अविवाहित युवतीलाई मोबाईल प्रतिबन्ध लगाइयाे, नियम नमाने ढाई लाख जरिवाना तिराइने



हाम्रो इकोनोमि

 

संसारले हरेक क्षेत्रमा स्वतन्त्रता र जिम्मेवारीबोधको वकालत गर्दै छ । तर भारतको एउटा समुदायले भने महिलाहरुमाथि झनै कडा नियम लादेको छ ।

जागरन दैनिकका अनुसार, गुजरातको बानसकाँठा क्षेत्रको दांतीवाडा गाउँमा ठाकोर समुदायले अविवाहित महिलाहरुलाई फोन प्रयोग गर्न प्रतिबन्ध लगाएको छ ।

डोकोर समुदायले गत आइतबार गाउँमा बैठक बसालेर यो फैसला लिएको समाचारमा उल्लेख छ ।

ठाकोर समुदायको नयाँ नियम अनुसार, अविवाहित महिलाले फोनको प्रयोग गर्न पाउने छैनन् । यदि कुनै युवतीले यो निमयको उल्लंघन गरेको खण्डमा कडा सजाय हुनुका साथै केटीको बुवाले डेढ लाख भारतीय रुपैयाँ जरिवाना तिर्नुपर्ने छ ।

यसैगरी ठाकोर समुदायको बैठकले विवाहमा हुने फिजुल खर्च समेत नियन्त्रण गर्ने निर्णय गरेको छ । विवाहका डिजे, पटाका आदिमा हुने खर्च रोकिने छ ।

कुनै युवतीले परिवारको अनुमति बिना विहे गरेमा त्यो पनि अपराध मानिने निर्णय गरिएको छ ।

यो नियम दांतिवडाका साथ कोटजा, गगूदा, ओडवा, हरियावाड़ा, मरपुरिया, शेरगढ़, तेलपुरा, रंदौल, रतनपुर, दनारी र वेलावास जस्ता अन्य गाउँमा पनि लागु हुने समाचारमा उल्लेख छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...