चार वर्षपछि यस्ती देखिन्छिन् बजरंगी भाइजानकी मुन्नी



हाम्रो इकोनोमि

 

बलिउडकी ‘मुन्नी’का हालैका केही तस्बिर चर्चाको विषय बनेको छ । मुन्नी आफ्नो आगामी फिल्मका लागि तयारीमा जुटेकी छिन् ।

हर्षाली मल्होत्राले विभिन्न समयमा बलिउडको विषयमा आफ्नो महत्वाकांक्षालाई व्यक्त गरिसकेकी छिन् । उनी ठूलो भएर बलिउडकी चर्चित अभिनेत्री बन्न चाहन्छिन् ।

हर्षाली मल्होत्रा एक बालकलाकार हुन् जसले फिल्म ‘बजरंगी भाइजान’ मार्फत् पहिचान पाएकी थिइन् ।

अहिले उनी ११ वर्षको भइसकेकी छिन् । बजरंगी भाइजान हर्षाली मल्होत्राको पहिलो फिल्म थियो । यो फिल्ममा हर्षालीले मुन्नीको भूमिका निभाएकी थिइन् । यो भूमिकाका कारण मुन्नीलाई निकै रुचाइएको थियो ।

मुन्नी अहिले आफ्नो पढाईमा व्यस्त छिन् । हर्षाली अहिले निकै सानी छिन् त्यसकारण उनी आफ्नो सोसल मिडिया अकाउन्ट चलाउँदिनन् ।

उनको अकाउन्ट उनकी आमाले चलाउँछिन् । हर्षालीले कृति सेननसँग विज्ञापन गरेर करियर सुरु गरेकी थिइन् ।

हर्षालीले नायकमा सलमान खान र नायिकामा कट्रिना कैफ मनपर्ने बताउने गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...