श्रीकृष्णको तस्बिर राख्न र जन्मदिनमा सेलिब्रेट गर्न छुट दिने मान्छे आए विवाह गर्छु : श्वेता खड्का



 

तपाईंसँग अझै लामो जीवन बाँकी छ । अबको यात्रा कसरी गर्नुहुन्छ ?

म आजका लागि बाँच्छु । आज जसरी पनि खुसी हुने प्रयत्न गर्छु । भोलि के हुन्छ, सोच्दै सोच्दिनँ । अरूले के भन्छ, सोच्छ पनि ख्याल गर्दिनँ । उहाँ (श्रीकृष्ण श्रेष्ठ)ले मलाई यसरी अधुरो बाटोमा छाडेर जानुहुन्छ भनेर कसरी थाहा हुन्छ ? श्रीकृष्ण श्रेष्ठसँग विवाह हुन्छ भनेर पनि थाहा थिएन नि । एक महिनामा फिक्स भएर विवाह भयो । इन्टरकास्ट, उमेरको ग्यापलगायत हरेक कुराले हाम्रो विवाह नहुनुपथ्र्यो । तर, भयो । भोलिको कुरा कसलाई के थाहा ?

 

हिजोको जीवन त सकियो । अबको दिनमा त नयाँ सपना र सोच चाहियो नि, होइन ?

पहिलाको श्वेता त उहाँले छाडेर गएको दिन नै जलेर मरिसकी । म अर्को श्वेता जन्मेकी हो । अहिले नयाँ जे पनि सोच्न सक्छु । मेरो जीवनमा जे पनि हुन सक्छ । पहिलाको जिन्दगीको त्यो गाडी, त्यो लुकिङ मिरर हेर्न छाडिसकेँ, जुन बाटोमा मेरा पछाडिका घटना देखिन्छन् । त्यही भएर म फ्रेस श्वेता हो । मैले फिल्म पनि बनाएँ र दर्शकको मन जितेँ । बस्ती पनि बनाउँदै छु । जे गर्दै छु, नयाँ गर्दै छु ।

 

तर, हामी त यादहरूमा बाँच्छौँ । फ्रेस श्वेताले विगतलाई कसरी सन्तुलनमा राख्लिन् ?

नसुक्ने घाउ, नमेटिने दाग त जीवनमा कति हुन्छन् कति । मेरो विवाह भएको दिन २३ असार हो । उहाँलाई खुबै मिस गरेँ । त्यो पल जुन दिन आउँछ, गाह्रो हुन्छ । कसैले उहाँको कुरा गरिदियो भने पनि एकदम गाह्रो हुन्छ । मैले बिर्सिएकी छैन । तर, अब बिर्सिएकी छैन भनेर अगाडि नबढ्ने कुरा पनि त हुन्न ।

 

अहिलेको जीवन पाउनुमा श्रीकृष्ण श्रेष्ठको भूमिका छ ?

श्वेता आज पीडा भुलेर पनि यति बलियो भएर हिँडेकी छे नि, मात्र उहाँको कारणले हो । मेरो बारेमा उहाँले दिनुभएको अन्तर्वार्ता अहिले पनि हेर्छु । मैले उहाँलाई बिजनेसमा प्रवेश गराएँ, उहाँले मलाई फिल्ममा प्रवेश गराउनुभयो । हामी दुवैजना दुवै फिल्डमा सफल भयौँ । उहाँले ‘केटी मान्छे घरमा सीमित भएको मन पर्दैन, केटाजस्तो हुनुपर्छ । केटा मान्छेले दशपटक कोसिस गर्दा नहुने काम केटी मान्छेको एउटा कोसिसले हुन्छ,’ भन्नुहुन्थ्यो । मलाई हरेक कुरामा उहाँले चलाख बनाउनुभयो । उहाँ मेरो इन्स्पिरेसन हो ।

 

अब पनि श्रीकृष्णलाई सम्झँदा आगामी जीवनमा नकारात्मक प्रभाव पर्दैन ?

हाम्रो समाज यति साँघुरो छ कि मजस्तीको पनि कुरा काट्छ । म एकल महिला । मलाई हेर्ने नजर अझै पनि राम्रो छैन । पहिला सिंगल हुनु र विवाहपछि सिंगल हुनुमा एकदम फरक छ । रमाइलो गर्दा, पार्टीमा जाँदा, केटा मान्छेहरूसँग यात्रा गर्दा, आफ्नो बिजनेस पार्टनरसँग मिटिङ गर्दा पनि प्रश्न उठाइन्छ । म उहाँहरूको छोरीजस्तो त हो । उहाँले छाडेर गए पनि मैले उहाँले चाहेको जस्तो जीवन जिउन सक्दिनँ ? उहाँ भइदिएको भए म अर्कै हुन्थेँ होला । अहिले म एकदम मजाले बाँच्न चाहन्छु । म मरेको भए के पाउँथेँ त ?

 

यदि भोलि विवाह भइहाल्यो भने श्रीकृष्ण श्रेष्ठलाई बिर्सनुहुन्छ ?

यदि मेरो विवाह भइहाल्यो भने उहाँलाई राख्ने स्पेस सिर्जना गर्न नसक्नेसँग हुँदैन । मेरो नयाँ घरमा पनि उहाँको तस्बिर राख्न पाउनुपर्छ । उहाँको जन्मदिन हरेक वर्ष सेलिब्रेट गर्न छुट दिने मान्छे आए विवाह गर्छु । उहाँ मेरो विगत हो । मेरो विगतलाई स्वीकार गर्न नसक्ने मान्छेसँग विवाह हुँदैन । मेरो प्रत्येक पलमा उहाँबारे बोल्दा तारिफ गर्ने मान्छेसँग हुनुपर्छ । धनले, रूपले मलाई अर्थ राख्दैन । मन राम्रो भएको मान्छेसँग अवश्य जोडिन सक्छु ।

प्रतिक्रिया दिनुहोस
नेकपा एसका ५ सांसदसहित १३४ केन्द्रीय सदस्य पार्टी फुटाउने पक्षमा

    अध्यादेशबाट बनेको नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरू राजनीतिक दल विभाजन सहज

नेकपा एस एकढिक्का छ : माधव नेपाल

    नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी अरुमा विलीन हुन लागेको

पार्टीको परीक्षण निर्वाचनले गर्छ, सामाजिक सञ्जालले होइन : शंकर पोखरेल

     नेकपा एमालेका महासचिव शंकर पोखरेलले अन्य पार्टीका नेता-कार्यकर्तालाई एमालेको चिन्ता नलिन

हेटौँडा-कुलेखानी-सिस्नेरी-काठमाडौँ सडक खुल्यो

    हेटौँडा–काठमाडौँलाई जोड्ने हेटौँडा–कुलेखानी–फाखेल–सिस्नेरी–काठमाडौँ सडकमा दुईतर्फी नै यातायात सञ्चालनमा आएको छ ।