अमेरिकामा २ कुराहरु किन गोप्य राख्दा राम्रो



हाम्रो इकोनोमि

 

अमेरिकामा सकारात्मक कुराहरुको वर्णन ढवांग ठोकेर गर्दा पनि हुन्छ l तर नेपालमा आफूले अमेरिकाको कानून बिपरित गरेका कुराहरु गर्दा केही हुदैन भन्ने कदापी सोच्नु हुदैन ।

अमेरिकामा बसोबास गर्ने सबैले आफ्ना अमेरिकी कानूनसंग बाझिने कुराहरु बिगतमा गरिएको छ भने पनि गाठो नफ़ुकाउन नै राम्रो हुन्छ ।आफूले बिगतमा यसो गरेको भनि आफन्त र साथीभाईमा पनि यस्ता कुराहरु साटासाट गरे कहिलेकाही दशा लागेको छ भने ठूलो बिपत्ति आई लाग्छ l तसर्थ यस्ता कुराहरुमा बढो संवेदनशिल हुन् जरुरी हुन्छ ।

अमेरिकामा नेपालीहरु विभिन्न कारणबाट आएका हुन्छन । जे जसो गरेर आएता पनि बिगतका नराम्रा कुराहरु भरसक सकिन्छ भने सतह बाहिर ननिकाल्न नै उत्तम हुनेछ । थुप्रै कुराहरु नभन्दा पनि हुन्छ तर दुई कुराहरु ज्यादै महत्वपूर्ण छन् ।

पहिलो कुरा ,नशाबाज/अम्मली/ दुर्व्यसनीको उच्चारण नगर्नु नै उत्तम हुने छ । अमेरिका आएका सबैलाई यस कुरामा ज्ञान हुन्छ l कही कतै साथीभाई संगको उठ बस या अन्य भोज भतेरमा आफूले नियन्त्रण नगरी पिएर आफू नेपालमा हुँदा नशाबाज/अम्मली/दुर्व्यसनी भनेर गर्व नगर्नु नै उत्तम हुनेछ l अमेरिकामा बिगतका सबै नकारात्मक कुराहरु सतह बाहिर न ल्याउनु नै आफ्नो लागि राम्रो हुने छ । किनभने यसरी आफू बिगतमा यस्तो थिए र यसो गर्ने गर्थे भन्ने कुरा सुनाउन आतुर नहुनु होस् ।

काम गर्ने मानिसले झुक्किएर पनि यस्ता शब्द ननिकाल्नु बेस हुनेछ l किनकी अमेरिकामा मूर्दालाई पनि जिउदो बनाई कारवाई हुन्छ । यसरी बिगतमा गरेका कुराहरु मन भित्र र छाती भित्र राख्न सिकौ । यसैमा हाम्रो भलाई हुनेछ । किनभने काम गर्ने क्रममा आफू बिगतमा दुर्व्यसनी भन्दा भै रहेको जागिरबाट हात धुनु पर्ने पनि हुन्छ l अमेरिका यस्ता कुरामा निकै संवेदनशिल भएकोले केही कुरा नओकलौ । तै चुप मै चुप हुनु नै उत्तम ।

दोश्रो ,अपराधीक गतिविधिमा संलग्न भन्ने कुरा को झनक नदिऔ । अमेरिका छिर्न सवै भन्दा पहिले आफू कुनै पनि अपराधिक गतिविधिमा संलग्न नभएकोलाई मात्र प्रहरीले सिफारिस गर्छ  । तर कुरा त्यसो हुदैन ।अमेरिकामा अपराधिक गतिविधिमा संलग्न मात्र भएको प्रमाण फेला पर्यो भने जीवन कठिन हुन्छ l धेरै कुराहरुको सामना गर्नु पर्ने हुन्छ ।

सवैले यो कुरा गोप्य नै राख्दछन ।सवैलाई यो कुराको ज्ञान हुन्छ l अमेरिकामा नेपालमा यस्ता गतिविधिमा संलग्न भएका मानिस नआएका भन्ने कुराहरु कदापी हुदैन । गोप्य मार्ग तथा अन्य बाटोबाट आएका पनि हुन्छन l अपराधी गतिबिधिमा कुनै प्रकारले केही कुरामा सहभागिता र भूमिका निर्वाह गरेको केही मात्र ईतिहास मात्र थाहा भयो भने मूल्य आफूले चुकाउनु पर्ने हुन्छ ।

यस्ता कुरामा ७ जुनी सम्म पनि गर्न नपरोस भन्ने सदबुद्धि आओस । यस्ता कुराको ज्ञान राखौ । अमेरिकामा मै स्थापित हुने ईक्षा तथा योजना रहे प्राण रहुन्जेल यस्ता कुराहरु आफ्ना मुख बाट या रुद्र घन्टी बाहिर नआओस ।

प्रतिक्रिया दिनुहोस
आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...

तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो

     मध्यपूर्व (खाडी क्षेत्र) मा थप तीन मालवाहक पानीजहाजमाथि आक्रमण भएपछि बिहीबार...

सच्याउन नसके कम्युनिष्ट आन्दोलन समाप्त हुन्छ : गोकुल बास्कोटा

    नेकपा (एमाले)का नेता गोकुल प्रसाद बास्कोटाले नेपालका कम्युनिष्टहरु अब सच्चिएर अघि...

जनताको फैसला सम्मानसाथ स्वीकार्छु : ओली

    एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणाम अपेक्षा गरेजस्तो नआए पनि...