को होला दीपाश्रीलाई बिहे गर्न मन लागेको पुरुष ?



 

कलाकार दीपाश्री निरौलाले आफूलाई बिहे गर्न मन लागेको पुरुष दीपकराज गिरी भएको बताएकी छन् । ‘तर, के गर्नु उहाँको बिहे भैसकेको छ। मिल्दैन’, उनले कान्तिपुरडेली डटकमसँगको पुरुष संवादमा भनेकी छन् । उनको सपनामा सबैभन्दा धेरैपटक आएको पुरुष केही वर्षअघिसम्म राजेश हमाल थिए ।

 

‘अहिले कहाँ जानुभएछ कुन्नी ? तर, आजभोली दीपक नै बढी सपनामा आइरहेको हुन्छ’, उनले भनेकी छन् । कल्पनामा आइरहने पुरुष भने नरहेको उनले बताएकी छन् । त्यसो भए पहिलोपटक डेट गएको पुरुष को होला ? ‘नाम भन्न त मिल्दैन। उसको बिहे भैसक्यो’, उनले भनेकी छन्, ‘नाम भन्ने हो भने अहिले मिलेर बसिरहेको उनिहरुको दाम्पत्य जीवनमा असर पर्ला फेरी।’ पहिलो पटक डेटमा जानेले नै प्रेममा धोका दिई अरुसँग बिहे गरेको उनले बताएकी छन् ।

 

‘मलाई उहाँको ‘फस्ट वाइफ’ थियाे भन्ने थाहा थिएन’, शिल्पाकै कारण रेखा संग डिभोर्स, (भिडियो)

 

 

छविराज ओझासँगको विवादपछि नायिका शिल्पा पोखरेल पहिलोपटक मिडियामा खुलेकी छन्। न्यूज फिल्मीसँगको कुराकानीमा उनले पती ओझाले आफूमाथि शारीरिक र मानसिक यातना दिएको खुलासा गरेकी छन् ।

उनले छविले आफूलाई कानमा चट्कन हानेको बताएकी छन् । आफू डाक्टरकोमा गएको र अब केही दिनमा ठिक हुने स्पस्ट पारिन् । ‘केही दिन ठूलो आवाजको नजिक नजान डाक्टरले सुझाव दिनुभएको छ’, शिल्पाले भनिन्, ‘घटनाको ४–५ दिनसम्म गाला सुन्निएको थियो ।’ छविलाई आफूले ३ बर्षदेखि माफी दिएको भनाइ छ ।

आफूलाई छविको फस्ट वाइफ भएको थाहा नभएको बताएकी छन् । अरु समयमा पनि घाँटी थिच्ने र छोड्ने गरेको भएपनि अन्तिमपटक छविले घाँटी लामो समयसम्म थिचेको थिच्यै गरेको शिल्पाले उल्लेख गरेकी छन्। ‘छविले घाँटी थिचेको थिच्यै पार्दा सबै सकिएको झैँ लाग्यो, केही गर्दा पनि नसकेर खुट्टाले पन्छाएर भागेकी हुँ ।’ आफू सहनै नसक्ने अत्याचारमा परिसकेपछि मात्र मिडियामा आएको बताइएकी छन्

 

करिव १ साता भयो, चर्चित निर्देशक छवि ओझा र चर्चित अभिनेत्री शिल्पा पोखरेल बिच आएको मनमुटावका कारण फिल्म नगरी, सामाजिक संजाल मज्जाले तातेको छ ।

उनिहरु फिल्मी रुपमा मात्र जोडिएका जोडी नभएर सङै जीवन बिताउने गरि बिबाह बन्धनमा जोडिएका जोडि हुन । उनिहरुले ३ बर्ष अघि मात्र बिबाह गरेका थिए ।

केही दिन अघि छविले शिल्पा माथी हातपात गरेका कारण यो अबस्था सिर्जना भएको थियो । छबिले कानको जाली फुट्ने गरि हिर्काएको समाचारले पनि निकै चर्चा पायो । तर छवि यो आफुले हिर्काएको तर कानको जालिमा कुनै असर नपरेको बताउँछन् । शिल्पालाई भने डाक्टरले स्पिकर नजिक केही दिन नबस्न सल्लाह दिएको बताउछिन ।

