टिकटकले लियो ज्यान,यस्तो सम्म भयो भिडियो बनाउँदा सावधान ।।।



हाम्रो इकोनोमि

 

 

पछिल्लो समय टिकटक निकै लोकप्रिय भैरहेको छ र टिकटकमा झुम्मिनेहरुको संख्या बढिरहेको छ ।

तर टिकटकको लत बढेसँगै यसले पार्ने समस्याहरुमा पनि बढोत्तरी भैरहेको छ । टिकटकको क्रेजले पछिल्लो पटक एकजनाको ज्यान लिएको छ

 

घटना भारतको हो । टिकट भिडियो बनाउने क्रममा भारतको हैदरवादमा एकजनाको मृत्यु भएको छ । टिकटक भिडियो बनाउने क्रममा तालमा खसेर उनको मृत्यु भएको हो ।

बुधबार हैदरादको मेदचाल जिल्लास्थित डुलापाल्ली तालमा उक्त घटना भएको हो ।

नरसिंह नाम गरेका ती युवक टिकटकमा भिडियो रेकर्ड गर्ने क्रममा तालमा खसेको थिए ।

उनले तालको छेउँमा उभिएर अभिनय गरिरहेका थिए भने उनका साथीले भिडियो खिचिरहेका थिए । त्यसक्रममा उनी चिप्लिएर तालको गहिराइमा खसेको बताइएको छ ।

उनी पौडी खेल्न नजान्ने भएको हुँदा बाहिर निस्किन नसकेको र उनको मृत्यु भएको समाचारमा उल्लेख छ । बिहिबार मात्र प्रहरीले उनको लास तालबाट निकालेको थियो ।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...