विश्वका सय करोड हिन्दूको तागत प्रयोग गरेर ‘नेपाललाई हिन्दु राष्ट्र’ बनाएरै छोड्छौ – मुख्यमन्त्री योगी आदित्यनाथ
भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको नेपाल केन्द्रीत अभिव्यक्ति बेला–बेला निक्कै चर्चामा आउँछ । अहिले भारतिय चर्चित सञ्चार माध्यम भास्कर दैनिकले उनीसँगको अन्र्तवार्ता छापेको छ । अन्र्तवार्तामा योगीले भनेका छन् । दुनियाँको सबै तागत लगाएर भएपनि नेपाललाई हिन्दू राष्ट्र नै कायम गरिनेछ ।
मुख्यमन्त्री आदित्यनाथले नेपाललाई हिन्दू राष्ट्रका रुपमा फर्काउँन विश्वभरी सबै हिन्दुहरुको तागत केन्द्रीत हुने उनको विश्वास छ । ढिलो चाँडो भन्ने त्यस्तै हो तर विश्वमा सय करोड भन्दा बढी हिन्दुहरु छन् । ति सबै नेपाल केन्द्रीत गराउँने हो भने नेपालपनि हिन्दु राष्ट्र बन्न तयार हुनुपर्छ । किनकी त्यो नै नेपालकोपनि हित हुनेछ उनले भनेका छन् ।
‘हरेक देशको आफ्नै पहिचान हुन्छ। नेपालकोे पहिचान हिन्दु राष्ट्रकै रुपमा रहेको छ । ‘विश्वका हिन्दूले नेपाललाई हिन्दू राष्ट्रका रुपमा चिन्छन्। दुनियाँको भावनालाई समेट्न नेपाल तयार हुनेछ’, उनले दावीका साथ भनेका छन् । उनले राजनीतिक व्यवस्था बदलिन्छ । यो सामान्य सिद्धान्त हो । तर दुनियाँमा एकै झड्का धर्म कहिलै बदलिँदैन ।
अन्र्तवार्ताका रुपमा उनले दावीका साथ पत्रकारलाई भने तपाई लेखेर राख्नुहोस् । अझै सय करोडौ बर्ष नेपालमा हिन्दु धर्म घट्दैन । धर्म घट्ने कुरा नै हैन । जब धर्म घट्दैन । धेरै जनसंख्या हिन्दु नै छ भने मैले भनिरहनु पर्दैन त्यो एक दिन हिन्दु राष्ट्र कायम भएरै छोड्छ ।
नेपाल हिन्दू राष्ट्र हुँदा विश्वभरका हिन्दूको नेपालसँग भावनात्मक सम्बन्ध हुने र ३ करोड जनसंख्या भएको नेपालले विश्वका सय करोड हिन्दूको तागत प्रयोग गर्न सक्ने भएकाले नेपाली जनताका लागि यो नै ठूलो सौभाग्य भएको उनको टिप्पणी छ । नेपालले हिन्दू राष्ट्रमार्फत धार्मिक पर्यटनलाई विस्तार गर्न सक्ने प्रसस्त ठाँउ रहेकाले राजनीतिक दलहरुपनि हिन्दु राष्ट्र फर्काउनेमा सहमत हुनुपर्ने उनको विश्लेषण छ । ‘पशुपतिनाथ दर्शन कहाँ जाने, नेपाल।
मुक्तिनाथ कहाँ पर्छ नेपालमा, अन्य सांस्कृतिक धरोहर पनि नेपालमै छन्। विश्वका हिन्दूको यो तागतलाई धार्मिक पर्यटनको विकाससँग जोड्न सकिन्छ’, उनले भने। धर्म निरपेक्षतालाई ब्रिटेनले समेत नमानेको उदाहरण दिँदै उनले थपे, ‘ब्रिटेनका प्रधानमन्त्री बाइबलमा सपथ खान्छन्। धर्मनिरपेक्ष भने पनि त्यो देशको पहिचान कहीँ न कहीँ धर्मसँग जोडिन्छ। विश्वकै पुरानो प्रजातान्त्रिक मुलुक ब्रिटेनमा समेत यस्तो अवस्था छ, नेपाल त हिन्दू बाहुल्य देश हो।’ नेपालले हिन्दू राष्ट्रको एजेण्डामा पुनर्विचार गर्नेमा म ढुक्क छु ।
मुख्यमन्त्री आदित्यनाथले नेपालको सुख र समृद्धिको अभियानमा भारतको सदैव साथ रहने बताए। नेपाल र भारतबीच साझा सांस्कृतिक विरासत रहेको भन्दै उनले नेपाली मुलको व्यक्ति आफूहरुको सबैभन्दा विश्वसनीय मित्र भएको टिप्पणी गरे। ‘भारतबाटै छुट्टिएको पाकिस्तान, बंगलादेशका नागरिकसँग त्यति निकटता छैन्, जति नेपालसँग छ।
यो किन भयो भन्दा नेपाल र भारतको आत्मा एउटै, विरासत एउटै, आस्था एउटै छ।’ आफूहरुले नेपाली नागरिकलाई परिवारको सदस्यका रुपमा लिने गरेको भन्दै मुख्यमन्त्री योगीले साझा सांस्कृतिक विरासतले हरेक भारतीय र नेपालीलाई भावनात्मक रुपमा जोडेको उल्लेख गरे।
योगीले नेपाल र भारत मिलेर अघि बढे एसियामा एक ताकत हुने जिकिर गरे। उनले थपे दुनियाँ हाम्रो शक्ति देखेर चकित हुने थियो । अझ नेपाल भूमी केन्द्रीत गरेर विश्वभरीका हिन्दुहरुलाई समेट्न सके विश्वको पहिलो शक्ति नै हामी बन्थ्यौँ । यो कुरा ढिलो चाँडो शासन सम्हालेका लोकतान्त्रिक शक्तिले बुझ्नेछन् उनले भने ।