 

छोटकरिमा छवि-शिल्पाको बिबादको घटनाक्रम,

शिल्पाले छवि बिरुद्द प्रहरी समक्ष उजुरी गरिन । त्यस लगत्तै प्रहरीले यी जोडिलाई सोधपुछको लागि प्रहरी परिसरमा बोलायो । प्रहरीले बोलाएपछी सोही दिन दुबै जना प्रहरी परिसर, टेकु पुगे । त्यहा पुग्दा छबिले मिडियासामु आफ्नो कुराहरु राखे तर शिल्पा मिडियामा बोल्न चाहिनन । केही समयको अन्तराल पछि प्रहरी समक्ष संगै बस्ने र अबदेखी यस्तो कार्य नदोहोर्‍याउने सहमती गरेर दुबै जना निस्किए ।

सहमति गरेर निस्कने बित्तिकै शिल्पालाई मिडियाले उनिमाथी भएको घरेलु हिंसाको बिषयमा बुझ्न चाहे । उनले रुदै “मलाई परेको छ, मैले भोगेको छु ।” भन्दै धेरै बोल्न चाहिनन र गाडीमा चढेर गईन । त्यसपछि छबिले सामान्य घर झगडा भएको, “चार आनाको मुर्गिलाई १२ आनाको मसला” बनाईएको र सहमती भैसकेको बताए ।

यसरी बाहिरिए पछि दुबै जना मिडियामा देखिन थाले । शिल्पाले नेपाल लाईभमा लामो पीडा पोखिन । जुन भिडियो भने थिएन । त्यस लगत्तै उनिहरुको म्यारिज एनिभर्सरी आयो छबीले एक अन्तरबार्तामा यश बिषयमा बोले र शिल्पालाई नछाड्ने, अन्तिम सास सम्म शिल्पा संगै बसेर बिताउने बताए । त्यसपछी न्युज फिल्मिको एक अन्तरबार्तामा शिल्पाले रुदै आफ्नो पीडा पोखिन ।

 

त्यस अन्तरबार्तामा शिल्पा लगभग अन्तरबार्ता भरिनै रोईन । उनले आफ्नो पीडा पोखिन, सुनाईन । उनका अनुसार धेरै समय देखि उनले यस्तो पीडा भोगेकी थिईन कि उनी भोलिपल्ट सुटिङ जानुछ भने पनि खाना बनाएर फ्रीजमा राखेर जानुपर्थ्यो । यस झगडामा कुनको कानको जाली फुट्ने गरि हानेको आरोप छवि माथी छ । छवि भने यो कुरालाई स्विकार्दैनन तर शिल्पालाई डाक्टरले केही दिन स्पिकर बजेको स्थान नजिक नबस्न सुझाव दिएका छन । अहिले शिल्पा आफ्नो दाईको घरमा छिन । उनिहरु बिच प्रहरी समक्ष सहमती गरेपनी संगै बसेका छैनन । यतिबेला शिल्पाले डिभोर्स पेपर अघि बढाएको बताएकी छिन ।

यस अन्तबार्ता पछि आधा (करिव १२ बजे राती) छबिले शिल्पालाई सम्बोधन गर्दै आफ्नो फेसबुकमा एउटा लामो स्टाटस लेखे । जसमा उनले यस्तो लेखेका थिए :

 

शिल्पा जि,
मैले ५२ बर्षको उमेरमा ३ जना श्रीमती सङ सम्बन्ध बिच्छेद भईसकेपछि तपाईं सङ चाहिँ जिन्दगि बिताउन सक्छु होला भनेर जिन्दगिका सब थोक कम्प्रमाइज गरेर माया गरेर बिहे गरेको श्रीमती हो तपाईं l छातिमा हात राखेर आज एक्छिनलाई आफैलाई नढाटी सम्झनुस तपाइले लगाएका कति आरोपहरु सत्य छन ?

