पहिल्यै छोराछोरी भएकी बिमकलाले किन चोरिन् बच्चा, फिल्मी कथा जस्तो छ कारण



हाम्रो इकोनोमि

 

 

शुक्रबार दिउँसो पाल्पाको प्रभासस्थित लुम्बिनी मेडिकल कलेजबाट जन्मेको ४घण्टामै नवजात शिशु चोरी भयो।एक महिलाले ती शि*शुलाई लिएर भागेको पाइएपछि उनको खोजी तीब्र बनाइयो। खोजीका क्रममा प्रहरीले शनिबार बिहान स्याङजाबाट बिमकला पाण्डेलाई पक्राउ गर्यो । बिमकला अधबैंसे महिला हुन् र उनका छोराछोरी पनि छन् ।

छोराछोरी भइसकेकी महिला बिमकलाले बच्चा किन चो*रिन् त? यसको कारण कुनै फिल्मी कथाभन्दा कम छैन।

स्याङजाको गल्याङ नगरपालिका मोहनडाँडा घर भएकी बिमकला विवाहित हुन् र उनका सन्तान छन्। तर, उनका सन्तान जन्माउने श्रीमानको मृ*त्यु भइसकेको छ । श्रीमानको मृ*त्यु भएपछि बिमकलाले एक वर्षअघि दाङका एक युवकसँग प्रे*मविवाह गरेकी थिइन् ।

उनका दोस्रा पति वैदेशिक रोजगारीका लागि गएका छन् । सामाजिक संजालबाट प्रेम भएपछि उनीहरुले बिहे गरेका हुन्।

बिमकला कालीगण्डकी ए जलविद्युतको परियोजना कार्यालय मिर्मीमा सफाइ कर्मचारीको रुपमा कार्यरत कर्मचारी हुन् र उनी त्यहीँ कर्मचारी क्वाटरमै बस्छिन् । बिमकलाले झण्डै ८–९ महिना अघिदेखि आफू ग*र्भवती भएको बताएकी थिइन् ।

उनका छिमेकीहरुले पनि उनी ग*र्भवती भएको विश्वास गरेका थिए किनकि छिमेकीहरुले उनको पेट बढेको देखेका थिए ।

सम्भवतः उनले पेटमा कपडा राखेर पे*ट बढाएकी थिइन। उनले विदेश गएका श्रीमानलाई पनि आफू ग*र्भवती भएको बताएकी थिइन्। उन ले सबैलाई आफू ग*र्भवती भएको भने पनि उनी वास्तवमा ग*र्भवती भने थिइनन् ।

सम्भवतः उनले दोस्रो बिहे गरेका श्रीमानले आफूलाई नछोडुन् र छोडीहाले पनि उनको सम्पत्तिको हकदार आफूसँग भए पछि सम्पत्ति हात पार्न सकुँ भन्ने उद्देश्यले आफू गर्भवती भएको बताएको अनुमान गरिएको छ। बिमकला ग*र्भवती हुन चाहेको तर नसकेको ले ग*र्भवती भएको नाटक गरेको हुनसक्ने पनि अनुमान छ । ग*र्भवती भएको हल्ला चलाएकी बिमकलाको यो हल्ला अब चल्नेवाला थिएन ।

उनले चलाएको हल्ला अनुसार बच्चा जन्मिने बेला भइसकेको थियो तर उनी ग*र्भवती नै थिइनन्। त्यसैले आफू ग*र्भवती भएको र ब*च्चा जन्माएको प्रमाणित गर्न उनी ब*च्चाको खोजीमा आएकी थिइन्। उनी ४–५ दिनदेखि अस्पतालको सु*त्केरी वार्डमा बसिरहेको त्यहाँ भएका बिरामी र कुरुवाहरुले बताए अनुसार उनी त्यहाँ बच्चा चोर्ने नियतले नै आएकी थिइन् । उनले ब*च्चा चोर्ने उचित मौका नपाउँदासम्म दाउ हेर्दै झण्डै ४ दिन बसिन् । जब मौका पाइन्, उनी ब*च्चा लिएर फ*रार भइन् ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...