रबि लामिछानेले गलत गरे ! शिल्पा-छबीको डिर्भाेस बारे बोलिन् यी युवती, आखिर को हुन् यिनी ?(भिडियो)



हाम्रो इकोनोमि

 

 

चलचित्र निर्माता छविराज ओझाले अबका दिनमा पत्नी एवं अभिनेत्री शिल्पा पोखरेललाई गाली गजौल तथा हातपात नगर्ने भनेर सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

अभिनेत्री शिल्पा पोखरेलले आफूलाई पति तथा श्रीमान् छविराज ओझाले हातपात गरेको भन्दै २२ असारमा महानगरीय प्रहरी परिसर काठमाडौंमा ओझाविरुद्ध उजुरी दिएकी थिइन् ।

प्रहरीको रोहवरमा भएको छलफलमा आफ्नै पत्नी शिल्पासँग विगतमा भएको झगडाको बारेमा पति छविराजले माफी मागे ।

छविराजले माफी माग्दै अबका दिनमा कुनै झैझगडा तथा हातपात नगर्ने भनेर पत्नीसँग मिलापत्र गरेपछि पछि उनीहरूको विवाद टुंगिएको हो । तर, अभिनेत्री शिल्पाले आफ्नो ज्यानको सुरक्षालाई ध्यानमा राख्दै तत्काल घर नफर्किने बताएकी छन् ।

राजधानीसँगको कुराकानीमा बुधबार शिल्पाका पति छविराजले आफूले पत्नी शिल्पालाई कुनै हातपात नगरेको सामान्य भनाभन मात्र भएको बताएका थिए ।
अभिनेत्री शिल्पाले आफूमाथि घरेलु हिंसा भएको दाबी गर्दै राजधानीसँग भनिन्, ‘गत असार ८ गते दुई जना साथीसँग म फिल्म हेर्न जान्छु भन्दा छविराज ओझाले मेरो गाल र कानमा हिर्काउँदा कानको जाली फुट्यो र गाला सुन्नियो ।

उहाँले मलाई मार्ने उद्देश्यले घाँटी थिचेपछि म फुत्किएर ज्यान बचाएर घरबाट भागेकी हुँ ।’

उनले अगाडि थपिन्, ‘मेरो ज्यानको सुरक्षा अहिले पनि नभएका कारण म अहिले नै घर फर्किन्नँ । वकिलसँग सल्लाह गरेर अब के गर्ने र कसरी म सुरक्षित हुने भन्ने ग्यारेन्टी गरेर मात्र अगाडीको कदम चाल्नेछु ।’

आफू घर कहिले फर्कने भन्ने अहिले नै निर्णय गर्ने अवस्था नरहेको र पहिला आफू घरेलु हिंसाबाट कसरी सुरक्षित हुने भन्नेबारे उपाय खोजिरहेको पनि यी अभिनेत्रीले राजधानीलाई बताइन् ।
रबि लामिछानेले गलत गरे ! शिल्पा-छबीको डिर्भाेस बारे बोलिन् यी युवती, आखिर को हुन् यिनी ?

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...