मैले कुनै पनि श्रीमतिलाई अन्यायमा पारेको छैन भन्दै छवि ओझाले शिल्पालाई लेखे यस्ताे पत्र



हाम्रो इकोनोमि

 

चलचित्र निर्माता छवि ओझा र उनकी श्रीमती तथा नायिका शिल्पा पोखरेलाई घर फर्कन आग्रह गरेका छन् ।

निर्माता ओझाले सोमबार राती सामाजिक संजाल फेसबुकमा एक पत्र लेख्दै नायिका सिल्पालाई घर फर्कन आग्रह गरेका हुन् ।

छवि ओझाले शिल्पासँग सम्पर्क गर्न खोजपछि शिल्पाले भने छविसँग बोल्न नचाहेको पत्रमा उल्लेख छ।

शिल्पालाई भेटन निकै कोशीस गरेपनि सम्पर्क हुन नसकेपछि छवि ओझाले सन्सारको कुनै पनि अदालतमा जानू पर्दैन । छबी ओझाको अदालतमा सिधै आउनुस भनी अनुरोध गरेका छन् ।

छवि ओझा र उनकी श्रीमती तथा नायिका शिल्पा पोखरेलबीच बोलचाल बन्द भएको छ । प्रहरीकहाँ सहमति भएको भनिएपनि शिल्पा भने छविको घर फर्केकी छैनन् ।

शिल्पाले सम्बन्धविच्छेदका लागि तयारी गरिरहेको बुझिन्छ ।

 

शिल्पा जि,
मैले ५२ बर्षको उमेरमा ३ जना श्रीमती सङ सम्बन्ध बिच्छेद भईसकेपछि तपाईं सङ चाहिँ जिन्दगि बिताउन सक्छु होला भनेर जिन्दगिका सब थोक कम्प्रमाइज गरेर माया गरेर बिहे गरेको श्रीमती हो तपाईं छातिमा हात राखेर आज एक्छिनलाई आफैलाई नढाटी सम्झनुस तपाइले लगाएका कति आरोपहरु सत्य छन ?

यदि तपाईं पनि आफुलाइ सच्याएर अझै मेरो श्रीमती, तपाइले बिहे गर्ने बेलामा आस्वासन दिलाए जस्तै मेरो बुढेसकालको सहारा बनेर बस्न सक्नुहुन्छ भने, म पनि मेरा कमि कमजोरीहरु सच्याएर गान्धीबादी भएर बस्न सक्छु ।

अरुको कुरा नसुन्नुस, आउनुस हाम्रो घरको ढोका सधै तपाईंको लागि खुल्ला छ । हैन र यदि तपाइ साच्चै म सङ बस्न सक्नु हुन्न भने पनि एक पटक म सङै आएर टेबलमा कुरा गर्नुस ।

मेरो ईतिहास पल्टाएर हेर्नुस आज सम्म मैले कुनै पनि श्रीमतिलाई अन्यायमा पारेको छैन । तपाइलाइ पनि पार्दिन ।

मैले बिगत ३ दिन देखि तपाइलाइ सम्पर्क गरेर भेट्न खोज्दा पनि तपाइलाई अब मेरो वकिलले भेट्छ भन्नू भयो ।

म फेरि पनि भन्दैछु, सन्सारको कुनै पनि अदालतमा जानू पर्दैन । छबी ओझाको अदालतमा सिधै आउनुस । तपाइले न्याय पाउनु हुन्छ ।

 

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...