को हुन् त यी शरीरमा ५ केजी सुन लगाउने अनौठा व्यक्ति



हाम्रो इकोनोमि

 

 

मान्छेका शौख र ईच्छाहरु पनि अचम्मका हुने गर्छन् । त्यस्तै मध्ये एकजना भारतीय युवा जसले आफ्नो शरीरभरि सुन लगाएर हिड्ने गर्छन् । सुन्दा अपत्यारिलो लाग्न सक्छ । तर यथार्थ भने यही हो ।

 

इन्डिया टुडेका अनुसार, भारतका एक मध्यम वर्गीय परिवारका प्रशान्त लक्ष्मण सप्कलले शरीरका लगभग सम्पूर्ण भागमा सुनको प्रयोग गरेर सबैलाई चकित पारेका छन् ।

 

उनी व्यापारी हुन् भने गरिब मानिसहरुका लागि एक संस्थाद्धारा कल्याणकारी कार्य गर्दछन् । उनी भन्छन्, “सुनसँग मेरो सानैदेखिको अधिकतम लगाव तथा मोह थियो ।”

 

उनी सधैँ लगभग कम्तीमा ५ केजी सुन लगाएर हिड्ने गर्छन् । उनको निकै महँगो स्पोर्टस् जुत्तामा स्टडहरु समेत सुनको छ, दशै औँलामा औँठी छन्, हातमा सुनकै बाला, घाँटीमा बाक्लो सिक्री, एउटा सुनको घडी र आइफोनको कभर पनि सुनकै छ ।

उनले सन् २०१८ देखि यसरी सुनको प्रयोग गरेर हिँड्न थालेका हुन् । उनी जहाँ जान्छन् त्यहाँ आकर्षणका केन्द्रविन्दु बन्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड नबिल बैंकलाई

     नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन...

मिराज ढुंगाना समूहले गर्‍यो ‘संयुक्त जेन-जी’ आन्दोलनको घोषणा

    मिराज ढुंगाना नेतृत्वको जेन-जी समूहले भोलिदेखि देशव्यापी ‘संयुक्त जेन-जी’ आन्दोलन घोषणा...

जेनजी फ्रन्टले बनायो सल्लाहकार परिषद्

    रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले सल्लाहकार परिषद् गठन गरेको छ ।...

राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्छ : महेश बर्तौला

    विघटित प्रतिनिधि सभामा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संवैधानिक कमजोरी...