बुधबारदेखि महँगिदै इन्टरनेट, कति रकम थपिन्छ ?



हाम्रो इकोनोमि

 

बुधबारदेखि इन्टरनेट महँगिने भएको छ । इन्टरनेट सेवामा १३ प्रतिशत दूर सञ्चार सेवा शुल्क (टीएनसी) लाग्ने भएपछि इन्टरनेट महँगिने भएको हो।

संघीय संसदबाट पारित आर्थिक विधेयकमा टेलिफोन, मोबाइल इन्टरनेट सेवा प्रदायकबाट १३ प्रतिशत रकम दूरसञ्चार सेवा शुल्कवापत संकलन गर्ने व्यवस्था गरेसँगै उपभोक्तामाथि शुल्कको भाग बढ्ने भएको हो ।

यसअघि इन्टरनेटमा टीएससी सम्बन्धी प्रावधान नभएपनि आर्थिक विधेयकले १३ प्रतिशतको अतिरिक्त भार थपिदिएको छ । यसै आर्थिक वर्षदेखि टीएससीको व्यवस्था गरिएको थियो ।

तर सबैतिर विरोध भएपछि सरकार र इन्टरनेट सेवा प्रदायक कम्पनीबीच सहमति भएको थियो । जसका कारण उपभोक्तामाथि शुल्कको भार परेको थिएन ।

तर, सरकारले सहमति पालना नगरी जेठ १५ को बजेटमा पनि यसलाई निरन्तरता दिएपछि आगामी आर्थिक वर्षको सुरुवाटै अतिरिक्त शुल्न लिने भन्दै कम्पनीहरुले सेवाग्राहीलाई जानकारी गराएका छन। हाल ग्राहकले जुन प्रकारको सेवामा जति शुल्क तिर्दै आएका थिए, बुधबारदेखि त्यही बिलिङमा १३ प्रतिशत अतिरिक्त शुल्क थपिएर आउने छ ।

अर्थात तपाईले मासिक १५ सय तिर्ने गर्नुभएको छ भने अब तपाईले १६९५ तिर्नुपर्ने हुन्छ । तर सरकारले भने कुनै हालतमा पनि इन्टरनेटको रकम थप नहुने बताउँदै आएको छ। सञ्चार एवं सूचना प्रविधि मन्त्रालयले इन्टरनेट प्रदायकहरुको माग मध्ये धेरै सम्बोधन भइसकेको र केही प्रकृयामा रहेको भन्दै रकम थप नहुने दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...