कोरियाली कामदारको ज्याला बढ्यो, मासिक १७ लाख ९५ हजार पाउने
दक्षिण कोरियाले न्यूनतम पारिश्रमिक बृद्धि गरेको छ। बढेको ज्याला कार्यान्वयनमा आउनका लागि संसदबाट पारित हुनुपर्नेछ।
अगस्ट ५ को संसदले पारित गरेमा श्रमिकले आगामी बर्षको जनवरीदेखि डिसेम्बरसम्मको ज्याला २ दशमलब ९ प्रतिशत बढ्ने श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ।
न्यूनतम पारिश्रमिक बृद्धि भएसँगै ईपीएसमार्फत कोरिया आएर कार्यरत ३३ लाख बढी कामदार लाभान्वित हुने छन्।
सरकार, मजदुर संगठन र व्यवसायीका प्रतिनिधीबीच विहीबार भएको १३ घन्टा लामो छलफल निष्कर्षमा नपुगेपछि मतदानमार्फत तलब बृद्धिको निर्णय भएको हो भन्ने खबर कान्तिपुर दैनिकमा छ।
ज्याला बृद्धि भएसँगै साताको न्यूनतम ४० घन्टा नघटाई मासिक २०९ घन्टा काम गर्ने श्रमिकले १७ लाख ९५ हजार ३ सय १० वन अर्थात १ लाख ६६ हजार ७ सय ७१ रुपैंयाँ पाउने छन् ।


