विद्यालयमा नै जाड पार्टी गर्ने प्रधानाध्यापकसहित पाँच जना पक्राउ



हाम्रो इकोनोमि

 

विद्यालयमा जाड पार्टी गर्ने प्रधानाध्यापकसहित पाँच जना पूर्वी चितवनको रत्ननगरबाट पक्राउ परेका छन् । रत्ननगर ९ स्थ्ति कपरखोरी माध्यमिक विद्यालयमा प्राचार्य विष्णु कट्टेल सहित ५ जना पक्राउ परेका हुन् । असार मसान्तको क्लोजिङ सकेर विद्यालयकै हाताभित्र जाडपार्टी गर्दै गरेको बेला प्रहरीले रंगेहात पक्राउ गरेको हो ।

जाड खाएर होहल्ला गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले प्रधानाध्यापक सहित सहप्रधानाध्यापक कृष्ण विलास ढुंगाना, लेखापाल बालकृष्ण पौडेल, विद्यालय भवन निर्माण समितिका संयोजक बलराम बगाले र कार्यालय सहयोगी गोपाल रिमाललाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय रत्ननगरले जानकारी दिएको छ । प्रहरीका अनुसार विद्यालय निर्माण गर्न बसेको ठेकेदारको स्टाफहरु बस्ने कोठामा जाडरक्सी सहित पार्टी गरिरहेका बेला उनीहरुलाई पक्राउ गरिएको थियाे ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...