विद्यालयमा नै जाड पार्टी गर्ने प्रधानाध्यापकसहित पाँच जना पक्राउ



हाम्रो इकोनोमि

 

विद्यालयमा जाड पार्टी गर्ने प्रधानाध्यापकसहित पाँच जना पूर्वी चितवनको रत्ननगरबाट पक्राउ परेका छन् । रत्ननगर ९ स्थ्ति कपरखोरी माध्यमिक विद्यालयमा प्राचार्य विष्णु कट्टेल सहित ५ जना पक्राउ परेका हुन् । असार मसान्तको क्लोजिङ सकेर विद्यालयकै हाताभित्र जाडपार्टी गर्दै गरेको बेला प्रहरीले रंगेहात पक्राउ गरेको हो ।

जाड खाएर होहल्ला गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले प्रधानाध्यापक सहित सहप्रधानाध्यापक कृष्ण विलास ढुंगाना, लेखापाल बालकृष्ण पौडेल, विद्यालय भवन निर्माण समितिका संयोजक बलराम बगाले र कार्यालय सहयोगी गोपाल रिमाललाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय रत्ननगरले जानकारी दिएको छ । प्रहरीका अनुसार विद्यालय निर्माण गर्न बसेको ठेकेदारको स्टाफहरु बस्ने कोठामा जाडरक्सी सहित पार्टी गरिरहेका बेला उनीहरुलाई पक्राउ गरिएको थियाे ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...