मैले कुनै पनि श्रीमतिलाई अन्यायमा पारेको छैन भन्दै छवि ओझाले शिल्पालाई लेखे यस्ताे पत्र



हाम्रो इकोनोमि

 

चलचित्र निर्माता छवि ओझा र उनकी श्रीमती तथा नायिका शिल्पा पोखरेलाई घर फर्कन आग्रह गरेका छन् ।

निर्माता ओझाले सोमबार राती सामाजिक संजाल फेसबुकमा एक पत्र लेख्दै नायिका सिल्पालाई घर फर्कन आग्रह गरेका हुन् ।

छवि ओझाले शिल्पासँग सम्पर्क गर्न खोजपछि शिल्पाले भने छविसँग बोल्न नचाहेको पत्रमा उल्लेख छ।

शिल्पालाई भेटन निकै कोशीस गरेपनि सम्पर्क हुन नसकेपछि छवि ओझाले सन्सारको कुनै पनि अदालतमा जानू पर्दैन । छबी ओझाको अदालतमा सिधै आउनुस भनी अनुरोध गरेका छन् ।

छवि ओझा र उनकी श्रीमती तथा नायिका शिल्पा पोखरेलबीच बोलचाल बन्द भएको छ । प्रहरीकहाँ सहमति भएको भनिएपनि शिल्पा भने छविको घर फर्केकी छैनन् ।

शिल्पाले सम्बन्धविच्छेदका लागि तयारी गरिरहेको बुझिन्छ ।

 

शिल्पा जि,
मैले ५२ बर्षको उमेरमा ३ जना श्रीमती सङ सम्बन्ध बिच्छेद भईसकेपछि तपाईं सङ चाहिँ जिन्दगि बिताउन सक्छु होला भनेर जिन्दगिका सब थोक कम्प्रमाइज गरेर माया गरेर बिहे गरेको श्रीमती हो तपाईं छातिमा हात राखेर आज एक्छिनलाई आफैलाई नढाटी सम्झनुस तपाइले लगाएका कति आरोपहरु सत्य छन ?

यदि तपाईं पनि आफुलाइ सच्याएर अझै मेरो श्रीमती, तपाइले बिहे गर्ने बेलामा आस्वासन दिलाए जस्तै मेरो बुढेसकालको सहारा बनेर बस्न सक्नुहुन्छ भने, म पनि मेरा कमि कमजोरीहरु सच्याएर गान्धीबादी भएर बस्न सक्छु ।

अरुको कुरा नसुन्नुस, आउनुस हाम्रो घरको ढोका सधै तपाईंको लागि खुल्ला छ । हैन र यदि तपाइ साच्चै म सङ बस्न सक्नु हुन्न भने पनि एक पटक म सङै आएर टेबलमा कुरा गर्नुस ।

मेरो ईतिहास पल्टाएर हेर्नुस आज सम्म मैले कुनै पनि श्रीमतिलाई अन्यायमा पारेको छैन । तपाइलाइ पनि पार्दिन ।

मैले बिगत ३ दिन देखि तपाइलाइ सम्पर्क गरेर भेट्न खोज्दा पनि तपाइलाई अब मेरो वकिलले भेट्छ भन्नू भयो ।

म फेरि पनि भन्दैछु, सन्सारको कुनै पनि अदालतमा जानू पर्दैन । छबी ओझाको अदालतमा सिधै आउनुस । तपाइले न्याय पाउनु हुन्छ ।

 

प्रतिक्रिया दिनुहोस
संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...