को हुन् त यी शरीरमा ५ केजी सुन लगाउने अनौठा व्यक्ति



हाम्रो इकोनोमि

 

 

मान्छेका शौख र ईच्छाहरु पनि अचम्मका हुने गर्छन् । त्यस्तै मध्ये एकजना भारतीय युवा जसले आफ्नो शरीरभरि सुन लगाएर हिड्ने गर्छन् । सुन्दा अपत्यारिलो लाग्न सक्छ । तर यथार्थ भने यही हो ।

 

इन्डिया टुडेका अनुसार, भारतका एक मध्यम वर्गीय परिवारका प्रशान्त लक्ष्मण सप्कलले शरीरका लगभग सम्पूर्ण भागमा सुनको प्रयोग गरेर सबैलाई चकित पारेका छन् ।

 

उनी व्यापारी हुन् भने गरिब मानिसहरुका लागि एक संस्थाद्धारा कल्याणकारी कार्य गर्दछन् । उनी भन्छन्, “सुनसँग मेरो सानैदेखिको अधिकतम लगाव तथा मोह थियो ।”

 

उनी सधैँ लगभग कम्तीमा ५ केजी सुन लगाएर हिड्ने गर्छन् । उनको निकै महँगो स्पोर्टस् जुत्तामा स्टडहरु समेत सुनको छ, दशै औँलामा औँठी छन्, हातमा सुनकै बाला, घाँटीमा बाक्लो सिक्री, एउटा सुनको घडी र आइफोनको कभर पनि सुनकै छ ।

उनले सन् २०१८ देखि यसरी सुनको प्रयोग गरेर हिँड्न थालेका हुन् । उनी जहाँ जान्छन् त्यहाँ आकर्षणका केन्द्रविन्दु बन्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...