 

यदि तपाईं पनि आफुलाइ सच्याएर अझै मेरो श्रीमती, तपाइले बिहे गर्ने बेलामा आस्वासन दिलाए जस्तै मेरो बुढेसकालको सहारा बनेर बस्न सक्नुहुन्छ भने, म पनि मेरा कमि कमजोरीहरु सच्याएर गान्धीबादी भएर बस्न सक्छु । अरुको कुरा नसुन्नुस, आउनुस हाम्रो घरको ढोका सधै तपाईंको लागि खुल्ला छ । हैन र यदि तपाइ साच्चै म सङ बस्न सक्नु हुन्न भने पनि एक पटक म सङै आएर टेबलमा कुरा गर्नुस ।

 

मेरो ईतिहास पल्टाएर हेर्नुस आज सम्म मैले कुनै पनि श्रीमतिलाई अन्यायमा पारेको छैन । तपाइलाइ पनि पार्दिन । मैले बिगत ३ दिन देखि तपाइलाइ सम्पर्क गरेर भेट्न खोज्दा पनि तपाइलाई अब मेरो वकिलले भेट्छ भन्नू भयो । म फेरि पनि भन्दैछु, सन्सारको कुनै पनि अदालतमा जानू पर्दैन । छबी ओझाको अदालतमा सिधै आउनुस । तपाइले न्याय पाउनु हुन्छ ।
शुभरात्री ।

 

कसको गल्ती
धेरै ब्यक्तिले शिल्पालाई दोशी देखाए । पैसाको लागि बिबाह गरेको, उमेर नमिल्ने संग बिबाह गरेको कारण यस्तो अबस्था आएको जस्ता टिकाटिप्पणी गरेका छन । उनले अन्तरबार्तामा रुदै आफ्नो समस्या नबुझेको, धेरैले नराम्रा नराम्रा कमेन्ट गरेकोमा चित्त दुखाईन । थोरैले भएपनी आफ्नो समस्या बुझेको मा नै उनले चित्त बुझाईन । यस बिषयमा चर्चित अभिनेत्री, गायिकाहरुले बोले । मिडियामा पोखिएको शिल्पाको रोदन र भनाई अनुसार शिल्पा अन्यायमा परेको देखिन्छ तर यसको बास्तबिकता के हो छवि-शिल्पालाई मात्र थाहा छ ।

 

छबिले रमाईलो छ मा दिएको अन्तरबार्तामा “शिल्पाले बिबाह गर्छु भनेकै कारण जबर्जस्ती रेखालाई डिभोर्स दिएको, शिल्पाले ४० बर्षको करियर बिगर्न लागेको” बताएका छन । उनले शिल्पालाई आफुले बोलेको कुन कुन कुरा सत्य छ मनन गर्न समेत सुझाव दिए । शिल्पाले डिभोर्स पेपर फाईल गरिसकेको बताएकी छिन । तर छवि शिल्पालाई डिभोस नदिने, अन्तिम बिबाह नै शिल्पासङ भएको बताए ।

 

मिडियामा पोखिएको शिल्पाको रोदन र भनाई अनुसार शिल्पा अन्यायमा परेको देखिन्छ । तर वास्तविक भित्री कुरा के छ छबी-शिल्पालाई नै थाहा छ । जे होस घरेलु हिंसा कसैले नगरौ । सकेसम्म शिल्पा, छबिको सम्बन्ध फेरीपनी राम्रो बनोस ।

 

 

प्रतिक्रिया दिनुहोस
नेकपा एसका ५ सांसदसहित १३४ केन्द्रीय सदस्य पार्टी फुटाउने पक्षमा

    अध्यादेशबाट बनेको नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरू राजनीतिक दल विभाजन सहज

नेकपा एस एकढिक्का छ : माधव नेपाल

    नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी अरुमा विलीन हुन लागेको

पार्टीको परीक्षण निर्वाचनले गर्छ, सामाजिक सञ्जालले होइन : शंकर पोखरेल

     नेकपा एमालेका महासचिव शंकर पोखरेलले अन्य पार्टीका नेता-कार्यकर्तालाई एमालेको चिन्ता नलिन

हेटौँडा-कुलेखानी-सिस्नेरी-काठमाडौँ सडक खुल्यो

    हेटौँडा–काठमाडौँलाई जोड्ने हेटौँडा–कुलेखानी–फाखेल–सिस्नेरी–काठमाडौँ सडकमा दुईतर्फी नै यातायात सञ्चालनमा आएको छ ।