नेकपा नेताहरुको कार्यविभाजन टुंगियो, जिल्ला इन्चार्ज र बिभाग प्रमुख आजै घोषणा



हाम्रो इकोनोमि

 

एकताको १४ महिनापछि |नेकपाले नेताहरुको कार्यविभाजनलाई अन्तिम टुंगोमा पुरयाएको छ ।

सोमबार दिनभर नेताहरुको कार्यविभाजनलाई लिएर प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको छ । छलफलपछि नेताहरुको कार्यविभाजन अन्तिम टुंगोमा पुगेको छ ।

पुरानैलाई जिल्ला इन्चार्जको जिम्मेवारी दिन नेताहरु सहमत भएपछि सहइन्चार्जमा भने सहमति जुटेको थिएन । एउटा जिल्लामा दुई जना सहइन्चार्ज राख्ने प्रस्ताव महासचिव बिष्णु पौडेलले गरेका थिए ।

तर महासचिवको प्रस्तावमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालले भने असहमति जनाएका थिए ।

सोमबार दिउँसो बसेको चार नेताको बैठकले सहइन्चार्जका बिषयमा पनि टुंगो लगाएको छ । अध्यक्षद्धय केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, महासचिव पौडेल र सचिवालय सदस्य रामबहादुर थापा बादलले दिनभर नेताहरुको कार्यविभाजनमा छलफल गरेका थिए । छलफलपछि नेताहरु सहमतिमा पुगेको स्रोतले बताएको छ ।

चार नेताबीच भएको सहमतिलाई आजै अन्तिमरुप दिने तयारी गरिएको छ । नेकपा सचिवालय बैठक बसेर आजै नाम घोषणा गर्ने तयारी गरिएको बालुवाटार स्रोतले बताएको छ ।

जिल्ला इन्चार्ज, पाटीको बिभाग र संगठन विभागको घोषणा हुने भएको छ ।

नेकपाभित्र जिल्ला इन्चार्ज र संगठन विभाग प्रमुख निकै पेचिलो बनेको थियो । पुरानैलाई जिल्ला इन्चार्ज बनाउने सहमति भएपछि विवाद सकिएको छ ।

तर संगठन विभागको प्रमुखमा भने तीन नेताको दावी सशक्त नै छ । संगठन विभागमा महासचिव बिष्णु पौडेल, सचिवालय सदस्य बामदेव गौतम र रामबहादुर थापाले दावी गरिरहेका छन् ।

अध्यक्ष ओली महासचिव बिष्णु पौडेलका पक्षमा छन् भने दाहाल बामदेव गौतमका पक्षमा उभिएका छन् । तर ओलीले बादलको नाम प्रस्ताव गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...