शिल्पा मिडियामा रुदा छवि पनि रोए ! डिर्भोस फाइल र कानको जाली फुटेको बास्तविकता यस्तो



हाम्रो इकोनोमि

 

नायिका शिल्पा पोखरेलले श्रीमान् छवी ओझाविरूद्ध प्रहरीमा दिएको उजुरी छलफलबाट टुंगिएको छ ।

काठमाडौं प्रहरी परिसर, टेकुमा भएको दुवै पक्षको छलफलपछि पोखरेल र ओझाबीच सहमति पत्रमा हस्ताक्षर भएको हो । यसअघि पाखरेलले श्रीमानबाट असुरक्षित भएको भन्दै शान्ति सुरक्षा माग गरेर उजुरी दिएकी थिइन् ।

परिसरका डीएसपी होविन्द्र बोगटीका अनुसार पोखरेलको सुरक्षामा आँच नपुग्याउने गरी ओझाले लिखित सम्झौता गरेका छन् । सम्झौता भए पनि शिल्पा भने छविको घर फर्केकी छैन ।

आफुले शिल्पालाई घर फर्काएर मिलेर बस्न अझै कोशिस गरि रहेको बताउदै भने – ‘शिल्पा मेरो अन्तिम श्रीमती हो उसैको काखमा म मर्न चाहन्छु ।’

उनले अहिले पनि शिल्पाका लागि आफ्नो दिल र घर दुबैको ढोका खुल्ला भएको बताए । उनले शिल्पाको खुशीको लागि जस्तो सुकै त्याग गर्न पनि आफू तयार रहेको सन्देश समेत पठाए ।

आफू नै मारमा हुँदा पनि मिडियाबाजी नगरेकाले शिल्पाले आफूमाथि एकहोरो दोष थुपारेमा भने उनले निकै दुःख व्यक्त गरे ।

छबी र शिल्पा दुवै जना मिडियामा आएका छन् । शिल्पाले मिडियामा आएर छबी माथि अनेक आ रोप लगाउदै आएकी छिन भने छबी श्रीमतिलाई घर फर्काउने कोशिसमा देखिन्छ ।

 

मैले कुनै पनि श्रीमतिलाई अन्यायमा पारेको छैन भन्दै छवि ओझाले शिल्पालाई लेखे यस्ताे पत्र

चलचित्र निर्माता छवि ओझा र उनकी श्रीमती तथा नायिका शिल्पा पोखरेलाई घर फर्कन आग्रह गरेका छन् ।

निर्माता ओझाले सोमबार राती सामाजिक संजाल फेसबुकमा एक पत्र लेख्दै नायिका सिल्पालाई घर फर्कन आग्रह गरेका हुन् ।

छवि ओझाले शिल्पासँग सम्पर्क गर्न खोजपछि शिल्पाले भने छविसँग बोल्न नचाहेको पत्रमा उल्लेख छ।

शिल्पालाई भेटन निकै कोशीस गरेपनि सम्पर्क हुन नसकेपछि छवि ओझाले सन्सारको कुनै पनि अदालतमा जानू पर्दैन । छबी ओझाको अदालतमा सिधै आउनुस भनी अनुरोध गरेका छन् ।

छवि ओझा र उनकी श्रीमती तथा नायिका शिल्पा पोखरेलबीच बोलचाल बन्द भएको छ । प्रहरीकहाँ सहमति भएको भनिएपनि शिल्पा भने छविको घर फर्केकी छैनन् ।

शिल्पाले सम्बन्धविच्छेदका लागि तयारी गरिरहेको बुझिन्छ ।

 

शिल्पा जि,
मैले ५२ बर्षको उमेरमा ३ जना श्रीमती सङ सम्बन्ध बिच्छेद भईसकेपछि तपाईं सङ चाहिँ जिन्दगि बिताउन सक्छु होला भनेर जिन्दगिका सब थोक कम्प्रमाइज गरेर माया गरेर बिहे गरेको श्रीमती हो तपाईं छातिमा हात राखेर आज एक्छिनलाई आफैलाई नढाटी सम्झनुस तपाइले लगाएका कति आरोपहरु सत्य छन ?

यदि तपाईं पनि आफुलाइ सच्याएर अझै मेरो श्रीमती, तपाइले बिहे गर्ने बेलामा आस्वासन दिलाए जस्तै मेरो बुढेसकालको सहारा बनेर बस्न सक्नुहुन्छ भने, म पनि मेरा कमि कमजोरीहरु सच्याएर गान्धीबादी भएर बस्न सक्छु ।

अरुको कुरा नसुन्नुस, आउनुस हाम्रो घरको ढोका सधै तपाईंको लागि खुल्ला छ । हैन र यदि तपाइ साच्चै म सङ बस्न सक्नु हुन्न भने पनि एक पटक म सङै आएर टेबलमा कुरा गर्नुस ।

मेरो ईतिहास पल्टाएर हेर्नुस आज सम्म मैले कुनै पनि श्रीमतिलाई अन्यायमा पारेको छैन । तपाइलाइ पनि पार्दिन ।

मैले बिगत ३ दिन देखि तपाइलाइ सम्पर्क गरेर भेट्न खोज्दा पनि तपाइलाई अब मेरो वकिलले भेट्छ भन्नू भयो ।

म फेरि पनि भन्दैछु, सन्सारको कुनै पनि अदालतमा जानू पर्दैन । छबी ओझाको अदालतमा सिधै आउनुस । तपाइले न्याय पाउनु हुन्छ ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस
टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...

संसद् पुनर्स्थापना नै लोकतन्त्र फर्काउने उपाय : राजन भट्टराई

    नेकपा (एमाले) का सचिव तथा काठमाडौं क्षेत्र नं ४ का प्रतिनिधिसभा...

सरकार निर्वाचन सार्ने षडयन्त्रमा छ : एमाले

    नेकपा (एमाले) का उपाध्यक्ष एवं निर्वाचन परिचालन कमिटीका संयोजक रामबहादुर थापाले...