छालामा विभिन्न डल्ला आएर हैरान हुनुहुन्छ यो हो डल्ला हटाउने घरेलु उपायहरु



हाम्रो इकोनोमि

 

 

मान्छेको शरीरमा ससाना डल्ला जुनसुकै ठाउँमा पनि हुनसक्छ । कसैकोमा एउटा मात्र होला भने कसैकोमा सयवटा डल्ला होलान् । यी डल्ला हेर्दा डरलाग्दा देखिन्छन् तर यिनले खासै हानि गर्दैनन् । सौन्दर्यलाई भने यिनीहरूले बिगार्छन् । सौभाग्यवश, यस्ता डल्ला घरै बसेर हटाउन सकिन्छ । चुक अमिलोले यी डल्ला हटाउन मद्दत गर्छन् । एप्पल साइडर भिनेगर (स्याउबाट बनेको चुक अमिलो) ले सजिलै डल्ला हटाइदिन्छ । यसका लागि तपाईंले कपास चुक अमिलोमा डुबाउनुस् । त्यसपछि यसलाई छालाका डल्लामा दिनको दुईतीनचोटि घोट्नुस् ।

यो प्रक्रिया दिनदिनै दोहो-याउनुभयो भने डल्लाको रंग परिवर्तन हुन्छ र आफैं झरेर जान्छ । यसो हुन लगभग एक हप्ता लाग्छ (अलिक बढी पनि लाग्न सक्छ) । त्यसैले धैर्य गर्नु जरूरी हुन्छ । मान्छेमा छालाका डल्ला पलाउनु सामान्य कुरा हो । यी हानिरहित डल्ला छालाबाट झुण्डिएका साना र नरम बेलूनजस्ता देखिन्छन् । पुरुष र महिला दुवैमा छालाको डल्लो हुन सक्छ । प्रायः मोटा मान्छेमा छालाको डल्ला निस्कन्छन् । कुनै कुनै डल्ला आफैं झर्छन् भने कुनै चाहिँ रहिरहन्छन् । यिनलाई मेडिकल भाषामा एक्रोकोर्डन भनिन्छ ।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...