टाउको दुखाइमा ‘पेनकिलर’ भन्दा राम्रो ‘बियर’



हाम्रो इकोनोमि

 

‘मादक पदार्थ स्वास्थका लागि हानिकारक छ ।’ मादक पदार्थ सेवन गर्नु गैरकानुनी र असामाजिक मानिन्छ । मादक पदार्थ सेवन गरी समाजमा होहल्ला गर्ने मानिसलाई समाजले निकै तल्लो स्तरमा राखेर हेर्ने गर्छन् । बियर पनि मादक पदार्थमा नै पर्ने पेय पदार्थ हो ।

बियर पिउनुलाई पनि राम्रो मानिदैँन । तर, बियरले मानिसको स्वास्थमा राम्रो काम पनि गर्छ । सही मात्रामा बियर पिउनेलाई विभिन्न शारीरिक समस्याबाट राहत मिल्ने बनाइन्छ । बियरले टाउको दुखाइमा ‘पेनकिलर’ काम समेत गर्छ । भर्खरै गरिएको एउटा अनुसन्धानले प्यारासिटामोलभन्दा बियरले टाउको दुखाइमा राहत दिने पत्ता लगाएको छ ।

किन फाइदाजनक छ बियर ?:उक्त अनुसन्धानमा ४०० मानिसहरु सहभागी भएका थिए । सहभागीहरुले प्यारासिटामोलले टाउको दुखाइबाट आराम दिलाएको बताए । यद्यपि, बियरले मस्तिष्कको रिसेप्टर्समा काम गर्छ । जसले तनाव कम गराउँछ र टाउको दुखाइ कम गराउँछ । बियरले तनाव र चिन्ताको तीव्रता कम गराइदिन्छ जसले दुखाइको महसुस कम गराउँछ ।

अनुसन्धानकर्ताहरुले २ गिलास बियर पिउँदा २५ प्रतिशतसम्म दुखाइ कम हुने बताएका छन् । यसको तुलना कोडेन जस्ता ओपि ओयड ड्रग्सको पनि गरिएको थियो जसले प्यारासिटामोलले जस्तै टाउको दुखाइ कम गराउँछ ।यदि रगतमा ०.०८ प्रतिशत अल्कोहल भयो भने तनावको मात्रा कम हुन्छ भने दुखाइबाट पनि आराम मिल्छ ।

साथै, बियरको सेवनले हृदयघात र डिप्रेशन जस्ता समस्या कम गर्छ ।मृगौलामा भएको पथ्थरीका लागि हरेक हप्ता १ बोतल बियर पिउँदा पथ्थरी पग्लिएर पिसाबबाट बाहिर निस्किन्छ । हप्तामा दुई पटक बियर शेवन गर्दा शरीरमा रक्तसञ्चार राम्रो हुन्छ ।

बियरले रोग प्रतिरोधात्मक क्षमताको पनि विकास गर्छ ।व्यस्त जीवनशैली र मानसिक तनावका कारण मानिसहरुमा अल्माइरको समस्या बढिरहेको छ ।अल्जाइमरको समस्यामा हप्तामा एकपटक बियर पिउँदा अल्जाइमर वा मस्तिष्कसँग जोडिएका रोगहरु कम हुन्छ। बियरमा पाइने फाइबरले पेटमा भएको विषालु पदार्थलाई बाहिर निकाल्न मद्दत गर्छ । जसले गर्दा पाचन शक्ति बढ्छ ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...