मिर्गौला जोगाउन हामीले यी ३ कुरा अनिवार्य छाड्नैपर्छ



हाम्रो इकोनोमि

 

 

अहिले व्यस्त जीवनशैली र सही खानपान नहुनुको असर प्रत्यक्ष रुपमा हाम्रो स्वास्थ्यमा परिरहेको छ । पछिल्लो समय मुटुसम्बन्धी रोग, मोटोपना र डायबिटिजका साथै मिर्गौलासम्बन्धी समस्या पनि तिव्र रुपमा बढिरहेको छ । मिर्गौला स्वस्थ राख्न रेनल डाइट आवश्यक मानिन्छ ।

 

रेनल डाइट यस्तो खाना हो, जसमा सोडियम, फस्फोरस र प्रोटिनको मात्रा केही कम हुन्छ । यस डाइटले रगतमा विकार तत्वको मात्रा कम गर्छ, जसले मिर्गौलाको भार घटाउँछ, र मिर्गौला स्वस्थ राख्न मद्दत गर्छ । खानामा यी तीन चिज कटौती गर्दा तपाईंको खाना रेनल डाइट बन्न सक्छ–

 

नुन : नुनमा प्रचुर मात्रामा सोडियम पाइन्छ । सोडियम शरीरका लागि आवश्यक तत्व हो, तर यसको बढी मात्रा मिर्गौलाका लागि सबैभन्दा ठूलो खतरा हो । प्रायः नेपालीको भान्सामा नुनको प्रयोग आवश्यकताभन्दा बढी नै हुन्छ ।

 

त्यसैले, मिर्गौलाको सुरक्षाका लागि खानामा नुनको मात्रा घटाउनु आवश्यक छ । यसले मिर्गौलासम्बन्धी अधिकांश रोगको जोखिम घटाउँछ । स्वादका लागि नुनको सट्टा भिनेगार, कागती, टिमुरजस्ता विकल्पको प्रयोग गर्न सकिन्छ ।

प्रोसेस्ड र जंक फुड : प्रशोधित र प्याकेटमा राखिएका खाद्यपदार्थ (प्रोसेस्ड र जंक फुड) मिर्गौलाका लागि हानिकारक हुन्छन् । यी खाद्यपदार्थको सेवन गर्न छोड्नु मिर्गौलासम्बन्धी स्वास्थ्यका लागि महत्वपूर्ण कदम हो ।

प्रचुर मात्रामा पोटासियम हुने खाद्यवस्तु : शरीरका लागि पोटासियम निकै महत्वपूर्ण तत्व हो । तर, यसको मात्रा आवश्यकताभन्दा माथि हुनु भने राम्रो होइन । जब मिर्गौला सही ढंगले काम गर्दैन, रगतमा पोटासियमको मात्रा बढ्छ ।

 

यसबाट मुटुको धड्कनमा असर पर्छ, र हृदयघातको सम्भावना बढ्छ । त्यसैले, प्रचुर मात्रामा पोटासियम पाइने केरा, सुन्तला, जुनार, आलु, ब्रोकाउली, बन्दा, च्याउ, काजु, बदाम, सखरखण्ड, आँपजस्ता खाद्यवस्तु ज्यादा सेवन मिर्गौलाका लागि जोखिम बन्न सक्छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...