी गर्दै आएकी विनु यादवले आज सर्वोच्चको

आजपनि तोलामा २ हजार ६ सय घट्यो सुन

    अघिल्लो दिन प्रतितोला १५ हजार ९ सय रुपैयाँ घटेको सुन मंगलबार

रिहा भए पूर्वमन्त्री लिलाबल्लभ अधिकारी

    कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी प्रहरी हिरासतबाट रिहा

चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता हुँदैन : प्रधानमन्त्री

     प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणको क्रममा ऋण सम्बन्धी कुनै सम्झौता