चटपट बेचेर स्नातक पढ्दै १८ वर्षीय नेपाली चेली



हाम्रो इकोनोमि

 

उखान छ नी खाने मुखलाई जुगाँले छेक्दैन । आर्थिक अवस्था अभाव भएकाले पढ्न पाईन भन्नेहरु धेरै भेटिन्छन् त्यो उनीहरुको बहाना मात्र हो भन्ने कुरा एक नेपाली चेलीले प्रमाणित गरिदिएकी छिन् ।

नेपालमा युवा पुस्तामा विस्तारै योग्यता–क्षमता अनुसारको काम नपाएर विदेश भौतारिने क्रम बढिरहेको बेला केही युवाहरु भने समाजमा उदाहरणीय बनेर काम गरिरहेका छन् ।

यस्तैमा पर्दछिन गोर्खाकी रितु बस्नेत । भर्खरै १८ वर्षकी रितु अहिले स्नातक प्रथम वर्षमा अध्ययनरत छिन् ।

उनी आजभोलि काठमाडौँ बनस्थलीमा पानीपुरी र चटपटेको व्यापार गरेर बसिरहेकी छिन् ।

सुन्दर र बान्की परेको अनुहार र शरीर अनि स्नातक अध्ययनरत उनलाई आफ्नो काम गर्न कुनै लज्जाबोध छैन आफ्नो लगानी, आफ्नो श्रम अनि आफ्नै कमाई ।

माध्यमिक शिक्षा पूरा गरेपछि अष्ट्रेलिया, अमेरिका, जापानमा उच्च शिक्षाको मोह कायमै छ भने श्रम गर्न मलेसिया र खाडी जानेहरुको संख्या पनि उत्तिकै छ ।

देशमा काम छैन, भविष्य छैन भन्दै विदेशमोह राख्नेहरुकोबीचमा उनी उदाहरणीय बनेकी छिन् । उनले यो कामबाट आफुलाई पढ्ने रकमपनि जुटाएकी छिन् आर्थिक अभावपनि टारेकी छिन् ।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...